वालिङ । नयाँ भेरियन्ट कोभिड–१९ को सङ्क्रमण दर ह्वात्तै बढेपछि स्याङ्जाका पालिकाहरुले आइसोलेशन श्यया निर्माणको तयारीलाई तीव्रता दिएका छन् । देशका विभिन्न ठाउँमा अक्सिजनको अभावका कारण सङ्क्रमितहरुको ज्यान गइरहेका बेला यहाँका पालिकाहरुले अक्सिजनसहितको श्यया निर्माणको कार्यलाई तीव्रता दिएका हुन् ।
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले मङ्गलबारबाट अक्सिजनसहितको छ श्यया सञ्चालनमा ल्याएको छ । वालिङ नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा तत्कालका लागि अक्सिजन र नेबुलाइजरसहितको सुविधा सम्पन्न छ श्यया तयार गरी सञ्चालनमा ल्याएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए । “अस्पतालमा पहिलो चरणमा हामीले छ श्यया निर्माण गरी सञ्चालनमा ल्याएका छौँ”, नगरप्रमुख खाँणले भने, “केही दिनभित्रैमा २५ श्यया क्षमताको पु¥याउने गरी काम तीव्र गतिमा भइरहेको छ ।”
वालिङका नागरिकको स्वास्थ्यसम्बन्धी उपचारका लागि नगरपालिका प्रतिबद्ध रहेको उनले बताए । “सबैभन्दा ठूलो नागरिकको स्वास्थ्य हो यसप्रति नगरपालिका सजग र सचेत छ”, प्रमुख खाँणले भन्नुभयो, “कोभिड सङ्क्रमित कोही पनि बिरामीलाई अक्सिजनको कमी हुन दिने छैनौँ र उपचारमा कुनै अभाव महसुस हुन नदिने गरी तयारी गरिरहेका छौँ ।”
अस्पतालमा निर्माण गरिएको सुविधा सम्पन्न आइसोलेशनमा चौबिसै घण्टा चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचार तथा परामर्श दिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए । नगरपालिकाले अस्पतालमा नै कोरोनाको एन्टिजिनसमेत परीक्षण गर्दै आएको अस्पतालका प्रमुख चिकित्सक सरोज थापाले बताए । परीक्षणको दर वृद्धिसँगै सङ्क्रमितको दर पछिल्ला दिनहमा बढ्दै गएकाले जटिल बिरामीलाई अस्पतालमै र सामान्य बिरामीलाई होम आइसोलेशनमा राखिएको प्रमुख चिकित्सक थापाले बताए ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–३ स्थित भाटखोला स्वास्थ्यचौकीमा २० श्ययाको अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । कोभिड सङ्क्रमितलाई राख्नका लागि प्रत्येक कोठामा शौचालय र नुहाउने कोठाको सुविधा, तातो र चिसो पानीको व्यवस्था, बिरामीहरुको ज्वरो नाप्ने थर्मोमिटर, रक्ताचाप नाप्ने उपकरणहरुको प्रबन्ध मिलाइएको अध्यक्ष सुवेदीले बताए । “अहिलेसम्म गाउँपालिकाभित्र सक्रिय सङ्क्रमितहरु दुईजना छन्, उहाँहरु होम आइसोलेशनमा बस्नुभएको छ”, अध्यक्ष सुवेदीले भने, “सङ्क्रमितको सङ्ख्या बढ्दै गएमा आइसोलेशनमा राखेर उपचार गर्नेछौँ ।”
आइसोलेशन सेन्टरमा इन्टरकम फोन र टेलिभिजन जडान गरिएको छ । सिसी क्यामेराको जडान गरी उहाँहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने वा निगरानी गरिरहने व्यवस्था मिलाएको छ ।
यसैगरी स्याङ्जा सदरमुकाममा रहेको पुतलीबजार नगरपालिकाले करेण्डाँडा स्वास्थ्यचौकीमा २० श्यया क्षमताको आइसोलेशन कक्ष निर्माण गरेको नगरप्रमुख सीमा क्षेत्रीले बताए । त्यस्तै गणेशपुर स्वास्थ्य चौकीमा पनि २० श्यया क्षमताको आइसोलेशन कक्ष बनाउने कार्य अन्तिम चरणमा पुगेको उनले बताए । एघार पालिका रहेको स्याङ्जामा अन्य पालिकाले पनि आइसोलेशन कक्ष तथा क्वारेन्टिनहरुको निर्माण कार्यलाई तीव्रता दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: