रोल्पा । कोरोना रोकथाम र उपचारका लागि भन्दै यहाँका युवाले सहयोग उठाई औषधि र स्वास्थ्य सामग्री वितरण गर्न थालेपछि गङ्गादेव गाउँपालिकासँग विवाद भएको छ ।
स्थानीयवासी टेकम वलीले गाउँपालिका र स्थानीय प्रशासनको स्वीकृतिबिना अनियमितता गर्ने उद्देश्यले सहयोग सङ्कलन गर्न लागेकाले सो कार्य रोकेको गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीले जानकारी दिए ।
वलीले रु १० लाख सहयोग उठाएर आफूखुशी रु १० हजारको औषधि वितरण गर्न थालेपछि गाउँपालिकाले सो काम गर्न स्वीकृति नदिएको अध्यक्ष खत्रीकोे भनाइ छ । गाउँपालिका कार्यालयका कर्मचारी र आसपासका स्थानीयवासीलाई कोरोना देखिएपछि गाउँपालिकाले लकडाउनबाहेक उपचार र रोकथामका काम गर्न चासो नदिएपछि स्थानीय युवाको पहलमा अभियान थालनी गरेको वलीको भनाइ छ ।
जापान तथा साउदीमा रहेका गङ्गादेववासीले कोरोना महामारी रोक्नका लागि आर्थिक सहयोग गर्ने भनेपछि मास्क, स्यानिटाइजर, ग्लोब्सजस्ता स्वास्थ्य सुरक्षा सामग्री तथा सिटामोलजस्ता सामान्य औषधि खरिद गरेर स्थानीय आधारभूत स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको र एन्टिजेन कीट खरिदको कार्य भइरहेका बेला गाउँपालिका अध्यक्षले अभियानमा हस्तक्षेप गरेको वलीले बताए ।
गाउँपालिका र स्थानीय युवा समूहबीच भएको विवाद आफूसम्म आएको जनाउँदै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बुझाइमा एकरुपता नआउँदा विवाद भएको बताए । महामारीका बेला औषधि वितरण गर्नुलाई अन्यथा नमानिए पनि स्वास्थ्यकर्मीबाहेकले औषधि वितरण गर्न नपाइने सापकोटाको भनाइ छ । उनले महामारी रोकथामका लागि रसिद काटेर चन्दा उठाउनुपूर्व अनिवार्य अनुमति लिनुपर्ने बताए ।
सो गाउँपालिकामा जिल्लाका स्थनीय तहमध्ये सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन् । सो गाउँपालिकामा १३ महिला र ३३ पुरुष गरी ४६ सङ्क्रमित छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: