Ntc summer Offer
Khabar Dabali ३१ बैशाख २०८१ सोमबार | 13th May, 2024 Mon
NIMB

कोरोनाबाट बच्न जीवनशैलीमा परिवर्तन गर्नुपर्ने

खबरडबली संवाददाता

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न पूर्वीय दर्शनमा आधारित जीवनशैलीलाई अपनाउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियानको हामी साथ छौँ कार्यक्रमले आज जुम प्रविधिबाट आयोजना गरेको ‘के गर्ने ? के नगर्ने ?’ विषयक अन्तरक्रिया कार्यक्रममा आयुर्वेदका वरिष्ठ चिकित्सक डा ऋषिराम कोइरालाले पूर्वीय दर्शनमा आधारित भान्सा पद्धतिलाई पुनःस्थापित गरिनुपर्नेमा जोड दिए ।

प्राचीनकालदेखि नै भान्सामा जडीबुटी एवं औषधिजन्य चीजबीजको व्यवस्था हुने भएकाले आधुनिकताका नाममा त्यसलाई नबिर्सन उनले सुझाव दिए ।  भान्सामा जाँदा हातगोडा धोएर शुद्ध पहिरन लगाएर जाने, भान्सालाई एक जनाले नछोड्ने पद्धति पनि कति वैज्ञानिक रहेछ भन्ने बुझ्न कोरोना महामारीले अवसर दिएको चिकित्सक कोइरालाले सुनाए  । जैविक प्रविधिबाट उत्पादित अनाज उपभोग गरी सकारात्मक सोच राख्ने, दुःखमा पनि हाँस्ने, तनावमा नरहने गर्नाले कोरोना जस्ता महामारीबाट बच्न सकिने उनको सुझाव थियो ।

कार्यक्रममा मनोपरामर्शदाता कञ्चन रावतले अध्ययनले पाँचमध्ये चार जनालाई मनोसामाजिक समस्याले सताउने गरेको तथ्य पुष्टि भएको बताए । चिन्ता, निराशा, लागुपदार्थको दुव्र्यसन, घरेलु हिंसा, यौन हिंसा बढेको, मानसिक स्वास्थ्य सेवाको पहुँच कम रहेकाले पनि सचेत हुनुपर्ने कार्यक्रममा उहाँले प्रस्तुत गरेको  कार्यपत्रमा उल्लेख छ ।

कोरोनाले बालबालिका, वृद्धवृद्धामा बढी समस्या देखिएकाले जोखिम वर्गका व्यक्तिलाई जोगाउन सरोकार भएका निकायको ध्यान जानुपर्ने उनको भनाइ थियो । जोखिममा रहेको समूहलाई लक्ष्य गरेर विशेष कार्यक्रम अघि बढाउन पनि रावतले माग गरे । निषेधाज्ञाका कारण घरबाट काम गर्दा धेरै मानिसमा समस्या आएकोे, विशेषगरी महिला दोहोरो भूमिकाका कारण समस्यामा परेको, घरमा बच्चालाई व्यवस्थापन गर्नु पनि चुनौतीपूर्ण बन्न थालेकाले मानिस मानसिक रुपमा विचलित हुन सक्ने भएकाले तनाव व्यवस्थापनका लागि योग, प्राणायाम, ध्यान, व्यायाम, हिँड्डुल, हाँसखेल, मनोरञ्जनका कार्यक्रम पनि दैनिक रुपमा गरिनुपर्ने उनका सुझाव छ ।

महामारीका विषयमा चिन्ताको सट्टा चिन्तन गर्ने, अरूलाई सहयोग गर्ने गर्नाले शरीरमा आत्मबलका साथै रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि हुने मनोविमर्शकर्ता रावतको सुझाव थियो ।

प्रेक्षा ध्यान शिक्षक किशोरसिंह शाहीले योग, प्राणायाम र ध्यानले महामारीका बेला शान्त रहन सहयोग गर्नाका साथै शरीरमा अक्सिजन आपूर्ति व्यवस्थापन प्रणालीलाई सक्रिय राख्न पनि सहयोग गर्ने बताउँदै जुमबाटै अभ्याससमेत गराए । पूर्व मुख्यसचिव एवं वाग्मती सफाइ महाअभियानका मुख्य अभियानकर्मी लीलामणि पौडेलले दैनिक रुपमा प्राणायाम र योगको कार्यक्रमलाई जुमबाटै निरन्तरता दिइने प्रतिबद्धता जनाउनुभयो । धेरैलाई सामाजिक सञ्जालबाट जानकारी गराएर परोपकारी काम गरिने पनि उनले जानकारी द्यिए  ।

वाग्मती सफाइ अभियानकर्मी नारायण श्रेष्ठले साप्ताहिक रुपमा ‘के गर्ने ? के नगर्ने ?’ भन्ने विषयमा विज्ञबाट अन्तरक्रिया गरिने बताए । वाग्मती सफाइ महाअभियान आठ वर्ष पूरा भई नवौँ वर्ष प्रवेशका अवसरमा बुधबार जुम प्रविधिबाटै विशेष कार्यक्रम गरिने जानकारी पनि सो अवसरमा गराइएको थियो ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको थियो । प्रत्येक हप्ता शनिबार बिहान ‘राष्ट्रका लागि हप्तामा दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ निरन्तर वाग्मती सफाइ महाअभियान जारी छ । महाअभियान चाडपर्व, जाडो, गर्मी, भूकम्पको प्रकोप, नाकाबन्दी, कोरोना महामारी जस्ता समयमा निरन्तर जारी छ ।

वाग्मती सफाइ महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदी सफाइ अभियानसमेत शुरु भएको छ । उपत्यकाबाहिर पनि मुख्य शहर, नदी एवं सांस्कृतिक स्थलमा सफाइ अभियान जारी छ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशभर १०७ स्थानमा सफाइ अभियान चलिरहेको जनाइएको छ ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies