पर्सा । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
भारतको हैदरावादबाट नेपाल फर्किएका बाराको जितपुर–सिमरा उपमहानगरपालिकाका–९ छातापिपरा निवासी ३७ वर्षीय पुरुषको चैत २९ गते आरटिपिसिआर रिर्पोट पोजेटिभ आएको थियो । चैत २६ गतेदेखि वीरगञ्जको एडभान्स हस्पिटलमा उपचार गराइरहेका युवकमा सङ्क्रमण पुष्टि भए पनि उनलाई थप उपचारका लागि चैत ३० गते नारायणी अस्पतालमा भर्ना गरिएको अस्पतालका वरिष्ठ फिजिसियन डा निरज सिंहले जनाकारी दिए । स्वास्थ्य अवस्था गम्भीर हुँदै गएका युवकको चिकित्सकको टोलीले रातभरि प्रयास गरे पनि उनको जीवन बचाउन नसकिएको चिकित्सक सिंहको भनाइ छ ।
यसैबीच नारायणी अस्पतालको प्रयोगशालामा चैत ३० गते ९५ वटा स्वाबको नमूना परीक्षण गर्दा २१ पुरुष र १९ महिला गरी ४० जनामा सङ्क्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये पर्साका ३७ र बाराका तीन सङ्क्रमित रहेको अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकारी दिए । उनले सङ्क्रण्मितमध्ये १४ देखि २५ वर्ष उमेर समूहका सबैभन्दा बढी रहेको बताए । भेटिएका सङ्क्रमितको सिटी भ्यालु १४ देखि ३५ सम्म रहेको चिकित्सकले जनाएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: