बैतडी । बैतडीका स्थानीय तहमा स्थापना भएका कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका छन् । सङ्घीय सरकारले गत वर्ष नै बजेट विनियोजन गरेर स्थापना गर्न लगाएका ती कोभिड अस्थायी अस्पताल चिकित्सकबिना नै सञ्चालनमा रहेका हुन् । सङ्घीय सरकारले गत माघमै स्थानीय तहमा पाँच शय्याको अस्थायी कोरोना अस्पताल सञ्चालनका लागि बजेट पठाए पनि पुर्चौँडी नगरपालिका, पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकाबाहेकका स्थानीय तहले मेडिकल अधिकृत पाउन नसकेका हुन् । अस्थायी कोरोना अस्पतालमा भनेअनुसारको जनशक्ति नहुँदा समस्या भएको हो ।
जिल्लाको सिगास गाउँपालिकाले अस्थायी कोरोना अस्पतालमा चिकित्सकका लागि तीनपटक आवेदन आह्वान गरेको भए पनि हालसम्म चिकित्सक पाउन नसकेको जनाएको छ । चिकित्सकका लागि तीनपटकसम्म आवेदन आह्वान गरेको भए पनि हालसम्म पनि चिकित्सक पाउन नसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख घनश्याम बोहराले बताए । अस्थायी अस्पतालमा एक चिकित्सक, दुई स्टाफ नर्स, एक सहयोगीको दशरबन्दी रहेको तर सिगासमा अहिले एक स्टाफ नर्स कार्यरत रहेको बताइएको छ । चिकित्सक पाउनै मुस्किल भएपछि गाउँपालिकामा भएकै जनशक्तिबाट अस्पताल सञ्चालन गरिरहेको बोहराको भनाइ छ ।
जिल्लाको मेलौली नगरपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि पटकपटक जनशक्ति माग गरिएको भए पनि चिकित्सक नपाइएको जनाइएको छ । सुर्नया गाउँपालिकाले वासुलिङ्ग स्वास्थ्यचौकीमा अस्थायी कोरोना अस्पताल सञ्चालनमा ल्याएको भए पनि चिकित्सक नपाउँदा एक स्टार्फ नर्समात्रै रहेको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र डिलाशैनी गाउँपालिकाले पनि अस्थायी कोरोना अस्पतालका लागि आवश्यक जनशक्ति नपाएको जनाएका छन् । कोभिडका बिरामी बढ्दै गए पनि स्थानीय तहमा सञ्चालनमा आएका अस्थायी कोरोना अस्पतालमा चिकित्सक अभाव छ । यसले गर्दा उनीहरूको उपचारमा समेत समस्या भइरहेको छ ।
स्थानीय तहहरूमा चिकित्सकसहित कोभिड अस्पताल सञ्चालनमा आएको भए जटिल खालका सङ्क्रमितको पनि स्थानीयस्तरमै उपचार गर्न सहज हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । कोरोना भाइरसको जोखिम बढ्दै गएकाले कोरोनाका बिरामीको उपचारका लागि गत वर्ष नै अस्थायी कोभिड अस्पताल निर्माणको अवधारणा ल्याइएको थियो । अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि आएको रु १० लाख बजेटमध्ये स्थानीय तहहरूले रु पाँच लाख शय्यालगायत सामग्री खरिदमा खर्च गर्न भनिएको थियो भने रु ५० हजार बराबरको औषधि खरिद गर्नुपर्ने थियो । यस्तै रु चार लाख ५० हजार जनशक्ति परिचालनमा खर्च गर्नुपर्ने जनाइएको थियो । बैतडीका दशरथचन्द नगरपालिकाबाहेकका अन्य सबै स्थानीय तहमा ती अस्पताल सञ्चालनमा रहेका हुन् । बैतडीमा हाल ८०० बढी कोरोनाका सक्रिय सङ्क्रमित छन् भने १३ जनाको मृत्यु भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: