Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

सुख्खा मौसम शुरुसँगै चुरे क्षेत्रमा पिउने पानी अभाव

खबरडबली संवाददाता

सर्लाही ।  चुरे क्षेत्रमा सुख्खा मौसम शुरुसँगै खानेपानी अभाव हुन थालेको छ । वर्षेनी यस मौसममा चुरेबासीले खानेपानीको सङ्कट बेहोर्दै आएका छन् । सुख्खा मौसमसँगै कुवा, खोला र  खोल्साको धमिलो पानीमै निर्भर हुनुपर्ने स्थानीयवासीको गुनासो छ ।
 

चुरे भेगमा पर्ने भालुखोप, केराबारी, वनमारा, बेलडाँडा, कालिञ्जोर, परवानीपुर, नारायणखोला, अत्रौली, ढुङ्ग्रेखोलालगायत ठाउँका करीब एक हजार परिवार खानेपानीको पहुँचभन्दा बाहिर छन् । उनीहरूलाई फागुन लागेसँगै खानेपानीको अभाव हुन्छ । 

हरिवन नगरपालिका–१ केराबारीकी रश्मिला जिम्बाले नजीकको कुवा सुकेपछि एक गाग्री पानी लिन घण्टौंँ उकालो–ओरालो गरेर मुहानसम्म पुग्नुपर्ने अवस्था सिर्जना भएको बताइन् ।
४० घरधुरी रहेको बस्तीका छेउमा एउटा कुवा भए पनि पर्याप्त पानी नभएका कारण स्थानीयवासी समस्यामा परेका छन् । सो कुवाको पानी मुश्किलले चारपाँच घरलाई पुग्ने गरेको जिम्बाले बताइन् । लिफ्ट प्रविधिमार्फत चुरेका केही बस्तीमा खानेपानी पुर्याइए पनि खोलामा पानी सुक्दा धारामा पानी कम आउन थालेको छ । धाराको पानी थाप्न घण्टौंँ लाममा बस्नुपरेको लालबन्दी नगरपालिका–१२ भालुखोपका वीरबहादुर रानाले गुनासो गरे । ‘पानीको मुहानै सुकेपछि धारामा पानी कम आउन थालेको छ’, रानाले बताए । एक गाग्री पानीका लागि करीब पाँच घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको लालबन्दी  १५ का किरण विकको भनाइ छ  

दूषित पानीका कारण चुरे क्षेत्रमा बेलाबेलामा झाडापखालाको महामारी फैलिने गरेको छ । वस्तुभाउ र मानिसले एउटै खोलाको पानी खाने गरेका कारण विभिन्न किसिमका सरुवा रोगसमेत लाग्ने गरेको  स्थानीय चिकित्सकले बताएका छन् ।

‘धमिलो पानी छानेर खानुपर्छ, यसले बिरामी पर्ने जोखिम बढाएको छ’, ईश्वरपुर नगरपालिका १२ का अजय थिङले बताए । बढ्दो वन विनाश, उत्खनन र यस वर्ष हिउँदमा वर्षा नभएकाले खानेपानीको स्रोत सुकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीले जनाएको छ ।

चुरे क्षेत्रमा खानेपानीको अभाव टार्न यस क्षेत्रका स्थानीय तहले खोलाबाट लिफ्ट प्रविधिमार्फत बस्तीमा खानेपानी पुर्याए पनि मूल नै सुक्दा सो कार्य प्रभावकारी बन्नसकेको छैन । पुराना इनारकुवा मर्मत र नयाँ इनार खनेर पानी पुर्‍याउने योजनानुसार काम भइरहेको हरिवन नगरपालिकाका प्रमुख गणेशप्रसाद प्रसाईंले बताए । उनका अनुसार ठाउँठाउँमा डिप बोरिङ गर्न लागिएको छ । पछिल्लो समय वन विनाश हुँदै गएका कारण पनि पानीका मुहान सुक्न थालेको जनाइएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy