काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा कुनै प्रगति नभएको नेकपा नेता माधवकुमार नेपालले बताएका छन् ।
डेढ महिना लामो सम्वादहीनता तोडेर बुधबार दुई नेताबीच २ घण्टा लामो कुराकानी भएको थियो । त्यसको भोलिपल्ट बिहीबार पनि दुई नेताबीच मेरियट होटलमै डेढ घण्टा कुराकानी भएको छ ।
तर, दुई दिनमा शीर्ष दुई नेताबीच वान टु वान साढे तीन घण्टा भेटवार्ता हुँदा समेत दुई नेता आ–आफ्नो अडानमा टसकोमस नभएपछि परिणाम शून्य हात लागेको छ । विभाजनको मुखमा पुगेको समयमा दुई शीर्ष नेताबीच आकस्मिक जुरेको भेट दुई दिनसम्म मन्थन गर्दा समेत कुनै उपलब्धी नभए पछि माधव नेपाल हतास मुडमा निस्किएका थिए । हिजोको भेटवार्ताबाट देशभर कार्यकर्तामा नयाँ रक्तसञ्चा पलाए पनि आजको बैठकले निराश बनाएको छ । दुई नेताबीचको छलफलमा कुनै प्रगति नभएको नेता नेपालले बताए ।
‘मिल्ने सम्भावना पनि देखिएको छैन । अब छलफल कहिले हुन्छ थाहा छैन ।’ पत्रकारसंग कुरा गर्दै नेपालले भने, ‘हिजोको भेटवार्तामा केही आशा जगाएको थियो । आज झन निराश बनायो ।’
माधव नेपाल सहित ३२ जनालाई अध्यक्ष ओलीले सोधिएको स्पष्टिकरण भोलि सकिदै छ । अध्यक्ष ओली भोलि बस्ने केन्द्रीय कमिटी बैठकबाट नेपाल समूहका ३२ जनालाई कारवाही गर्ने मुडमा रहेका छन् ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: