Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

मुख्यमन्त्री गुरुङ द्वारा मोहोरीया स्थित अस्पताल र प्रयोगशाला भवन शिलान्यास

रासस

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा ३० मोहोरीया स्थित सङ्क्रामक तथा सरुवा रोग अस्पताल भवन र प्रयोगशालाको आज शिलान्यास गरेका छन् ।

सङ्घ अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको १४ करोड ३० लाख लागतमा तीनतला सहितको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भवन र गण्डकी प्रदेश सरकारको ५३ करोड ७० लाख रुपैयामा अत्याधुनिक सुविधा सहितको पाँच तलाको अस्पताल भवन निर्माण गर्न लागिएको हो ।

विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरस सङक्रमणले स्वास्थ्य क्षेत्रमा ठूलो चुनौती थपेको बताउँदै मुख्यमन्त्री गुरुङले यस अस्पताललाई गण्डकी प्रदेशको मात्र नभई देशको नै आशा भरोसायुक्त अस्पतालको रुपमा विकास गरिने बताए । अस्पतालको भौतिक पूर्वाधार विकास मात्र नभई आवश्यक दक्ष जनक्तिको व्यवस्था गरिने कुरामा आफु प्रतिवद्ध भएको बताउँदै उहाँले मानव जीवनको रक्षार्थ गरिने यस किसिमका विकास निर्माणलाई सवैको साथ र सहयोग आवश्यक हुने बताए  । कोरोना परिक्षणको नतिजा ढिलो आउने गरेको जनगुनासोलाई सम्वोधन गर्दै २४ घण्टा भित्रमा नतिजा उपलव्ध गराउनेतर्पm प्रदेश सरकार लाग्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अस्पतालको पहिलो वर्षमा ५० शय्या, दोश्रो वर्षमा ५० हुँदै कूल दुई सय शय्या पु¥याउने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले जानकारी दिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. कृष्णप्रसाद पौडेलले तीन तहका सरकार, स्थानीय समुदाय स्वास्थ्यकर्मीको समन्वय र सहकार्यमा  तोकिएको समय एवम् गुणस्तरीय निर्माणमा जोड दिइने बताए । स्थानीय सक्रियता एवम् लायन्स अस्पतालको रुपमा सञ्चालीत उक्त अस्पताललाई डेढ वर्ष अघि प्रदेश सङ्क्रामक तथा सरुवा रोग अस्पतालका रुपमा परिणत गरी स्वास्थ्य सेवा प्रदान गर्दे आएकोमा हालसम्म छ सय कोरोनाका बिरामीको उपचार गरेको अस्पतालका  कार्यकारी निर्देशक डा। विकास गौतमले जानकारी दिए ।  मुख्यमन्त्री गुरुङले सोही अस्पतालमा व्यवस्था गरिएको सात शय्याको सघन उपचार कक्ष (आइसीयू) सेवाको समेत आजै शुभारम्भ गरे । अस्पतालको जग्गा एक सय रोपनी रहेको छ ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy