झापा । झापामा कोभिड–१९ बाट सङ्क्रमित पत्रकारहरुको घरघर पुगेर नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको टोलीले औषधि वितरण र योग विधि सिकाउने अभियान शुरु गरेको छ । शाखाका उपाध्यक्ष केशव भट्टराईका अनुसार झापामा कोरोनाबाट हालसम्म २६ पत्रकार सङ्क्रमित भइसकेका छन् भने १३ जना अहिले होम आइसोलेशनमा रहेका छन् ।
पौष्टिक आहारका रूपमा ओखर, काजुलगायतका फलफुल र औषधिका रूपमा अश्वगन्धा, गुडुची, जेठी मधु, त्रिकटलगायतका १० प्रकारका आयुर्वेदिक जडीबुटी पत्रकारहरुको होम आइसोलेशनमै पुर्याइएको हो ।
शाखाका अध्यक्ष एकराज गिरीले महासङ्घको टोली पोषिलो आहार र औषधिसहित घरघरै पुग्दा सङ्क्रमित पत्रकारहरुको स्वास्थ्य अवस्था बुझ्न र आवश्यकताबमोजिम चिकित्सकीय सुविधाका लागि पहल गर्न सजिलो भएको बताए ।
कोभिडसँग जुधिरहेका बेला पत्रकार महासङ्घको टोलीले होम आइसोलेशनमै आएर पौष्टिक आहार, जडीबुटी र विज्ञ परामर्श उपलब्ध गराउँदा आत्मबल उच्च भएको कान्तिपुर दैनिकका झापा समाचारदाता पर्वत पोर्तेलले बताए ।
पत्रकार महासङ्घको झापा शाखाले कोभिडका हजारौँ बिरामीको उपचार गरिसक्नुभएका चितवन अस्पतालका वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन डा गोविन्द कँडेलसँग कोरोना सङ्क्रमणबाट बच्ने उपाय र सङ्क्रमितले स्वास्थ्य हेरचाहमा ध्यान दिनुपर्ने विषयमा भर्चुअल परामर्श सेवा प्रदान गरिसकेको छ ।
जटिल अवस्था भएका सङ्क्रमितलाई घरमै अक्सिजन सिलिण्डर
झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नगरभित्र होम आइसोलेशनमा रहेका सङ्क्रमितमध्ये जटिल अवस्था भएकाहरुलाई घरमै अक्सिजन सिलिण्डर पुर्याउने अभियान शुरु गर्ने भएका छन् ।
कनकाईमा हाल १६० कोभिड सङ्क्रमित होम आइसोलेशनमा रहेका छन् । उनलाई आवश्यक पर्ने चिकित्सक, औषधि र अक्सिजन सिलिण्डर घरमै पुर्याउन शुरु गरिएको नगरप्रमुख पोखरेलले बताए ।
नगरमा २० शय्याको आइसोलेशन कक्ष सञ्चालनमा ल्याइएको छ । होम आइसोलेशनमा रहेका नगरवासीलाई थप स्वास्थ्य सुविधा आवश्यक परेमा जुनसुकै बेला नगरको आइसोलेशन कक्षमा लैजाने व्यवस्था मिलाइएको र अझ बढी स्वास्थ्य सेवा जरुरत भएमा प्रदेश नं १ को जुनसुकै सुविधासम्पन्न अस्पतालमा पुर्याउने व्यवस्था नगरपालिकाले नै गरेको नगरका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए ।
नगरप्रमुख आफैँ अक्सिजनको सिलिण्डर बोकेर सङ्क्रमितको घरमा पुग्दा स्वास्थ्य सेवामा परिचालित स्वास्थ्यकर्मीको टोलीमा हौसला बढेको र नगरवासीमा आत्मबल उच्च भएको नगरका कोरोना फोकल पर्सन अधिकारीले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: