Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

शिक्षा क्षेत्रमा खतरनाक आँकडाः वर्षेनी ३६ अर्बभन्दा बढी रकम विदेसिन्छ

\"nepalese-students-going-abroad\"८ साउन, काठमाडौं । नवलपरासी सदरमुकाम परासीकी सन्ध्या ढकालले कक्षा दश पास गरेसँगै विदेश गएर पढ्ने चाहना पाल्न थालेकी थिइन, दुई वर्ष अघि सदरमुकाम परासीकै लिटिल एन्जल स्कुलबाट ब्यवस्थापनमा प्लस टुको शिक्षा सक्काए लगत्तै उनी काठमाण्डौं हान्निइन् । काठमाडौं आउनुको उनको लक्ष्य सोझो थियो– ‘जुन सुकै देश गए पनि जाने तर, मुलुकमा भने नबस्ने ।’ काठमाडौंको झण्डै आठ महिने बसाईले उनको त्यो सपना पुरा ग¥यो । उनी दुई हप्ता अघि जापनिज भाषा सिकेर काठमाडौंबाट जापानको टोकियो ओर्लिन । जानु अघि उनले सपना पुरा भएकोमा खुसी व्यक्त गरिन् । त्यस्तै लम्जुङ घर भएका लिला घिमिरे अहिले अष्ट्रेलियामा छन् । उनी अष्टे«लिया गएको झण्डै अढाई वर्ष भयो । काठमाडौंमा रहुनजेल उनी काठमाडौंकै एक प्रतिष्ठीत राष्ट्रिय दैनिकमा काम गर्ने गर्दथे । काम थियो– रिपोर्टिङ । तर, अरुको रिपोर्टिङ गर्दा गर्दै उनी पनि विदेशीए । उनको लक्ष्य पनि सोझो थियो– ‘विदेश गएर कमाई र अध्ययन दुबै गर्ने ।’ मुल लक्ष्य त आफ्नै मुलुकबाट निजात पाउनु थियो । माथिका दुई जना केही यस्ता प्रतिनिधि पात्रहरु हुन् जसमा वर्तमान नेपाली समाजको युवा वर्गमा स्थापित हुँदै गएको धारणाको तस्विर झल्किन्छ । राजनीतिक अस्थिरता, टाट पल्टदै गएको अर्थतन्त्र, विदेशीएकाहरुले आर्थिक उन्नती गरेसँगै सामाजिक रुपमा आर्जन गरेको प्रतिष्ठा लगायतका विषयले मुख्यतः मध्यम वर्ग र कुलिन वर्गका युवाहरु विदेश गएर पढ्ने तथा काम गर्ने चाहनाको छाप मनमा गहिरो गरी पार्न थालेको छ । माथि उल्लेख गरिएका कुरालाई नेपाल सरकारको तथ्यांकले पनि पुष्टी गर्दछ । शिक्षा मन्त्रालय अन्तर्गत रहेको छात्रवृत्ति शाखाका अनुसार अहिलेसम्म विदेश पढ्न जाने विद्यार्थीहरुको तथ्याङक नेपालको इतिहासमा आजसम्मकै उच्च बिन्दुमा पुगेको छ । युवा बिदेसिन्छ, उसको ब्यक्तिगत चाहना पनि पुरा हुन्छ, समाज दिर्घकालिन रुपमा खोक्रो हुँदै जान्छ तर, बिडम्बना सरकार विदेशीनेको तथ्याङ्क टिपेर बस्छ । समाजमा बढ्दै गई रहेको विदेशीने परिपाठीले कहाँसम्म जरो गाड्न सफल भएको छ भने विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरुले पनि आफ्नो पढाईमा भन्दा विदेश गएर बस्ने र कमाउने काममा आफुलाई कसरी अभ्यस्त बनाउने भन्ने सपना कक्षा कोठाबाट बुन्न थालेका छन् । यहाँ पनि यो वर्गको मूल उद्देश्य आर्थिक रुपमा सबल हुने र आर्थिक हैसियतले सामाजिक प्रतिष्ठामा प्रभाव पार्ने नै हो । विदेश गएर पढ्ने भन्ने कुरा त त्यसका लागि प्रयोग गरिएको टुल्स मात्र हो । यो क्रम झनै बृद्धि हुँदै गई रहेको बताउँछन छात्रावृत्ति शाखाका उपसचिव प्रकाश महर्जन । गत आर्थिक बर्षमा विदेशिने विद्यार्थीको संख्या ३० हजार ६ सय ९६ रहेको उनले खबरडबलीलाई बताए । यो संख्या आजसम्मकै उच्च तथ्याङक हो । भिजा प्रक्रिया लगायत सजिलै कमाउन सकिने भएपछि जापान, अष्ट्रेलिया, अमेरिका, भारत लगायतका देशमा जाने विद्यार्थी संख्या वृद्धि हुने क्रम अझै जारी छ । तर विद्यार्थीको पलायन रोक्ने उपाय र अवलम्बन गरिने दिर्घकालिन योजनाको सानो धस्रो समेत कोरिएको शिक्षाविद्हरुलाई पनि थाहा छैन । नेपालबाट ७६ देशका लागि विद्यार्थीहरुले मन्त्रालयको छात्रवृत्ति शाखाबाट ‘नो अब्जेक्सन लेटर’ लिएर जाने गरेका छन् । महर्जनले भने– ‘नोअब्जेक्सन लेटर लिएका मध्ये करिव ९० प्रतिशत विद्यार्थी विदेश जाने गर्दछन् । बाँकी १० प्रतिशत विद्यार्थीको भिजा प्रक्रिया लगायत विविध समस्या आउने हुनाले जान नसक्ने हन्छ ।’ यसरी नोअब्जेक्सन लेटर लिएर ३० हजार ६ सय ९६ जना बाहिरिदा लगभग वार्षिक रुपमा ३६ अर्ब रुपैया बाहिरिने गरेको छ । अस्ट्रेलिया जाने विद्यार्थीले सरदर १५ देखि २० लाख, जापान जाने विद्यार्थीले १० देखि १२ लाख र अमेरिका जाने विद्यार्थीले १० देखि १३ लाख रुपैयाँ खर्च गर्ने गर्दछन् । उक्त रकमलाई औसतमा १२ लाख रुपैयाँले हिसाब गर्दा ३६ अर्ब ८३ करोड ५२ लाख रुपैया हुन आउँछ । यसरी विदेश जाने विद्यार्थीले सजिलो गरी काम गर्न तथा घर पैसा पठाउन पाउने सुविधा भएकाले जापान जाने विद्यार्थी धेरै हुने गरेका शैक्षिक परामर्शदाताले खबरडबलीलाई बताए । गएको बर्ष मात्र ९ हजार ४ सय ५७ जना विद्यार्थीले जापान टेके । त्यसैगरी ८ हजार ९ सय ४४ जना अष्ट्रेलिया, ३ हजार १ सय ५ जना अमेरिका, १ हजार ४२ जना विद्यार्थीले भारत टेके । अन्य मुलुकको तथ्याङक यहाँ नसमेटिए पनि विद्यार्थीहरु अफ्रिकी मुलुकमा समेत पढ्न जाने गरेका छन् । शिक्षाविद् तीथ खनिया विद्यार्थी तथा युवाहरुको पलायनले समाजमा ठुलो भ्याकुम सृजना हुने बताउँछन उनले यसरी विदेशीएका युवा स्वदेश फर्कने सम्भावना बितेका वर्षहरुमा निक्कै कम देखिएको अनुभव सुनाउछन् । समाजमा युवा शक्ति पनि पलायन हुने र युवासँग–सँगै ठुलो धनराशी पनि विदेश पलायन हुने भैरहेकोमा सरोकारवाला निकायले यसमा गम्भिरता पूर्वक विचार गर्नु पर्ने उनको सुझाव छ । अहिलेको समाजको विभिन्न तप्कामा विकासित हुँदै गईरहेको सोचले युवा तथा विद्यार्थीलाई जसरी पनि विदेश गएर आर्थिक लक्ष्य प्राप्ती गर्नु पर्ने बाध्यात्मक धारणालाई जबरजस्त रुपले स्थापित गराई हरेको छ यसले समाजको हुने खाने मध्यम वर्ग र कुलिन वर्गलाई बैभवशाली मुलुक तर्फ आकर्षित गरी रहेको छ भने न्युन आर्थिक अवस्थाको युवा र विद्यार्थीलाई खाडी तथा अन्य निर्धतम मुलुकको तर्फ जाने बाध्यात्मक ढोका खोलिरहेको छ । बितेको ६ वर्षमा विदेश पढ्न जाने अनुमति लिने विद्यार्थीको संख्या आर्थिक वर्ष        विद्यार्थी ०६६/०६७        २४,८२४ ०६७/०६८        २६,९४८ ०६८/०६९        ११,९१२ ०६९/०७०        १६,४९९ ०७०/०७१        २८,१२६ ०७१/०७२        ३०,६९६
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending