Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

आशापुरीमा भक्तजनको ओइरो

१० साउन, भक्तपुर । डोलेश्वरको प्रसिद्धि तथा जगाती–डोलेश्वर–आशापुरी सडक विस्तार र कालोपत्र भएसँगै भक्तपुरको दक्षिण पूर्वमा रहेको आशापुरी महादेव मन्दिरमा भक्तजनको ओइरो लाग्न थालेको छ । केही वर्षअघिसम्म ओझेलमा रहेको आशापुरी महादेवमा हाल दैनिक सयौं भक्तजन आउने गरेको स्थानीयवासीको भनाइ छ । विशेषगरी डोलेश्वर महादेवलाई केदानाथको शिर घोषणा गरिएपछि त्यहाँ आएका भक्तजन डोलेश्वरबाट चार किमी परको आशापुरीसम्म आउन थालेको स्थानीय राजेन्द्र तामाङले बताए । अझ साउनको सोमबार हजारौँ भक्तजन आउने गर्छन् । साविक सिपाडोल–४, हाल सूर्यविनायक नगरपालिका–७ मा पर्ने आशापुरी महादेव मन्दिर भक्तपुर र काभे्रको सिमानामा जगाती चोकबाट १० किमी दूरीमा पर्छ जहाँ जगाती चोकबाट सवारी साधनमा आधा घन्टा र पैदल हिँड्दा करिब दुई घन्टा लाग्छ । त्यसो त आशापुरी जाने पहिलेको मुख्य बाटो काभ्रेको साँगा चोकबाट दक्षिणतर्फको हो तर त्यसको स्तरोन्नति नहुँदा अलि अप्ठ्यारो भएको स्थानीयवासी तामाङले बताए । आशापुरी महादेव नैचाल र काँक्रेबारी गरी दुई नदीको सङ्गमस्थलमा छ । चारैतिर पहाडले घेरिएको यो स्थल प्राकृतिक दृष्टिले अति रमणीय छ । मन्दिरको अग्रभाग दक्षिणतर्फ फर्किएको छ । मन्दिरभित्र विराजमान आशापुरेश्वर महादेवको शिवलिङ्ग सानो कालो पत्थरको छ जुन अति सुन्दर देखिन्छ । शिवलिङ्ग वरिपरि बेरिरहेको तामाको नागको आभूषणले मूर्तिलाई थप आकर्षित बनाएको छ । मुख्य मन्दिर वरिपरि गणेशलगायत विभिन्न देवीदेवताका मूर्ति प्रतिस्थापन गरिएको छ । मन्दिरको ठीक अगाडि उत्तरतर्फ फर्किएको पञ्चमुखी धारा ९पाँच ढुङ्गेधारा० छन् जहाँ २४सै घन्टा कलकल ध्वनिका साथ पानी बग्ने गर्छ । मन्दिरको प्रसिद्धि र भक्तजनको ओइरोसँगै आशापुरी क्षेत्रमा भौतिक पूर्वाधारको समेत विकास र विस्तार हुन थालेको छ । मन्दिर वरपरका पुराना सत्तल तथा पाटीको मर्मत तथा पुनःनिर्माण हुन थालेको छ । सुरक्षाका लागि प्रहरी चौकीको स्थापना गरिएको छ । मन्दिरमा व्यवस्थित पूजापाठका लागि २०५४ सालमा श्री आशापुरेश्वर संरक्षण समिति गठन गरिएको छ । हाल समितिले मन्दिरको व्यवस्थापन, नियमित पूजापाठ, मन्दिर वरपरको भौतिक पूर्वाधारको विकास र विस्तारका कार्य गरिरहेको समितिका अध्यक्ष टुल्कु लामाले जानकारी दिए । आशापुरी महादेवको वास्तविक नाम आशापुरेश्वर महादेव हो । आशापुरेश्वरबाट अप्रभंश भई बोलीचालीमा आशापुरी हुन गएको इतिहास तथा संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए । विशेषगरी मनले चिताएको इच्छाआकाङ्क्षा पूरा गर्ने महादेव भएकाले यसको नाम आशापुरेश्वर महादेव राखिएको किंवदन्ती पाइनेसमितिका सदस्य एवम् मन्दिर व्यवस्थापन समितिका संयोजक वीरबहादुर तामाङले बताए । उनले आशापुरेश्वरमा विशेष गरी सन्तान सुख र छोरा नभएकाहरुले छोराको प्राप्तिका लागि पूजा आराधना गर्ने गरेको बताए । समितिले केही समयअघि भागवत पुराण सञ्चालन गर्दै अर्थ सङ्कलन गरेको छ । सो रकम र जिविसलगायत निकायबाट प्राप्त सहयोगसमेतबाट मन्दिर वरपरको भौतिक पूर्वाधार विकास गरिएको छ । मन्दिरमा काभ्रे भैँसेपाटी बासटोलका सत्याल पुजारी छन् । समितिले साउन महिनाको मेलामा उठेको रकमको एक तिहाइ पुजारीलाई दिने र दुई तिहाइ मन्दिर व्यवस्थापन खर्च गर्ने गरेको बताइएको छ । आशापुरी महादेव धार्मिक र सांस्कृतिक दृष्टिले बढी नै महत्वको भएको इतिहास तथा संस्कृतिविद् डा श्रेष्ठले जिकिर गरे । उनका अनुसार आशापुरी महादेव लिच्छवीकालीन हो जुन शिवपुराणमा वर्णित ६४ शिवलिङ्गमध्ये एक हो । साउन महिनामा हिन्दू नारीहरु पछिल्लो समय भक्तपुरका मनले चिताएको पुग्ने आशापुरी, ‘केदारनाथको शिर’ डोलेश्वर र नेपालकै अग्लो कैलाशधाम जाने क्रम बढेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending