Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

बन्दाबन्दी शुरु भएपछि दैनिक उपभोग्य वस्तुमा व्यापारीको मनपरी मूल्य

रासस

डोटी । कोरोना सङ्क्रमणका कारण जिल्लामा बन्दाबन्दी शुरु भएपछि यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । दाल, चामल, तेलदेखि तरकारीलगायत दैनिक उपभोग्य वस्तुहरूमा मूल्य वृद्धि भएको उपभोक्ताको आरोप छ । यहाँका प्रमुख बजार पिपल्ला, राजपुर, सिलगढी, दिपायल, विपीनगर, गोपघाट क्षेत्रमा प्रायः दैनिक उपभोग्य वस्तुको बजार मूल्य अहिले अघिल्ला महिना (निषेधाज्ञा) को तुलनामा ५० प्रतिशतसम्म बढाइएको छ । कोरोना सङ्क्रमणको समयमा बजार अनुगमन हुन नसकेका कारण व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिन थालेको दिपायल सिलगढी नगरपालिका–४ गैराका कैलाश विकले बताए । उनले भने, “कोरोनाको बेला सबै बन्द छ, बजार अनुगमन गरिएको छैन, व्यापारीले मनपरी मूल्य लिन थालेकाले उपभोक्ता मारमा परे ।” उहाँका अनुसार ५०० एमएलको खाने तेल निषेधाज्ञाअघि रु ९० हाल रु ११० लिन थालिएको छ । त्यस्तै अन्य खाद्य सामग्रीमा पनि चर्को मूल्य वृद्धि भएको छ ।  

यहाँका बजारमा विभिन्न खाद्य वस्तु तथा दैनिक उपभोग्य वस्तुमा कालोबजारी हुने गरेको पटकपटक उठ्ने भए पनि त्यसको रोकथाम तथा नियन्त्रणका लागि खासै पहल नहुने गरेको अर्का स्थानीयवासी मानबहादुर बमले बताए । उनले भने, “बन्दाबन्दीलगायत अन्य समयमा पनि बजारमा पसलै पिच्छे सामानको मूल्य फरक हुन्छ, कसैले वास्ता गर्दैन अहिले झन् कोरोनाले सबै बन्द छ, कोले अनुगमन गर्नु ।” 

जिल्ला प्रशासन कार्यालय डोटीले भने यहाँका बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको विषयमा कुनै पनि निकायबाट गुनासो तथा उजूरी नआएको जनाएको छ । बजार अनुगमनको जिम्मा पाएका जिल्ला प्रशासन, नगरपालिका, जिल्ला प्रहरी, उपभोक्ता अधिकार मञ्च तथा उद्योग वाणिज्य सङ्घले खासै चासो नदेखाएका कारण यहाँका बजारमा सामानको मूल्यमा व्यापारीको मनपरी हुँदै आएको उपभोक्ताको गुनासो छ ।

पछिल्लो समय यहाँका व्यवसायीले प्लास्टिकजन्य सामान, कुखुराको मासु, तेललगायत वस्तुहरूको मूल्य बढाएको राजपुरका स्थानीय होटेल व्यवसायी हर्क साउदले गुनासो गरे । उनले भने,  “कोरोनाले होटेल बन्द छन्, घरका लागि सामान किन्न खोज्दा, खाद्यान्न व्यापारीले भाउ बढाएका छन्, हामीले के गरी खाने ।” व्यापारीहरूको सङ्गठन उद्योग वाणिज्य सङ्घले पनि यहाँका बजारमा अनुगमन नगरिँदा तथा मूल्य बढाउने व्यापारीलाई कारबाही नगरेका कारण झनै समस्या भएको उनको भनाइ छ । 

उता उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बजारमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि गरिएको प्रमाणसहित गुनासो वा उजूरी आए तत्काल कारबाहीका लागि सिफारिस गरिने बताए । उनले भने, “मानिसलाई ज्यान जोगाउन गाह्रो भएको अवस्थामा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गर्नेलाई कारबाही हुन्छ, मूल्य वृद्धि गरेर सामान बेच्नेको नाम फोनमै टिपाए पनि हुन्छ ।” सामान्यतया यहाँका बजारमा तरकारीदेखि अन्य दैनिक उपभोग्य वस्तुको मूल्य शत्प्रतिशत वृद्धि भएको  उपभोक्ता बताउँछन् । भटमासको तेल प्रतिलिटर १६५, दाल, चामल र अन्य तरकारीमा पनि रु २० देखि ३० सम्म बढाएर व्यापारीले बेच्ने गरेको गुनासो उनीहरूको छ । व्यापारीले दैनिक उपभोग्य वस्तुमा मूल्य बढाएर बिक्री वितरण गर्ने गरेका कारण सबैभन्दा बढी यहाँ गरी खाने वर्ग समस्यामा परेको दिपायल पिपल्लका श्यामबहादुर दासले बताए । उनले भने,  “व्यापारीले जति मूल्य बढाए पनि जागिर भएका त किनेर खान सक्छन्, हामी दैनिक मजदूरी गरी खानेलाई समस्या भयो, रोगभन्दा पनि भोकले मर्ने भयो हामी त ।” 

दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि गरेको विषयमा तत्काल अनुगमन गरिने जानकारी दिए । जिल्लाका प्रमुख बजारमा दशैँ तिहारको समयमा मात्रै अनुगमन हुने तथा अरू बेला नहुने गरेका कारण पनि यहाँका बजारमा सामानको मूल्यमा एक रुपता नहुने गरेको कतिपय उपभोक्ताको बुझाइ छ ।
 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies