काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादले नेपालको कम्युनिष्ट आन्दोलनलाई मार्गदर्शन गरिरहेको बताएका छन् ।
जननेता मदन भण्डारी तथा एमालेका तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २८औँ स्मृति दिवसका अवसरमा आज एक वक्तव्य जारी गर्दै पौडेलले कुशल सङ्गठक आश्रितले तयार पारेको जनतामा आधारित बलियो सङ्गठानिक आधारका कारण जनताको भरोसा र प्रतिबद्ध कार्यकर्ता भएको पार्टी नेकपा (एमाले) जीवन्त रहेको उल्लेख गरेका छन् ।
“नेकपा एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारी तथा सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २८औँ स्मृति दिवसका सन्दर्भमा देश र जनताको हितका लागि उनीहरुले पुर्याएको अमूल्य योगदानको स्मरण गर्दै उनीहरुप्रति हार्दिक श्रदाञ्जलि व्यक्त गर्दछु”, पौडेलले बताए ।
विसं २०५० जेठ ३ गते पोखराबाट फर्कने क्रममा चितवनको दासढुङ्गामा रहस्यमय जीप दुर्घटनामा उनीहरुको मृत्यु भएको थियो । “कम्युनिष्ट आन्दोलनलाई शास्त्रको जडताबाट मुक्त गरी जीवन र व्यवहारसँगै जोड्दै जबजमार्फत नेपाली क्रान्तिको मौलिक मोडल प्रस्तुत गरेका जननेता भण्डारीलाई अमेरिकाबाट प्रकाशित ‘न्युज विक’ पत्रिकाले नेपालको कार्ल माक्र्सका रुपमा चित्रित गरेको थियो”, पौडेलले वक्तव्यमा उल्लेख गरेका छन् ।
उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रीकरण गर्ने मात्र होइन, जनताका जीवन्त सवालहरुमा उनको प्रस्तुत गरेको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको वर्णन गरेका छन् । “कम्युनिष्ट आन्दोलनभित्र भिन्नै खाले प्रयोगहरुमा विश्वास गर्ने राजनीतिक पार्टीहरुले समेत जनताको बहुदलीय जनवादको अन्तर्यलाई आत्मसात् गर्दै अघि बढेको देखिन्छ, यसले जबजको सच्चाइ र सान्दर्भिकतालाई पुष्टि गर्छ”, वक्तव्यमा भनिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: