Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

ओली पक्षको चुनाव केन्द्रित दौडधुप, २५ प्रतिशत काम सकिएको पुल शिलान्यास

काठमाडौं । नेकपा दुई समूहका विभाजन भएसँगैं सत्तापक्षीय नेताहरु विकासे योजनाको शिलान्यास र उद्घाटन गर्दै हिँडेका छन् । सरकारले निर्वाचन घोषणा गरेपछि उनीहरु जनतालाई प्रभावित पार्न यस्ता कार्यक्रममा सक्रिय भएका हुन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ - अहिले पुराना र निर्माण भइरहेका योजना समेत धमाधम शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पाको लिबाङस्थित धाङ्सी खोलामा निर्मााणधीन मोटरेबल पुलको शनिबार शिलान्यास गरे । २५ प्रतिशत काम सकिएको पुल शिलान्यास हुनुलाई चुनावी फन्डाका रुपमा लिइएको छ । प्रदेश सरकारको ५ करोड ६१ लाख ४९ हजार लगानीमा असोजदेखि पुल निर्माण भइरहेको छ ।

यसैगरी अर्थमन्त्री विष्णु पौडेलले माघ १४ मा बुटवलको सिद्धार्थ राजमार्गअन्तर्गत चौराहादेखि चिडिया खोलासम्मको सडक विस्तारको शुभारम्भ गरे । ३ किलोमिटर सडक फराकिलो पार्न आर्थिक वर्ष २०७३–०७४ मा आयोजना परेको थियो ।

दुई वर्षमा सक्ने गरी सडकको काम सुरु गरिएको थियो । अर्थमन्त्री पौडेलले भने भर्खर योजना सुरु भएको आभास दिने गरी सडकको शुभारम्भ गरे । ४७ करोड २१७ लाख लगानीमा विस्तार हुन थालेको सडक २०७९ वैशाखमा सम्पन्न गर्ने गरी म्याद थपिएको छ ।

यस खण्डमा ३ सय २५ घर सडकमा पर्छन् । ४ बाट ६ लेन सडक विस्तार हुन थालेपछि घरधनीले पटकपटक मुद्दा हालेर अवरोध गरिरहेका छन् । यही क्रममा पौडेलले एक वर्षअघि निर्माण सम्पन्न दुई पुलको पनि उद्घाटन गरे ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy