उदयपुर । शुक्रबार साँझ र गएराति पटकपटक आएको भीषण हावाहुरीका कारण जिल्लाको पहाडी क्षेत्रका केही स्थानसहित तराईको त्रियुगा नगरपालिका, चौदण्डी गढी र बेलका नगरपालिकासहितका स्थानमा फल लाग्न थालेको लिची र आँपमा क्षति पुगेको छ । शुक्रबार साँझ र राति आएको भीषण हावाहुरीको कारण त्रियुगा नगरपालिकाको जोगिदह, मोथ्याइ, देउरी, बगाहा तथा श्रीपुर क्षेत्रमा फल लाग्न थालेको आँप र फुलेर फल लाग्न थालेको लिचीमा निकै क्षति पुगेको स्थानीयवासीले बताएका छन् ।
त्रिनपा–१ जोगिदहमा गएराति आएको भीषण हावाहुरीले भर्खरै फल लाग्न थालेको लिची र आँपमा निकै क्षति पुगेको जोगिदह बरगाछीका अमेन्द्रलाल चौधरीले बताए । चौधरीका अनुसार हावाहुरीले आँप र लिचीको हाँगासमेत भाँचिदिएको र २५ प्रतिशत फूल तथा फल हुरीले खसाएर नष्ट गरेको छ ।
यस्तै बेलका नगरपालिकाको भागलपुर र आम्बासी तपेस्वरी क्षेत्रमा पनि गएराति आएको भीषण हावाहुरीका कारण लिची र आँपमा निकै ठूलो क्षति पुगेको र हावाहुरीले अन्दाजी २० प्रतिशत फलफूल भुइँमा खसाली दिएको तपेश्वरीका प्रेमप्रसाद भट्टराईले बताए । जिल्लाको चौदण्डी गढी नगरपालिकाको हँडिया, सुन्दरपुर क्षेत्रमा गएराति आएको आधा घण्टाभन्दा लामो समयसम्म चलेको हावाहुरीका कारण भर्खरै फुलेर फल लाग्दै गरेको आँप र लिचीमा निकै क्षति पुगेको र हावाहुरीले आँप र लिचीका स–साना दानाहरुलाई भूइँमा झारी दिएको कृषक बताउँछन् । यता जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङको बराह, बासबोटेसहित इनामे साउने खाँबु क्षेत्रका केही स्थानमा पनि हावाहुरीले फलफूल र अननबालीमा निकै ठूलो क्षति पुर्याएको सम्बन्धित क्षेत्रका स्थानीयवासीले बताएका छन् ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: