Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

नेकपा विवाद टुंगो नलागेसम्म कांग्रेस कतै नलाग्ने

काठमाडौंं । गोरखाको पालुङटारमा तीन वर्षअघि वाम गठबन्धनको चुनावी सभामा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई कटाक्ष गर्दै भने, ‘देउवा कांग्रेसका अन्तिम प्रधानमन्त्री हुन् । मंसिर १० र २१ गते बूढो रूख ढल्छ । वामपन्थीको आँधी तुफानले रूख भित्रभित्रै खोक्रो भइसकेको छ ।’

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - त्यस बेला कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा चुनावी सरकार थियो । ओलीले कांग्रेस सत्तामा फर्किन कम्तीमा ५० वर्ष लाग्ने बताएका थिए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनको परिणाम ओलीले दाबी गरेजस्तै आयो । वाम गठबन्धनले झन्डै दुईतिहाइ सिट जित्यो । ओली प्रधानमन्त्री बने । त्यससँगै कांग्रेसले सत्तामा फर्किन केही समय पर्खिनुपर्ने धेरैको आकलन थियो । तर, वाम गठबन्धनपछि बनेको नेकपा तीन वर्ष नपुग्दै विभाजन भएको छ ।

नेकपाका दुवै पक्षले कांग्रेसलाई सत्ता साझेदारीको प्रस्ताव गरेका छन् । तर, कांग्रेस तत्काल कसैतिर नखुल्ने नीतिमा देखिएको छ । प्रधानमन्त्रीका लागि प्रस्ताव आए पनि आफूले कसैलाई जवाफ नदिएको कांग्रेस सभापति देउवाले बताएका छन् ।

सभापति देउवाले बिहीबार बिहान आफूनिकट शीर्ष नेताहरूलाई बोलाएर नेकपाका दुवै समूहका प्रस्ताव सुनाए । ‘मलाई ओली र प्रचण्ड–नेपाल समूहले भेटेर र विभिन्न माध्यमबाट सत्ता सहकार्यका लागि प्रस्ताव पठाएका छन्’, देउवाले भने, ‘सिधै भन्नुपर्दा तपाईं नै प्रधानमन्त्री बन्नुहुन्छ । मिलेर जाऔं भनेर दुबै समूहले भनेका छन् । तर, मैले कसैलाई जवाफ दिएको छैन ।’

देउवाले नेकपा विभाजन भइनसकेकाले कुनै पनि समूहलाई साथ दिन नसक्ने बताउँदै आएका थिए । ‘आजको छलफलमा पनि उहाँ (देउवा)ले त्यही कुरा भन्नुभयो । नेकपा विभाजन नभई कांग्रेसले अहिले नै यो–त्यो समूहलाई सहयोग गर्छु भन्नुहुँदैन’, देउवाको भनाइ उद्धृत गर्दै नेता एनपी साउदले भने, ‘तत्काल हामी तटस्थ रहन्छौं । हामी कसैसँग मिलेर जाने भन्ने हुँदैन ।’
कांग्रेसका शीर्ष नेतासहितको पदाधिकारी बैठकले संसद्मा नेकपाका दुबै समूह कसरी अगाडि बढ्छन्, त्यहीअनुसार निर्णय लिने निष्कर्ष निकालेको छ । बिहीबार दिउँसो सभापति देउवा निवास बूढानीलकण्ठमा कांग्रेसको बैठक बसेको थियो ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रक्रिया सुरु भएपछि नेकपाको कदम हेरेर कांग्रेसले आवश्यक निर्णय लिने बताए । ‘अहिले कांग्रेसको भूमिका केही छैन । पहिले प्रक्रिया अगाडि बढोस्, उहाँहरू (नेकपा) कसरी आउनुहुन्छ, त्यहीअनुसार हाम्रो पार्टीले सल्लाह गरेर काम गर्छौं,’ बैठकपछि नेता पौडेलले भने ।

बैठकमा सहभागी सबै नेताले तत्काल कांग्रेस तटस्थ बस्नुपर्नेमा जोड दिएका थिए । कांग्रेस नेताहरूको निष्कर्ष छ, ‘नेकपाका दुबै समूह कसरी अगाडि बढ्छन्, त्यहीअनुसार त्यतिबेला मात्रै कांग्रेसले आवश्यक निर्णय लिनुपर्छ ।’

सहमहामन्त्री डा. प्रकाशशरण महतले भावी सत्ता समीकरणबारे अहिले नै कांग्रेसले पक्षविपक्ष लिने बेला नभएको बताए । ‘सत्ता समीकरणका विषयमा नेपाली कांग्रेसले अहिले नै यस्तो गर्ने उस्तो गर्ने भन्ने स्थिति आइसकेको छैन । संसद् बैठक बसोस् । परिस्थिति कसरी अगाडि बढ्छ, त्यो हेरेर कांग्रेले आवश्यक निर्णय लिन्छ,’ पदाधिकारी बैठकको निष्कर्ष सुनाउँदै उनले भने, ‘कांग्रेसले यसलाई समर्थन गर्ने–नगर्ने भन्ने अवस्था अहिलेको होइन । यही नै कांग्रेसको सर्वसम्मत निर्णय हो । यसमा कांग्रेसमा फरक मत छैन ।’

नेकपा कानुनी रूपमा विभाजन भए संसद्मा प्रमुख प्रतिपक्षी दलको हैसियत पनि कांग्रेसले गुमाउनेछ । कांग्रेस तेस्रो दल बन्नेछ । तर, दोस्रोबाट तेस्रो दल बने पनि कांग्रेस यति बेला राजनीतिको केन्द्रमा छ ।

प्रतिनिधिसभा विघटनको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएपछि भावी सत्ता समीकरणको रस्साकस्सी सुरु भइसकेको छ । नेकपा विभाजन नभएसम्म तटस्थ बस्ने नीति कांग्रेसले लिएको छ । सर्वाेच्चले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र अधिवेशन आह्वान गर्न सरकारलाई निर्देशन दिएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies