Khabar Dabali ८ बैशाख २०८३ मंगलवार | 21st April, 2026 Tue

कोभाक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह

रासस

संयुक्तराष्ट्रसंघ ।  संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी–७) का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभाक्सका लागि उपलब्ध गराउन आग्रह गरेका छन् । 

विश्वका न्यून तथा मध्यम आय भएका मुलुकका लागि खोप खरिद एवं वितरण गर्नेगरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मातहत कोभाक्स स्थापना भएको छ । यस कोभाक्समा विभिन्न राष्ट्र, व्यक्ति तथा संस्थाले खोपको व्यवस्था गर्न रकम उपलब्ध गराइरहेका छन् । 

बेलायतको राजधानी लन्डनमा आगामी जुन महिनामा जी–७ का नेताहरुको शिखर सम्मेलन हुँदैछ । 

वैज्ञानिक अनुसन्धान सम्बन्धी कार्य गर्ने एयरफिनिटी संस्थाले उपलब्ध गराएको नयाँ विवरणमा जी–७ का राष्ट्र एवं युरोपेली युनियनले आगामी जुन, जुलाई र अगस्टमा आफूसँग उपलब्ध हुने २० प्रतिशत मात्र खोप उपलब्ध गराए १५ करोड ३० लाख डोज कोभाक्समा प्राप्त हुने उल्लेख छ । 

महानिर्देशक फोरले एक विज्ञप्ति जारी गर्दै आफ्ना नागरिकलाई खोप लगाउने लक्ष पूरा गरेरै पनि कोभाक्समा ठूलो परिमाणमा खोप उपलब्ध हुन सक्ने बताए  । 

“कतिपय जी–७ का सदस्य मुलुकहरुसँग अन्यको तुलनामा बढी नै आपूर्ति हुँदैछ भने केहीले देशभित्र थप खोप लगाउने अभियान सञ्चालन गरिरहेका छन् । यस्तो अवस्थामा पनि बढी भएको खोप कमजोर राष्ट्रहरुलाई उपलब्ध गराउन सकिन्छ,” उनले भने ।

उनले अतिरिक्त खोप तत्कालै उपलब्ध गराउनु न्यूनतम, अत्यावश्यक र आपतकालीन उपाय हो, र यो तत्कालै जरुरी भइसकेको छ भने । 

भारतमा कोरोनाभाइरस महामारी तिब्र गतिमा फैलिएका कारण पनि कोभाक्समा उपलब्ध हुने खोपमा व्यापक कमी आएको छ । भारतको सेरम इन्स्टिच्यूट कोभाक्सका लागि खोप उपलब्ध गराउने प्रमुख खोप उत्पादक कम्पनी हो । 

तर भारतमै खोपको माग अत्यधिक रहेका कारण मे महिनाको अन्त्यसम्ममा कोभाक्समा उपलब्ध हुनुपर्ने १४ करोड डोज खोप प्राप्त हुने सम्भावना देखिएको छैन जसका कारण न्युन एवं मध्यम आय भएका मुलुकहरुलाई कोभाक्समार्फत खोप उपलब्ध गराउने योजनामा धक्का लाग्ने निश्चित छ । 

यतिमात्र होइन, आगामी जुन महिनामा थप पाँच करोड डोज पनि उपलब्ध हुने सम्भावना देखिन्न, महानिर्देशक फोरले भने । 

कोरोनाभाइरस महामारीबाट उम्किने सबैभन्दा प्रभावशाली उपाय भनेकै खोपको विश्वभर समतामूलक वितरण र उपचार नै हो । कोभाक्सको प्रमुख साझेदार संस्थाका रुपमा युनिसेफ पनि यस अभियानमा सक्रियतापूर्वक लागेको छ, उनले भने ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending