Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सङ्क्रमण दर उच्च भएपछि हुम्लाका दुई गाउँपालिका ‘सिल’

रासस

हुम्ला । हुम्लामा कोरोना सङ्क्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ । बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ । 

ताँजाकोट गाउँपालिकामा ४६ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण पुष्टि भएपछि अनिश्चित समयका लागि सिल गरिएको गाउँपालिका अध्यक्ष बाग्दल मल्लले जानकारी दिनुभयो । गाउँपालिकामा कोरोनाका सङ्क्रमितको सङ्ख्या बढेपछि ताँजाकोटका सम्पूर्ण कार्यालय सिल गरिएको हो ।

बुधबारबाट कोरोना परीक्षणमा झण्डै ५० प्रतिशतमा सङ्क्रमण पुष्टि भएपछि कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि सिल गरिएको हो । सामान्य रुघाखोकी र ज्वरो आएका ४६ जनामा एन्टिजेन विधिबाट परीक्षण गर्दा १९ मा सङ्क्रमण देखिएपछि थप फैलिन नदिन बढी जनसम्पर्क हुने कार्यालय सिल गरिएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए । उनले भने,  “कार्यालयका सबै कर्मचारी नै महामारीमा जुट्नुपर्ने भएकाले नियमित काम स्थगन गरेर कार्यालय बन्द गर्ने निर्णय गरेको हौँ ।”

गाउँपालिका आफैँले ५०० वटा एन्टिजेन कीट खरिद गरेर बुधबारबाट परीक्षण शुरु गरेको थियो । पहिलो दिनमै आठ जनामा सङ्क्रमण पुष्टि भएको ताँजकोटमा बिहीबार स्वास्थ्यकर्मीको चारवटा टोली बनाएर विभिन्न बस्तीमा परीक्षण गर्दा कूल सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ । अझै केही बस्तीमा परीक्षण गर्न बाँकी रहेकाले सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याँकुले जानकारी दिए । 

यस्तै जिल्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा शुक्रबार चार स्थानीयवासीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वडा नं ५ मा १५ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएपछि वडा पाँचको गोठीगाउँलाई १० दिनका लागि सिल गरिएको गाउँपालिका अध्यक्ष कृष्ण रोकायाले जानकारी दिए ।

सिलपछि एक घरबाट अर्को घरमा समेत जानलाई रोक लगाइनुका साथै गाउँमा स्वयंसेवक परिचालन गरिएको गाउँपालिका अध्यक्ष रोकायाले बताए । गाउँपालिकामा रहेका प्रत्येक वडामा परीक्षणको दायरालाई बढाइने उनको भनाइ छ ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies