राैतहट । रौतहटमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा राजपुर नगरपालिका–१ का ६० वर्षीय पुरुष मृत्यु भएकाे छ भने जिल्ला अस्पताल गौरमा उपचारको क्रममा रहेका गौर नगरपालिका –९ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट हालसम्म १४ जनाकाे मृत्यु भएकाे छ । जिल्लामा कोरोना संक्रमितको कुल संख्या ३२९ पुगेको छ ।
प्रतिकृया लेख्नुहोस्: