Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोपमा सहमति, बढी भए अन्य देशलाई दिन्छौं

रासस

क्यान्बेरा । अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग कोभिड–१९ विरुद्धको दुई करोड ५० लाख खोप किन्न सम्झौता गरेको छ । 

सम्झौतामा पहिलो चरणमा यही सन् २०२१ भित्र मोडर्नाले एक करोड डोज खोप आपूर्ति गर्नेछ भने अर्को वर्ष सन् २०२२ मा एक करोड ५० लाख डोज आपूर्ति गरिने उल्लेख छ । 

अस्ट्रेलियाको औषधि नियामक निकाय (टिजीए) ले मोडर्नाका खोपलाई स्वीकृत गरिसकेको छैन ।  हालसम्म अस्ट्राजेनिका र फाइजरका खोपलाई मात्र टिजीएले मान्यता दिएको छ । यी तीनै किसिमका खोप दुई डोज लगाउनु पर्दछ ।

प्रधानमन्त्री स्कट मोरिसनले मोडर्नाका एक करोड डोज खोप यसै वर्षको अक्टोबरदेखि डिसेम्बरभित्र अस्ट्रेलिया आइपुग्ने विश्वास व्यक्त गरेका छन् । उनले  अरु डेढ करोड डोज खोप भने भविष्यमा आइपर्ने संकटका बेलामा थप डोजका लागि हो भने ।

“कोरोनाभाइरस तत्कालै हामीबाट बिदा हुने सम्भावना देखिएन । त्यसैले भविष्यलाई पनि हेरेर तयारी गर्नुपर्ने अवस्था छ,” प्रधानमन्त्री मोरिसनले भने ।

मोडर्नाले आफ्नो खोप अस्ट्रेलियामै उत्पादन गर्ने बारेमा पनि अस्ट्रेलिया सरकारसँग छलफल गरिरहेको छ । अस्ट्रेलियाका विज्ञान तथा औद्योगिक प्रविधि सल्लाहकार समूहका अध्यक्ष ब्रेन्डन मर्फीले मोडर्नासँगको छलफल सकारात्मक भए अर्को वर्षभित्रै अस्ट्रेलियामा मोडर्नाका खोपहरु उत्पादन हुनसक्ने बताए । 

अस्ट्राजेनिका खोप भने अस्ट्रेलियामा उत्पादन हुन थालिसकेको छ । मोडर्नाका दुबै खोप तीन साताभित्रै लगाउन सकिने अवस्था छ भने अस्ट्राजेनिकाको दोस्रो डोज तीन महिना कुर्नुपर्ने छ । फाइजरको खोप पनि तीन साताभित्रै लगाउन सकिन्छ । 

मोडर्नाको खोपका कारण अस्ट्रेलियाका सबै वयस्क नागरिकले यसै वर्षको अन्त्यसम्ममा खोप पाइसक्ने छन् । 

अस्ट्रेलियाले यसअघि नै फाइजरबाट दुई करोड डोज खोप लिन सम्झौता गरिसकेको छ । यो खोप ५० वर्षभन्दा कम उमेरका व्यक्तिको रोजाईको खोप हो किनभने यो उमेरभन्दा कम भएका व्यक्तिमा अस्ट्राजेनिका खोप लगाउँदा रगत जम्ने समस्या देखिएको थियो ।

सरकारले अस्ट्राजेनिकाको ३८ लाख डोज खोप आयात गर्ने तथा पाँच करोड डोज अस्ट्रेलियामै उत्पादन गर्ने सम्झौता गरेको छ । 

तर अहिले अस्ट्रेलिया सरकारले ५० वर्षभन्दा मुनिका व्यक्तिलाई मोडर्नाको खोप दिने तयारी गरेको छ । 

अस्ट्रेलियाले नोभाभाक्ससँग पनि पाँच करोड १० लाख डोज खोप खरिद गर्न सम्झौता गरेको र त्यो यसैवर्ष आपूर्ति हुने स्वास्थ्य मन्त्री ग्रेग हन्टले बताए । 

उनले अस्ट्रेलियासँग बढी हुने खोप अन्य मुलुकलाई अनुदानमा उपलब्ध गराउने योजना बनाएको जानकारी दिए । 

अस्ट्रेलियामा गत फेब्रुअरीदेखि खोप अभियान शुरु भएको थियो । सरकारले मार्चको अन्त्यसम्ममा ४० लाख खोप लगाउने योजना बनाएको थियो । तर खोप आपूर्तिमा भएको ढिलाईका कारण २८ लाख डोज मात्र लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

अस्ट्रेलियाले कोरोनाभाइरस नियन्त्रणमा तुलनात्मक रुपमा राम्रो सफलता प्राप्त गरेको छ । कोभिड–१९ बाट हालसम्म ९१० जनाको मात्र ज्यान गएको छ । यदि पर्याप्त सावधानी नअपनाएको भए अस्ट्रेलियामा ३० हजारभन्दा बढीको ज्यान जाने सरकारको दाबी छ । 
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending