काभ्रे । कोभिड–१९ तीव्र गतिमा फैलिरहेको अवस्थामा सो रोगको सङ्क्रमण रोकथाम र न्यूनीकरणका लागि आज राति १२ः०० बजेदेखि काभ्रेपलाञ्चोकका दुई राजमार्ग र मुख्य सडकखण्डमा निषेधाज्ञा गरिने भएको छ । जिल्ला कमान्ड पोष्टका संयोजकसमेत रहका जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले यही वैशाख २६ गते राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिने बताए ।
जिल्लामा शनिबार मात्रै ९८ जनामा सङ्क्रमण भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सो सङ्ख्यासहित हालसम्ममा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ४०७ पुगेको छ । निषेधाज्ञाको समयमा काभ्रेपलाञ्चोकको भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना अरनिको राजमार्गको साँगादेखि बनेपा बजार, धुलिखेल सरदमुकाम, पाँचखाल नगरपालिकाको बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँबायाँ पाँच सय मिटरको क्षेत्र बन्द रहने भएको छ ।
त्यस्तै विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ, भकुण्डेहुँदै मङ्गलटारसम्म सडकको दायाँबायाँ दुई सय मिटर, बनेपा तीनदोबाटोदेखि नाला भगवती मन्दिरसम्मको सडक दायाँबायाँ पाँच सय मिटर क्षेत्र, बनेपा–पनौती–खोपासी सडक खण्डको पाँच सय मिटर दायाँबायाँ क्षेत्र र पाँचखाल नगरपालिकाको जेरोकिलोदेखि कुन्ताबँेशीसम्मको सडक दायाँबायाँ क्षेत्रको दुई सय मिटर क्षेत्रमा निषेधाज्ञा गरिने भएको छ ।
निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा एम्बुलेन्स, खानेपानी सेवा, दूरसञ्चार, बैंक, वित्तीय सेवा, इन्टरनेट, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्ध पदार्थ ढुवानी, मासु तथा मासुजन्य वस्तु बोकेका सवारी साधन, क्वारेन्टिन, आइसोलेशन, फोहोरमैला व्यवस्थापन, कुरियर तथा डाँक सेवामा प्रयोग भएका सवारी साधनहरुले विषय उल्लेख गरी सञ्चालन गर्न पाउने भएको छ भने जिल्लाभित्र प्रयोग हुने विकास निर्माणका सामग्री ढुङ्गा, गिट्टी, बालुवा र अन्य निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनले राति ९ः०० देखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न पाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए ।
सो समयमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालन गरेर अत्यावश्यक सामग्री खाद्य सामग्री बेचबिखन, तरकारी, औषधि पसल सञ्चालन गर्न पाइने भएको छ । नेपाल सरकारका कर्मचारी, बैंक तथा वित्तीय संस्था र अन्य आवश्यक सेवामा कार्यरत कर्मचारीले प्रयोग गर्ने निजी सवारी साधनको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने छ ।
निषेधाज्ञाको समयमा होटेल तथा रेष्टुरेन्टले होम डेलिभरी दिन सक्ने र विवाह, व्रतबन्ध आयोजनाका लागि दुलाहदुलहीसमेत २५ जनाभन्दा बढी नहुने गरी सहभागी हुन पाउने र त्यसका लागि कुनै अर्को ठाउँमा जानुपर्ने तथा फर्कनुपर्ने भएमा दुईवटा सवारी साधनमा बढीमा १५ जनासम्मका लागि स्थानीय तहको सिफारिसमा जान सकिने व्यवस्था गरिएको छ ।
कार्यालय सञ्चालनका लागि भने सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, बीमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्थाले आफ्नो कार्यालयले कर्मचारीको अवस्था हेरी माथिल्लो निकायको स्वीकृत लिई आलोपालो सेवा र अत्यावश्यक सेवाबाहेक अन्य सेवा हाललाई स्थगित गर्ने भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: