Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८० शुक्रबार | 1st December, 2023 Fri

मस्कटबाट ६००  अक्सिजन सिलिण्डर शनिबार ल्याइने

रासस

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ ।     गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्कट जाने तयारीमा रहेको  जनाइएको छ ।

निगमका महाबवन्धक डिमप्रकाश पौडेलले शनिबार मस्कटबाट अक्सिजन सिलिण्डर ल्याइने र सोही दिन साँझ चीनको बेइजिङमा सङ्कलित करीब ४०० थान अक्सिजन कन्सन्टे«टर ४०० थान सिलिण्डर र अन्य स्वास्थ्य सामग्री ल्याउने तयारी गरिएको जानकारी दिए । उनका अनुसार सिलिण्डरका अलावा चीनबाटै आठ अक्सिजन जेनेरेटर पनि ल्याउने तयारी भइरहेको छ । सो प्रयोजनका निम्ति निगमको जहाज बेइजिङ पठाइनेछ ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले बुधबार सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपालमा कोरोना बिरामीलाई अक्सिजन पुर्याउन कठिन भएका बेला संस्थाले चीनबाट १०० अक्सिजन कन्सन्ट्रेटर र ओमानबाट ५५० सिलिण्डर शनिबारसम्म काठमाडौँ पु¥याउने प्रयासमा रहेको जनाएका छन् । 

ओमानपछि हरेक दिन ५५० थान सिलिण्डर उत्पादन हुने भएकाले प्रतिदिन नै वाइड बडी ए ३३० जहाज बेइजिङ पठाइने उनले बताए  ।  निगमले अन्यत्र उपलब्ध हुन सक्ने सामान ल्याउन निगमका सबै जहाज तयारी अवस्थामा राखिएको जनाएको छ । नेपाल सरकारका सम्बद्ध सबै निकायको सक्रियतामा आगामी १०– १२ दिनमा अक्सिजनको समस्या समाधान हुने निगमले विश्वास लिएको छ ।

निगमको वाइड बडी जहाजले यसअघि यही वैशाख २८ गते चीन सरकारले अनुदानमा दिएको ४०० थान अक्सिजन सिलिण्डर, १० थान भेण्टिलेटरसहितका स्वास्थ्य सामग्री काठमाडौँ ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा चीनबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री ल्याइएको हो ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आजियाटाले छाडेपछि स्पेक्ट्रलाइट यूकेले किन्यो एनसेल

काठमाडौँ। स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको छ । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजि...

चीनले पत्ता लगायो १० करोड टनको तेल भण्डार

लान्झोउ। पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम चीनको गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल...

पहिचानको विषय संवादबाट समाधान गर्न कोसी प्रदेश प्रमुखको सुझाव

काठमाडौँ। प्रदेशको नामकरणलाई लिएर उठेको पहिचानको विषयमा कोसी प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख पर्शुराम खापुङबीच छलफल भएको छ । चालु आर्थिक वर्ष...

८ लाख भारुसहित विमानस्थलमा समातिए दुई भारतीय

काठमाडौँ। ८ लाख भारतीय रूपैयाँसहित २ भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३५ वर्षीय धर्मेद्र नागर र ४२ वर्षीय पंकज गुप्ता रहेको प्रहरीले जना...

प्रधानमन्त्री प्रचण्ड र क्युवाका राष्ट्रपति कनेलबिच भेटवार्ता

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्युवाका राष्ट्रपति मिगेल डायाज–कनेलबिच भेटवार्ता भएको छ ।  जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष...

शरणार्थी प्रकरण : ९ जना थुनामै, १० जना छुट्ने

काठमाडौँ। उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न २० जनामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश सदर...

संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य गर्न आवश्यक : कमल थापा

काठमाडौँ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य आवश्यक भएको बताएका छन् ।  राप्रपा नेपाल काठमाडौँ...

वायुसेवा निगमका अध्यक्षलाई सोधियो सात दिने स्पष्टीकरण

काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ। प्राधिकरणले निगमकै सुरक...

विश्वकप लिग २ को त्रिकोणात्मक श्रृंखला नेपालमै

काठमाडौँ।  नेपालले आईसीसी विश्वकप लिग २ को पहिलो त्रिकोणात्मक एकदिवशीय शृंखला घरेलु मैदानमै खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार नेप...

मानव बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ

काठमाडौँ। रोजगारीको प्रलोभन देखाएर भारत लगी बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। बाँके बैजनाथ गाउँपालिका वडा-८ की ३९ वर्षीया मुना ठकुरी ...

अरु धेरै
Vianet Nepal Internet
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies