Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भरतपुर क्यान्सर अस्पतालले १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याउने

रासस

चितवन ।  विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १४० शय्याको कोभिड वार्ड सञ्चालनमा ल्याउने भएको छ । क्यान्सरका बिरामी र स्वास्थ्यकर्मीका लागि मात्र २० शय्याको कोभिड वार्ड सञ्चालन गर्दै आएको अस्पतालले अन्य सङ्क्रमितका लागि पनि उपचार गर्ने गरी थप १२० शय्या सञ्चालनमा ल्याउन लागेको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमका अनुसार अस्पतालका चारवटा विभागमा रहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गरेर शुक्रबारबाट कोभिड वार्ड सञ्चालन गर्ने तयारी गरिएको छ । अस्पतालको रेडिएशन, बच्चा, नाक, कान, घाँटी र मूत्रथैली विभागका बिरामीलाई अन्यत्र सारिँदै छ । ती विभागहरुमा बारेर मनिटरलगायतका सामान जडान गर्ने काम अघि बढाइएको गौतमको भनाइ छ ।
 
ती वार्डहरुमा अक्सिजनको पाइपलाइन रहेका छन् । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएकाले समस्या नपर्ने अनुमान गरिएको छ । ती शय्याहरुमा छवटा भेन्टिलेटरसमेत जडान गरिँदै छ । गौतमले भने, “प्रदेश, सङ्घीय सरकार र दाताहरुसँग भेन्टिलेटरलगायतका उपकरण माग गरेका छाँै ।” ती वार्डलाई सकेसम्म सुविधासम्पन्न बनाइने अस्पतालले जनाएको छ । जिल्लामा सङ्क्रमित बढ्दै गएपछि क्यान्सर अस्पतालले कोभिडको उपचार शुरु गर्न लागेको हो । यहाँ यस जिल्लाका भन्दा धेरै बिरामी बाहिरबाट आएका छन् ।
 
चार सय ५० शय्याको क्यान्सर अस्पतालमा हाल २२० क्यान्सरका बिरामी उपचाररत रहेका छन् । कोभिड वार्डमा १० जना रहेका छन् । यस अस्पतालमा क्यान्सर रोगको उपचारका लागि देशभरबाट बिरामी आउने गर्दछन् । अन्य समयमा भारतका सीमा क्षेत्रबाट समेत यहाँ बिरामी आउने गरेका थिए । चीन सरकारको सहयोगमा यो अस्पताल निर्माण भएको हो ।
 
जिल्लामा हाल विभिन्न अस्पतालमा गरी ७३० शय्यामा कोभिडका बिरामीको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार भरतपुर अस्पतालमा १४५ शय्या सञ्चालनमा रहेको छ । एक÷दुई दिनभित्रमा नै सो अस्पतालले २०० शय्या पु¥याउँदै छ ।
 
चितवन मेडिकल कलेजमा २६०, पुरानो मेडिकल कलेजमा २००, गुञ्जमान सिंह हस्पिटलमा १०, बघौडा अस्पताल माडीमा १०, बकुलहर अस्पताल रत्ननगरमा २८, खैरहनी स्वास्थ्यचौकीमा १५, राप्ती अस्पतालमा २०, कालिका नगर अस्पतालमा १२ र इच्छाकामनामा २० शय्या सञ्चालनमा रहेको छ । तिवारीका अनुसार पालिकाले सञ्चालन गरेका अस्पतालमा पनि अक्सिजन र चिकित्सकको सुविधा रहेको छ ।

जिल्लाका निजी अस्पतालमा पनि ३५ सङ्क्रमित उपचाररत रहेको तिवारीले जानकारी दिनुभयो । जिल्लाका निजी अस्पताल मिलेर एउटा अस्पताललाई कोरोना अस्पताल बनाउने तयारी गरेका छन् । निजी अस्पताल समन्वय समितिका सचिव विक्रम अधिकारीले भोलिसम्ममा कुन अस्पताललाई कोरोना अस्पताल बनाउने टुङ्गो लाग्ने जानकारी दिए ।
 
निजी अस्पताल मिलेर ६० शय्याको कोरोना अस्पताल सञ्चालन गर्ने तयारी गरेका छन् । हाल जिल्लाका अस्पतालमा ४५६ कोरोना सङ्क्रमितको उपचार भइरहेको छ । तीमध्ये १९८ जना जिल्लाका हुन् भने अन्य बाहिरी जिल्लाका हुन् । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार तीन हजार १२४ सक्रिय सङ्क्रमित रहेका छन् । जिल्लामा सङ्क्रमितको सङ्ख्या १० हजार ४३१ पुगेको छ । तीमध्ये सात हजार १५७ निको भएका छन् भने १५२ जनाको निधन भएको छ । जिल्लामा कोभिड उपचारका लागि साधारण शय्याको अभाव नभए पनि सघन उपचारकक्ष भने भरिएका छन् । भेन्टिलेटरको पर्खाइमा बिरामीको मृत्युसमेत हुन थालेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies