Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

भूकम्पपिडितका लागि उठाइएको करोडौं रकम दुरुपयोग गर्दै ल्यारकाल लामा

\"lyarkal-lama\"१० साउन, काठमाडौं । एमाओवादीबाट समानुपातिक तर्फका विवादीत सभाषद ल्यारकाल लामा पछिल्लोपटक भूकम्प पिडितका लागि उठेको सहयोग रकम दूरुपयोग गरिरहेके तथ्य भेटिएको छ । नक्कली राहदानि तथा दूइवटा नागरिकता विवादमा मुछिएका लामाको बारेमा खबरडबलीले उनले गर्ने गरेको मानवतस्करीको केहीदिन अघि मात्रै केही तथ्य सार्वजनिक गरेको थियो । बदमासी र मानवीय आचरण विवरित काम गरी विवादीत लामा आजकाल भूकम्प पिडितका लागि सहयोग उठाएर मस्तीमा झुम्ने गरेको खुलासा भएको छ । स्रोतका अनुसार लामाले गए बैशाख १२ गते आएको महाभूकम्पपिडितका नाममा सिन्धुपल्चोकका लागि भन्दै करोडौ रकम संकलन गरेका छन् । तर उक्त रकम कति संकलन भयो भन्ने कुराको जानकारी उनले कतैपनि गराएका छैनन् । विभिन्न बुद्धिष्ट संस्थाहरुमार्फत लामाले करौंडौ रकम उठाएको उनका नजिककाहरु बताउँछन् । भूकम्पको समयमा उनका साथमै रहेका उनका सहयोगीहरुका अनुसार लामाले दैनिकजसो विदेशी संस्थाहरुसँग सहयोगबारे कुरा गर्थे र उनको बैंक खाताहरु टीपाउँथे तर उनले त्यसरी संकलन भएको रकम कतै सहयोग गरिएको पाइएको छैन । सिन्धुपाल्चोकको क्षेत्र नं. ३ को हेलम्बुको एउटा गाउँमा प्रत्येक घरधुरी ५ हजारका दरले उनले केही रकम बितरण गरेपनि संकलन भएको करौंडौ रकम उनले मस्तिमा उडाउने गरेको स्रोत बताउँछ । बुढानिलकण्ठ आफ्नै निवासमा बस्ने गरेका लामा भूकम्पले घर भत्काएको भन्दै अहिले काठमाडौंका विभिन्न होटलमा नयाँनयाँ महिलाहरुका साथ बस्दै आएका छन् । स्रोतका अनुसार भूकम्प पिडितका नाममा संकलन भएको रकमबाट उनले आफ्ना लागि हालसालै करिब करोड रुपैया पर्ने नयाँ गाडी र्याभ फो किनेका छन् । नयाँ नयाँ महिलाका साथमा देखिने लामा स्त्रिका मामिलामा झन स्त्रिलम्पड मानिन्छन् । उनको भार्मिक आस्था र उनले भन्ने गरेको धार्मिक पदियता मुताबिक उनलाई बिबाहा गर्ने अधिकार समेत राख्दैनन् । उनले बाहिर समाजमा अविवाहित रहेको बताएपनि स्रोतका अनुसार उनि दूई छोराको बाउ हुन् । अमेरिकामा रहेकी उनकी अवैध पत्निका साथमा ति दुई छोराहरुको पालनपोषणको व्यावस्थासमेत लामाले गर्दै आएका छन् । ल्यारक्याल लामाले आफ्नो धार्मिक नाम खेन्पो छिमे रिन्पोछे लेख्दै आएका छन् । बौद्ध धर्ममा खेन्पो भनेको पीएचडी डक्टरेट सरहको उपाधी हो । ल्यारक्याल यो उपाधी सन् १९९९ मा पाएको दावी गर्दै आएका छन् । उनका अनुसार बौद्ध धर्मगुरु पेनोर रिन्पोछे र पेमा नोर्बु रिन्पोछेबाट उनले खेम्पोको उपाधी पाएका थिए । तर ल्यारक्याल लामाले खेन्पोको उपाधी पाउनुभन्दा अगाडि नै उनले आफ्नो नामका अगाडि खेन्पो लेख्न थालिसकेका थिए । ह्योल्मो क्षेत्रमा पुगेर उनले ह्योल्मो जातिको पहिलो खेन्पो भनेर ह्योल्मो समुदायबाट सम्मान पनि थाप्न भ्याए, जतिबेला उनलाई खेन्पोको उपाधी नै मिलेको थिएन । यिनै झुठका सरदार ल्यारक्याल लामाले अहिले आफ्नो नामका पछाडि रिन्पोछे लेख्दै आएका छन् । जबकी उनले अहिलेसम्म रिन्पोछको उपाधी नै पाएका छ्रैनन् । उनको आधिकारिक वेभसाइटमा पनि उनले रिन्पोछेको उपाधी कहिले र कहांबाट पाए भन्ने कुरा कतै उल्लेख गरिएको छैन । रिन्पोछे बौद्ध धर्मका गुरुहरुले पाउने उच्च पद हो । धार्मिक मान्यताअनुसार यि गुरुहरुलाई स्त्रि राख्ने या विवाहा गर्ने छुट हुँदैन । लामा यहि मान्यताका आधारमा विवाहा गर्न नपाएपनि अवैध श्रीमतिहरुका एक्ला श्रीमान हुन् । भूकम्पपिडितका लागि राहत संकलन गर्ने क्रममा एक फरेन महिला र लामाको नाममा एक विदेशी बैंकमा सयूंक्त खातासमेत खोलिएको स्रोत बताउँछ । स्रोतका अनुसार ति महिलासँग लामाको अवैध सम्बन्ध छ । ति महिला अरु कसैकी पत्नि हुन् । उनले बुद्धिष्ठहरुको बिचमा रहेर अन्तराष्ट्रिय संजालमा लामाका लागि काम गर्ने गर्दछिन् । लामाले नयाँ धन्दा पनि हालसालै सुरु गरेका छन् । विश्व बुद्धिष्ट केन्द्रका नाममा बुढानिलकण्ठभन्दा केही माथि उनले करिब हजार रोपनी हाराहारीको क्षेत्रफलमा आलिशान केन्द्र बनाउँदैछन् । त्यो अहिले निर्माणको क्रममा छ । उनी त्यसकेन्द्रबाट आफ्नो घृणित हरकत जारी राख्ने योजनामा समेत छन् । जुन केन्द्र निर्माणका लागिसमेत लामाले करोडौं रकम अन्तराष्ट्रिय बुद्धिष्ट संस्थाहरुबाट सहयोग लिएका छन् । आर्थिक रुपमा निकै भ्रष्ट र लोभी रहेका लामा पछिल्लोपटक सरकार गठनको कुरा उठेसँगै हिजो एमाले कालमा जस्तै मन्त्री हुने ध्याउन्नमा छन् । एक माओवादी स्रोतका अनुसार लामाले भूकम्पपिडितका नाममा उठाएको रकम मन्त्रीपद किन्नका लागि दुरुपयोग हुनसक्छ । लामाले सरकार गठन भएसँगै आफु मन्त्री बन्ने भन्दै आफ्ना नजिककाहरुलाई बताउन थालेका छन् । लामाको यस्तो हर्कतकाबारेमा उनलाई सभाषद बनाउने एमाओवादी र सरकारले उनको गतिविधिबारे ध्यान दिएको छ छैन कुन्नि ? यो पनि पढ्नुहोस्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending