काठमाडौँ । संघीय सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले केन्द्रस्तरबाट कर्णालीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने सम्पूर्ण साधनस्रोत उपलब्ध गराउन पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पछिल्लो समय कर्णाली प्रदेशमा कोरोना सङ्क्रमणका कारण उत्पन्न अवस्था तथा त्यहाँका नागरिकका लागि तत्काल आवश्यक पर्ने साधनस्रोतका बारेमा वनमन्त्री आलेले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज टेलिफोन गरी जानकारी लिए ।
सो अवसरमा मुख्यमन्त्री शाहीले दैनिक एक हजार सिलिण्डर भर्न सक्ने क्षमताको अक्सिजन प्लान्ट, एण्टिजेन किट तथा आइसोलेशन निर्माणका लागि केन्द्र सरकारबाट पनि तत्काल थप पहल गर्न आग्रह गरेको मन्त्रीका स्वकीय सचिव हेमन्त रेग्मीले बताए ।
वनमन्त्री आलेले आजै टेलिफोन गरेपछि कर्णाली प्रदेशका सबैै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आआफ्ना जिल्लामा चिकित्सक, अक्सिजन र कोरोना परीक्षणका लागि एण्टिजेन किट नभएको गुनासो गरेका थिए । उनीहरुले कतिपय जिल्ला यातायातका साधनबाट समेत टाढा भएकाले बिरामी जिल्ला बाहिर लैजान हेलिक्टरको व्यवस्था हुनुपर्ने माग पनि परको थियो ।
सङ्घीय सरकारले यही वैशाख १९ गते सातै प्रदेशका लागि कोभिड फोकल पर्सन तोक्ने क्रममा वनमन्त्री आलेलाई कर्णालीको जिम्मेवारी दिएको छ । जिम्मेवारी तोकिएपछि मन्त्री आलेले उक्त प्रदेशमा कोरोनाका कारण भइरहेका समस्या तथा आवश्यक पर्ने साधनस्रोतका बारेमा दैनिकजसो जानकारी लिएका छन् । यसैगरी मन्त्री आलेले कर्णाली प्रदेशका कुनै पनि जिल्लामा समस्या आइपरे तत्काल आफूलाई फोन गर्न सबैमा आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १३ गते, २०७९ - १७:०७
काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज पदभार ग्रहण गरेका छन् । यसअघि स्वास्थ्य राज्यमन्त्री रहनुभएका खापुङ आजै स्...
आषाढ़ १३ गते, २०७९ - १६:५१
काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद...
आषाढ़ १३ गते, २०७९ - १६:२८
चरिकोट । दोलखाको नौ स्थानीय तहले आर्थिक वर्ष २०७९÷८० का लागि रु पाँच अर्ब ६९ करोड ९६ लाखको बजेट पेश गरेका छन् । दुई नगरपालिका र सात गाउँपालिकाले आगाम...
आषाढ़ १३ गते, २०७९ - १५:४२
इस्लामावाद । पाकिस्तानमा कोरोना भाइरसबाट सङ्क्रमित भइ अस्पताल भर्ना हुनेहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । नयाँ सङ्क्रमितको सङ्ख्या भने तीन प्रतिशत ...
आषाढ़ १३ गते, २०७९ - १५:२३
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पुुँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको अर्थतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन् । राष्ट...
आषाढ़ १३ गते, २०७९ - १५:०७
दार्चुला । जिल्लाको तातोपानी क्षेत्र रहेका दुई स्थानमा भूकम्पको सम्भाव्यताबारे अध्ययन सुरु गरिएको छ । तातोपानी क्षेत्र रहेको दुहुँ गाउँपालिका– ३ को श्...
आषाढ़ १३ गते, २०७९ - १४:३१
काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त प्रतियोगितामा न...
आषाढ़ १३ गते, २०७९ - १४:०४
सर्लाही । कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ । क...
आषाढ़ १३ गते, २०७९ - १३:२७
जाजरकोट । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ठूला आयोजनामा लगानी सुरु गरेको छ । साना आयोजनाभन्दा पनि प्रतिफल राम्रो देखिने ठाउँमा लगान...
आषाढ़ १३ गते, २०७९ - १३:१३
काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले वर्तमान सरकार गठन भएपछि मित्रराष्ट्रसँगको सम्बन्ध थप विस्तारित भएको बताएका छन् । राष्ट्रियसभाको आजको...
प्रतिकृया लेख्नुहोस्: