Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

माओवादीबाट एमाले प्रवेश गरेका ४ अनैतिक नेता : सांसद नरहेपनि पनि मन्त्रिको सपथ !

काठमाडौं । राजनीतिमा नैतिकताको खडेरि परेको बेला जे पनि हुन्छ । मान्छेले जे पनि बोल्छन् र जे पनि गर्छन् ।

माओवादीबाट निर्वाचन जितेका र नजितेका पनि मन्त्री पाउनकै लागि ओलीको पछि लागे । तर उनीहरुले लाज पचाउन भने– हामी पदका लागि हैन, विचारका लागि ओली बनेका हौं । हामीलाई पद हैन जनता प्यारो छ । यही जनता र विचार प्यारो भएर होला, कानुनतः संसद र मन्त्री पद खोसिएको २४ घण्टा नबित्दै उनीहरु संविधानले बाध्यात्मक अवस्थामा गर्न मिल्ने प्रावधान टेकेर फेरि मन्त्रीको शपथ खान पुगेका छन् ।

मन्त्री बन्नका लागि सांसद नै हुनुपर्दैन । तर यो स्वभाविक र प्राकृतिक अवस्थामा हुँदैन । प्राकृतिक र स्वभाविक अवस्थामा संसदमा बहुमत प्राप्त दलका सांसदहरु नै मन्त्री बन्छन् र बनाइन्छन् पनि । कार्यपालिकामा जनताबाट नजितेका व्यक्तिहरु विशेष बाध्यात्मक परिस्थितिमा संसद बन्ने गर्दछन् । जस्तो कि उनीहरु त्यहाँ जानैपर्ने अवस्था, विषय विशेषज्ञताका आधारमा गैर संसदलाई समेत मन्त्री दिनैपर्ने अवस्था र अन्य कतिपय जटिलताको बेला मात्रै ।

तर यहाँ प्रचण्डसँग रिस साँध्न, इगो साध्नका लागि प्रचण्डको साथ छोडेकाहरुले फेरि मन्त्री पाएका छन् । जबकि सोही योग्यता, क्षमता र बरियता भएका दर्जनौं संसदहरु नेकपा एमालेभित्र छन् ।

ओली नेतृत्वको नेकपा एमालेभित्र अन्य कैयन् व्यक्तिहरु छन, जसलाई उर्जा, उद्योग, खानेपानी, खेलकुद, कृषिलगायतको ज्ञान छ । उनीहरुले अहिले फेरि दोहो¥याएकाहरु भन्दा राम्रोसँग मन्त्रालय चलाउन सक्छन् ।

तर ‘पदका भोका नभएकाहरु’ फेरि मन्त्री बनेका छन् । अचम्म त के छ भने अहिले पनि उनीहरुले आफू पदको भोको नभएको तर्क दिइरहेका छन् । यदि उनीहरु पदका भोका नभएको भए कानुनतः रिक्त भएको पदको अवस्था स्वीकारेर अरु कसैलाई मन्त्री बनाउनुपर्यो भनेर भन्न सक्दैनथे । भैगो, अब कानुनतः नै हटियो, अब संसद नै नभएको अवस्थामा के मन्त्री बन्नु भनेर भन्न सक्दैनथे ।

तर उनीहरुले त्यसो भनेनन्, किनभने उनीहरु पदकै लागि माओवादी केन्द्र छोडेर एमालेमा गएका थिए । त्यो अवस्थामा नैतिकता ताकमा राख्नु कुनै ठूलो कुरा थिएन ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending