Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सङ्क्रमित बढ्दै गएपछि तनहुँका नगर अस्पताल कोभिड अस्पतालमा रुपान्तरण

रासस

दमौली । कोरोना सङ्क्रमित बढ्दै गएपछि तनहुँका स्थानीय तह आइसोलेशन निर्माणका लागि अग्रसर भएका छन् । सङ्क्रमितको उपचारका लागि जिल्लाका सबै स्थानीय तहले अक्सिजनसहित आइसोलेशन कक्ष तयार पारेका छन् । पछिल्लो समय भानु नगरपालिकाले १७ श्ययाको आइसोलेशन कक्ष तयार पारेको छ । भानु नगरपालिका–५ स्थित पुरनडिही नगर अस्पतालमा नगरपालिकाले आइसोलेशन कक्ष तयार गरेको हो । 

नगरपालिकाले तयार पारेको आइसोलेशन कक्षको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा अनुगमन गरिएको छ । कोरोना रोकथाम र न्यूनीकरणका लागि जिल्लाका स्थानीय तहले गरिरहेको प्रयास उल्लेखनीय रहेको वाग्लेले बताए । वाग्लेले भानुले तयार गरेको आइसोलेशन कक्ष सन्तोषजनक रहेको प्रतिक्रिया दिए । 

प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जिल्लाका सबै स्थानीय तह अग्रसर भएर लागिपरेको बताए । भानु नगरपालिकाका प्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, प्रहरी उपरीक्षक अरुण पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारी लगायतको सहभागिता थियो । आइसोलेशन कक्षमा श्यया थप गर्ने तयारी गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए । अस्पतालमा अक्सिजनसहितको आइसोलेशन तयारी अवस्थामा राखिएको छ ।

नगरपालिकामा हाल आठ सक्रिय सङ्क्रमित रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखाप्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । नगरपालिकाले सबै वडामा कोरोना रोगसम्बन्धी परामर्शका लागि फोकल पर्सन तोकेको छ । वडा नं १ का लागि सन्तोष श्रेष्ठ, २ का लागि निर्मला अधिकारी, ३ का जितेन्द्र श्रेष्ठ, ४ का लागि सोविता राना, ५ का लागि डा सुरज श्रेष्ठ र स्मृति भण्डारी, ६ का लागि अञ्जु रानाभाट, ७ का लागि श्रीध्वज गुरुङ, ८ का लागि सुवास देवकोटा, ९ का लागि रश्मा पौडेल, १० का लागि अञ्जना अधिकारी र पाण्डव ढकाल, ११ का लागि देवीमाया गुरुङ, १२ का सुमन थापा मगर र सुश्मा गिरी र १३ का लागि रेवती सुनार फोकल पर्सन तोकिएका छन् । 

अक्सिजन प्लान्ट स्थापना 

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । कोरोना सङ्क्रमण बढ्दो अवस्थामा रहेको र जिल्लामा अक्सिजन प्लान्टको आवश्यकता महसुस भएपछि तनहुँका प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल र राष्ट्रियसभा सदस्य भगवती न्यौपानेको विशेष पहलमा जिपीमा अक्सिजन प्लान्ट निर्माण हुन लागेको हो । 

अर्थ मन्त्रालयले अस्पतालमा अक्सिजन प्लान्ट निर्माण, भेन्टिलेटर र आइसियुका लागि रु नौ करोड बजेट विनियोजन गरेको छ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) का अनुसार पाँच भेन्टिलेटर र १० वटा आइसियु श्ययाका लागि रु ६ करोड र अक्सिजन प्लान्ट निर्माण र उत्पादनका लागि रु तीन करोड गरी कूल रु नौ करोड अर्थ मन्त्रालयबाट विनियोजन भएको छ । 

त्यस्तै, अर्थ मन्त्रालयले दमौली अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि अस्पतालको मागबमोजिम रु ३० लाख बजेट उपलब्ध गराउने निर्णयसमेत गरेको छ । दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिम बढेपछि उपचार केन्द्रले अक्सिजनसहित आइसोलेशन कक्ष तयार गरेको छ । कोरोना सङ्क्रमितको उपचारका लागि तनहुँका दशवटै स्थानीय तहको लागत सहभागितामा निर्माण सम्पन्न भएको भवन गत चैत ७ गते उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । 

उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठका अनुसार हाल आइसोलेशन भवनमा ३० श्यया तयार गरिएको छ । आइसोलेशनमा प्रत्येक श्ययामा अक्सिजनको व्यवस्था गरिएको छ । रु ७२ लाखमा उपभोक्ता समितिमार्फत सम्पन्न भएको भवनमा शुक्लागण्डकी नगरपालिकाले १४, व्यास, भीमाद र भानु नगरपालिकाले १२र१२ प्रतिशत लागत सहभागिता बेहोरेका छन् । त्यस्तै, देवघाट गाउँपालिकाले पाँच, घिरिङ, म्याग्दे, ऋषिङ, आँबुखैरेनी र बन्दीपुर गाउँपालिकाले ९र९ प्रतिशत लागत सहभागिता बेहोरेका छन् ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies