Ntc summer Offer
Khabar Dabali २६ बैशाख २०८१ बुधबार | 8th May, 2024 Wed
NIMB

कोरोना सङ्क्रमणबीच गर्भवतीको उपचारमा चुनौती

रासस

दुल्लु । सबैतिर कोरोना सङ्क्रमणको त्रास छ, गर्भवती र उनीहरुका परिवारलाई भने कसरी सुरक्षित सुत्केरी गराउने र सङ्क्रमण हुनबाट जोगाउने भन्ने थप चिन्ता छ ।

दैलेख जिल्ला अस्पतालमा सुत्केरी गराउन आवश्यक उपकरण र भौतिक संरचना  पयाप्त भएपनि दक्ष जनशक्ति नहुँदा  जटिल खालको समस्या आए के गर्ने भन्ने विषयमा अस्पताल प्रशासन नै स्पष्ट छैन । तीन महिनादेखि रोकिएको प्रशुति शल्यक्रिया आजदेखि शुरु भए पनि उपचार पर्याप्त नभएको स्थानीयवासीको भनाइ छ । अस्पतालका सूचना अधिकृत थिरप्रसाद रेग्मीले चिकित्सक डा निराजन पन्त सरुवा भएर गएदेखि जटिल खालका प्रशूति शल्यक्रिया गर्नु परे सुर्खेतस्थित अस्पतालमा लैजान सल्लाह दिने गरेको बताए । अहिलेसम्म करीब ५०/६० जना यस्ता गर्भवतीलाई सुर्खेत रिफर गरिएको जनाइएको छ । उनले भने, ‘‘छ महिनादेखि नियमित गर्भवती महिलाको जाँच बाहेक जटिल खालका समस्या आए रिफर गर्नुबाहेक अर्को विकल्प छैन । अहिले त कोरोनाका कारण नर्सहरुले सामान्य र अन्य बिरामी पनि रिफर गर्ने स्थिति छ ।’’ यसले गर्दा कतिपयको सुर्खेत लैजाने क्रममा बाटोमै  बच्चा हुने गरेको घटना पनि छन् । 

जिल्ला अस्पतालमा अर्को चिकित्सक नआएसम्म गर्भवतीका सामान्य उपचार र परामर्शबाहेक अन्य सेवा हुन सकेको छैन । सो अस्पतालमा चिकित्सक नभएका भने होइनन् तर प्रशूतिका सम्बन्धित विशेषज्ञ छैनन् ।

स्त्रीरोगसम्बन्धी चिकित्सक अत्यावश्यक रहेको भनेर सम्बन्धित निकायमा मागपत्र पेश गरे पनि दरबन्दी व्यवस्थापन हुन सकेको छैन । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies