Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

असिनासँगै फौजी किराको प्रकोपले किसान चिन्तित

रासस

खोटाङ । असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोप फैलिएपछि जिल्लाका किसान चिन्तित बनेका छन् । केही दिनदेखि निरन्तर परिरहेको असिनापानीले नष्ट पारेको मकैलगायत अन्नबालीमा फौजी किराको प्रकोपसमेत फैलिएपछि किसान चिन्तित बनेका हुन् । 

फौजी किराले प्रमुख बालीका रूपमा लगाइएको मकैका बिरुवाको मुन्टा, गुभो, पात खाएर नष्ट गरेको छ । मकै उम्रिएर तीन÷चार पात पलाउँदादेखि गोडमेल गर्ने बेला भएको र गोडमेल गरिसकेको बिरुवालाई फौजी किराले नष्ट गर्दा उत्पादन घट्ने र खाद्यान्न सङ्कट निम्तिने डरले किसान चिन्तित भएका बताइएको छ ।  

असिनापानीका कारण रावाबेँशी गाउँपालिकाको एउटै वडामा लाखौँ मूल्य बरारबको अन्नबालीमा क्षति पुगेको जनाइएको छ । यही वैशाख २ गते परेको असिनाले उक्त गाउँपालिकाको वडा नं ६ हौंचुरको पैयाँमा करीब ५२ हेक्टर क्षेत्रफलमा लगाइएको रु २३ लाख बराबरको अन्नबाली नोक्सान गरेको जनाइएको छ । हौंचुरस्थित पैयाँका ३१ घरपरिवारले लगाएका आलु, मकै, गहुँ, जौ, तरकारी तथा फलफूलमा ठूलो क्षति पु¥याएको गाउँपालिकाको कृषि शाखाका संयोजक मुगाधन राईले बताए  । असिनाले पु¥याएको क्षतिका विषयमा जानकारी आएपछि गाउँपालिकाको कृषि प्राविधिक टोली स्थलगत अनुगमनमा पैयाँ पुगेको थियो । 

जिल्लाका दश स्थानीय तहमध्ये हालसम्म जन्तेढुङ्गा गाउँपालिकाबाहेक अन्य स्थानीय तहमा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको सबैभन्दा बढी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा फौजी किराको प्रकोप देखिएको छ । 

कृषि ज्ञान केन्द्रका अनुसार उक्त नगरपालिकामा करीब एक हजार ८००, रावाबेँशीमा ९००, साकेलामा ५००, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४००, ऐँसेलुखर्क गाउँपालिकामा ४०० र केपिलासगढी गाउँपालिकामा २५० रोपनीमा फौजी किराले क्षति पु¥याएको छ । 

यस्तै बराहपोखरी गाउँपालिकामा १५०, खोटेहाङ गाउँपालिकामा १५ र हलेसी तुवाचुङ नगरपालिकामा १० रोपनी जग्गामा लगाइएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको हो । कतिपय बेँशी क्षेत्रमा मकै छर्न बाँकी रहेकाले फौजी किराबाट प्रभावित क्षेत्र बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । फौजी किरा नियन्त्रणका लागि कार्यालयबाट विनियोजन गरिएको आकस्मिक प्रकोपको बजेटबाट विषादी मगाएर सम्बन्धित स्थानीय तहमा पठाइसकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरे पनि नियन्त्रणमा स्थानीय सरकारको ध्यान नपुगेको किसानको गुनासो छ । केही वर्षदेखि जिल्लामा प्रकोपकै रुपमा वर्षेनि देखापर्ने फौजी किराले गत वर्ष जिल्लाका अधिकांश स्थानीय तहका किसानले लगाएका अन्नबाली तथा वनजङ्गल नै सखाप पारेको थियो । 

अमेरिकन फौजी किरा भनेर चिनिने धुस्रे किराले २०७७ सालमा अधिकांश स्थानीय तहका बेँशी क्षेत्रका मकै सखाप पारेको थियो । विगतका वर्ष कृषि ज्ञान केन्द्र र सम्बन्धित स्थानीय तहले विषादी खरीद गरेर किसानलाई बाँडे पनि फौजी किराको प्रकोप घट्नुको सट्टा बढिरहेको किसानहरुले बताएका छन् । 

प्रकोप देखिएका क्षेत्रमा विषादी हाल्दा फौजी किरा नियन्त्रणमा आए पनि नयाँ–नयाँ ठाउँमा फैलिने गरेको हलेसी तुवाचुङ नगरपालिकाका कृषक तामन राईले बताए । बेँशी क्षेत्रका खेतबारीमा लगाइएको मकैमा फौजी किराको प्रकोप अधिक देखिए पनि लेकाली क्षेत्रका मकैमा भने यसको प्रकोप देखिएको छैन । 

फौजी किराले खेतबारीमा भएका हरेक अन्नबालीदेखि हरिया घाँसपातसमेत खाने गरेको किसानले बताएका छन् । फौजी किराले खाएको अन्नबाली तथा बोटबिरुवा नबढ्ने र उत्पादन पनि शून्य हुने गरेको बताइएको छ । विषादी लगाउँदा नियन्त्रणमा आउने अवस्था नदेखिएपछि गत वर्ष कतिपय किसानले मकैको बोटबाट फौजी किरा सङ्कलन गरेर कुखुरालाई खुवाएका थिए । कतिपय किसानले भने राति बारीको डिलमा आगो बालेर नियन्त्रणको प्रयास गरेका थिए । 

कृषि क्षेत्रमा राज्यको ठूलो लगानी भए पनि स्थानीयस्तरमा जैविक विषादी तयार पारेर फौजी किरा नियन्त्रण गर्ने प्रयास सफल भएको छैन । जिल्लाका हरेक स्थानीय तहले कृषि उपज उत्पादन तथा निर्यातमा जोड दिने उद्देश्यले कृषि क्षेत्रमा लगानी गरेका छन् । 
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies