Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

अमेरिकी राष्ट्रपति वाइडेनको जुलाई ४ सम्म ७० प्रतिशत बयस्कलाई कोरोना खोप लगाउने  लक्ष्य

अमेरिकाको स्वतन्त्रता दिवस मनाउने दिनसम्म भाइरसबाट खतरामुक्त बनाउने उनको भनाई

रासस

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाई ४ सम्ममा देशका ७० प्रतिशत बयस्कलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइसक्ने लक्ष्य तय गरेका छन् ।
 
जुलाई ४ मा अमेरिकाको स्वतन्त्रता दिवस मनाउने दिनसम्म अमेरिकालाई कोरोना भाइरसबाट पनि खतरामुक्त बनाउने उनको भनाई छ  । 

कोरोनाभाइरस विरुद्धको लडाइ जित्नका लागि खोप अभियान नै सबैभन्दा प्रभावकारी र भरपर्दो उपाय हुने उनले विश्वास व्यक्त गरेका छन् । 

कतिपय मानिसले खोप लगाउन रुची नराखेकाले यो अभियान अपेक्षितरुपमा अगाडि बढ्न नसकेपनि आफूले तय गरिएको लक्ष्य भने पूरा हुने विश्वास उनको छ ।  

उनका अनुसार अमेरिकामा अहिलेसम्म झण्डै ५६ प्रतिशत बयस्कले खोप लगाइसकेका छन् भने बाँकी झण्डै दुई महिनामा कूल ७० प्रतिशत बयस्कलाई खोप लगाउने लक्ष्य पूरा हुने उनले दावी गरेका छन् ।  

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “सबैले खोप लगाउन अति नै आवश्यक छ, खोप नलगाएकालाई सङ्क्रमणको खतरा बढी हुने भएकाले सङ्क्रमणबाट जोगिन सबैलाई खोप लगाउन म आग्रह गर्दछु ।”

राष्ट्रपति वाइडेनको प्रशासनले शुरुदेखि नै खोप लगाउने र मास्क लगाउने कार्यलाई उच्च प्राथमिकताका साथ अभियानकैरुपमा जोड दिँदै आएको छ ।
  
अमेरिकामा अहिलेसम्म १० करोड ५० लाख मानिसले खोप लगाइसकेका छन् भने दैनिक झन्डै १० लाख मानिसलाई खोप दिने गरिएको अधिकारीरुले जनाएका छन् ।

खोप लगाउन सहजिकरणका लागि अमेरिकामा खोपसम्बन्धी छुट्टै वेबसाइट सञ्चालन गरिएको छ । सो वेबसाइटमा खोप लगाउन चाहनेले आफूलाई पायक पर्ने खोप केन्द्रमा नाम टिपाउन मिल्ने व्यवस्थासमेत गरिएको जनाइएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies