पर्सा । ठोरी गाउँपालिका–३ ब्रह्रमनगर नयाँबस्तीस्थित चौबाटोबामा बेवारिसे अवस्थामा रहेको करिब ७ किलो अवैध लागूऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा अवैध लागूऔषध रहेको भन्ने खबर प्राप्त हुनासाथ सिमा प्रहरी चौकी ओडारबाट खटिएको प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया लेख्नुहोस्: