Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

अफगानिस्तानमा तालिबानीको ३ दिने युद्धबिराम समाप्त, वार्ता प्रक्रिया शुरु

रासस

काबुल । अफगानिस्तानमा युद्धरत तालिबान समूहले ईद पर्वको अवसरमा गरेको तीन दिने युद्धविराम आइतबार समाप्त भएको छ । ईदका अवसरमा घोषणा गरिएको यस युद्धबिरामको अवधिमा पनि हिंसात्मक झडपहरु र बम हमला भएका थिए, तर अधिकांश हिंसात्मक घटनाको जिम्मेवारी अफगानिस्तानमा सक्रिय अर्को इस्लामिक संगठन इस्लामिक स्टेटले लिएको थियो । 

युद्धबिराम समाप्त भएसँगै सरकार र तालिबानबीच शान्तिवार्ता पुनः शुरु गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई आह्वान गरेका छन् । 
तालिबानका राजनीतिक मामिला सम्बन्धी प्रवक्ता सुहेल शाहीनले सरकार र तालिबानका प्रतिनिधिबीच कतारमा पुनः भेटवार्ता भएको बताए । दुबै पक्षले शान्तिका प्रति आआफ्ना प्रतिबद्धता व्यक्त गरेको र रोकिएको वार्ता चाँडै शुरु गर्न सहमति जनाएको उनले बताए  । 

संयुक्तराज्य अमेरिकाले दुबै पक्षलाई शान्तिवार्ता जतिसक्दो चाँडो शुरु गर्न दबाब दिइरहेको छ । अमेरिकाले अफगानिस्तानमा तैनाथ करिब २५०० देखि ३००० सेना तथा नेटोले आफ्ना करिब सात हजार सेना आगामी सेप्टेम्बर ११ अघि नै फर्काउन थालेकाले पनि वार्ता प्रक्रिया जतिसक्दो चाँडो टुङ्ग्याउन अमेरिकाले दुबै पक्षलाई दबाब दिएको हो ।

पछिल्लो समय अफगानिस्तानमा इस्लामिक स्टेट समूह बढी सक्रिय देखिएको छ । देशका विभिन्न भागमा इस्लामिक स्टेटले बम हमला गरेर जनधनको ठूलो क्षति पु–याएको छ । 

यसैबीच, शनिबार चीनका विदेश मन्त्री वाङ यीले पाकिस्तानी विदेश मन्त्री शाह महमूद कुरेसीलाई टेलिफोन गरी अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिकको स्वदेश फिर्तापछिको अवस्थाका बारेमा चासो राखेका थिए । 

चिनियाँ विदेश मन्त्री वाङले विदेशी फौजको फिर्ती हतारमा भइरहेको र यसले अफगानिस्तानको शान्तिप्रक्रियामा गम्भीर असर पर्ने तथा क्षेत्रीय स्थायित्वमा नकारात्मक प्रभाव पर्ने बताउनु भएको थियो । उनले राष्ट्रसंघले आफ्नो भूमिका बढाउनुपर्नेमा जोड दिएका थिए । 
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy