Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

जब कोरोना संक्रमित नै भोजभतेरमा हिँडे...

खबरडबली संवाददाता

चितवन । जिल्लामा कोरोना सङ्क्रमण भएका अधिकांशले आफूलाई भोतभतेरबाट सङ्क्रमण भएको आशङ्का गरेका छन् । स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा अधिकांश भोजभतेरमा गएकाहरु सङ्क्रमित भेटिएका हुन् । गत वर्षको चैतमा लकडाउन भएपछि त्यसयता विवाह, व्रतबन्ध, पूजाआजा जस्ता कार्यक्रम हुनसकेका थिएनन् ।

गत फागुन ४ देखि यही वैशाख ५ गतेसम्म पनि शुक्रअन्ध भएका कारण शुभकार्य गर्न नहुने धार्मिक मान्यता थियो । लामो समयदेखि रोकिएका यस्ता कार्यक्रम वैशाख पहिलो हप्तापछि धमाधम भएका थिए । यस्ता कार्यक्रममा सहभागी नै बढी सङ्क्रमित भएको प्रारम्भिक सर्वेक्षणले देखाएको छ । स्वास्थ्य कार्यालयका सूचना अधिकारी गीतागञ्जली ढकालका अनुसार कार्यालयमा दुई कर्मचारीले यही वैशाख १६ गतेबाट सङ्क्रमितलाई फोन गरिरहेका छन् ।

दैनिक ५० जना हाराहारीलाई फोन गर्दा अधिकांशले विवाह, व्रतबन्ध, पूजाआजाजस्ता कार्यक्रमबाट फर्किएपछि आफू सङ्क्रमित भएको बताएको जानकारी दिए । उनले भने, 'गत वर्ष धेरैले अस्पताल आएर फर्किएपछि सङ्क्रमण भएको भन्थे, यस वर्ष भोजभतेरमा गएपछि सङ्क्रमण भएको भनेका छन् ।'

टेलिफोनबाट सर्वेक्षण गर्ने कार्य जारी रहेकाले यकिन तथ्याङ्क भने आउन नसकेको उनको भनाइ थियो । वैशाखयता मात्रै जिल्लामा एक हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् । पछिल्ला दिनमा दैनिक २०० भन्दा बढी सङ्क्रमित देखिएका छन् । महानगरपालिकाका कोभिड-१९ सम्पर्क व्यक्ति केशव भट्टले महानगरपालिकाले गरिरहेको सर्वेक्षणमा पनि अधिकांशले विवाह, व्रतबन्ध, भोजभतेरमा सहभागी भएपछि सङ्क्रमणमा परेको बताएको जानकारी दिए ।

कतिपयले जिल्ला बाहिर गएर आएपछि सङ्क्रमणमा परेको पनि जनाएको उनले बताए । उनले भने, 'अधिकांश भोजभतेरबाटै सङ्क्रमण फैलिएको पाइयो ।' महानगरपालिकाले पाँच समूह बनाएर वडा छुट्याएर सङ्क्रमितसँग सम्पर्क गरिरहेको छ । दुई दिनदेखि महानगरले सम्पर्क कार्य थालेको हो । भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले विवाह, व्रतबन्ध, पूजापाठसँगै दलका कार्यक्रम पनि सङ्क्रमण समुदायमा पुर्याउनमा जिम्मेवार रहेको देखिएको बताए । उनका अनुसार सरकारले गरेको निर्देशनलाई अवज्ञा गरेकै कारण यो अवस्था आएको हो ।

विवाहको लगन अघि सत्तापक्ष र विपक्षी सबै दलले आआफ्नो शक्ति प्रदर्शन गरेर देशैभर सभासम्मेलन गरेका थिए । ती कार्यक्रम पनि समुदायमा कोरोना पुर्याउन सहयोगी बनेको फिजिसियनसमेत रहेका डा अधिकारीको बुझाइ छ । आम सर्वसाधारणले कोरोनालाई हल्का रूपमा लिँदा यो अवस्था सिर्जना भएको उनले बताए । स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी गएको फागुनदेखि नै सन्देश प्रवाह गरेर भोजभतेर, सभासम्मेलनमा २५ जनाभन्दा बढी सहभागी नहुन अनुरोध गरेको भए पनि अटेर गरिएका कारण सङ्क्रमण धेरै फैलिएको बताउँछन् ।

उनले भने, 'पच्चीस जनालाई भन्दा मानिसले विभिन्न अर्थमा व्याख्या गरे, अहिले यो अवस्था सिर्जना भयो ।'  विवाहमा २५ जनाभन्दा बेहुलापट्टीका २५ र बेहुलीपट्टीका २५ भन्दै फरक–फरक व्याख्या गरेर सरकारले गरेको निर्देशन अधिकांशले अटेर गरेका थिए । गत वर्ष पनि यस्ता कार्य हुन नसकेकाले कोरोना सक्किइहाल्यो नि भन्दै धेरैले मन फुकाएर आफन्त डाक्ने गरेको तिवारीको भनाइ छ । पछिल्लो समयमा विगतकै तुलनामा विवाह, व्रतबन्ध धुमधामका साथ हुने गरेका थिए ।

यस्ता कार्यक्रममा विभिन्न जिल्ला र विदेशबाट आउनेसमेत सहभागी हुने गर्दथे । कतिपय भारतबाट समेत यस्ता कार्यक्रममा सहभागी हुन आएका थिए । जुन आज कोभिड फैलाउने माध्यम बनेको विज्ञहरु बताउँछन् । सङ्क्रमण भयावह हुँदासमेत हिजोआज पनि लुकीछिपी यस्ता कार्यक्रम हुँदै आएका छन् । प्रशासनले घरमा परिवार मात्रै बसेर यस्ता कार्य गर्न भने पनि अटेर गरेर आफन्त बोलाउँदै कार्यक्रम गरिरहेको पाइन्छ । रासस 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending