दार्चुला । अपी हिमाल गाउँपालिका–४ का मोहनसिंह ठेकरे यार्सागुम्बा सङ्कलनका क्रममा अपी हिमाल नाउरखाल वनमा यार्सागुम्बा सङ्कलनका क्रममा बेपत्ता भए । अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सागुम्बा सङ्कलनको अनुमति नदिएरै यार्सागुम्बा सङ्कलन गर्न पाटन पुगेका ठेकरे बेपत्ता भएका हुन् ।
अहिलेसम्म अवस्था अज्ञात नै छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले यो वर्ष कोभिडका कारण जिल्लाभरि निषेधाज्ञा जारी गरिएको र यो बीचमा सङ्कलन अनुमतिपत्र वितरण गर्न अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई पत्राचार गरेको तर जिल्ला प्रशासन कार्यालयलले पत्रचार गरे पनि अपी नाम्पा संरक्षण क्षेत्रभित्रका यार्सागुम्बा पाइने क्षेत्रमा स्थानीयवासीलाई यार्सागुम्बा सङ्कलन गर्न नदिन कुनै पहल भएन । योतर्फ न जिल्ला प्रशासन कार्यालयले चासो राख्यो, न अपी नाम्पा संरक्षण र स्थानीय तहले नै । सङ्कलकहरू धमाधम यार्सा सङ्कलनका लागि लेक पुगिसकेका छन् ।
यार्सा गुम्बा सङ्कलनका लागि स्थानीयमात्र नभई बाहिर क्षेत्रबाट समेत लेकतिर लागेको भन्दै अपी हिमाल गाउँपालिका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले वैशाख २८ गते यार्सागुम्बा सङ्कलनमा पूर्ण रोक लगाउन जिल्ला प्रशासन कार्यालय दार्चुला र अपी नाम्पा संरक्षण क्षेत्र कार्यालयलाई पत्राचार आग्रहसमेत ग¥यो ।
“तीनवटै निकायबीच समन्वयकारी भूमिका हुन नसक्दा अहिले दार्चुलाका सबै लेकमा सङ्कलहरू यार्सागुम्बा सङ्कलन गर्न पुगेका छन्”, अपी हिमाल गाउँपालिका–१ का वडाअध्यक्ष धनसिंह जागरीले भने, “हामीले मात्रै सङ्कलनमा रोक लगाउन सकिने अवस्था रहेन । सुरक्षाकर्मीको उपस्थिति विना मानिस हामीले रोक्न सक्दैनौँ ।” अहिले दिनहुँ कोरोना सङ्क्रमणबीच पनि सङ्कलनकर्ताहरूको लेक जाने भीड लागेको छ । गाउँमा रुघाखोकी बिरामी ह्वात्तै छन्, तर सङ्कलनकर्ताहरू खुलेआम यार्सा सङ्कलनका लागि गइरहेका छन् ।
दार्चुलाको अधिकांश स्थानीय तहका स्थानीयवासीको आयस्रोतको मुख्यस्रोत पनि यार्सागुम्बा नै हो । दुई महिना यार्सागुम्बा सङ्कलन गर्ने र वर्षभरिका लागि खाद्यान्न, लुगाकपडा जोहो गर्नु जागरी भन्छन् । हामीले उनीहरूलाई नजाऊ भन्न सकिने अवस्था पनि छैन । यार्सागुम्बा सङ्कलन नगरी घरमा के खाऔँ भन्ने अवस्थाका नागरिक पनि छन् । खेतीपाती तीन महिनाका लागि पनि हुँदैन । कोरोनाका बेला स्थानीयस्तरकै भन्दा बाहिर स्थानीय तहबाट समेत सङ्कलनकर्ताको भीड लागेपछि कोरोना फैलिने डर बढेको उनको भनाइ छ ।
अपी नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत गणेश पौडेल कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आग्रहअनुसार हामीले यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएका छैनौँ । हाम्रो मात्रै जनशक्तिले सङ्कलकनकर्तालाई रोक्न सकिने अवस्था रहेन । थोरै जनशक्ति छ । हामीले अहिलेको महामारीमा नजानूस् भनेर हात मात्रै जोड्ने हो, प्रमुख संरक्षण अधिकृत पौडेलले भने, “त्यो बाहेक पूरै रोक्न सकिने अवस्था छैन ।”
उनले यार्सागुम्बा सङ्कलनका लागि सङ्कलकर्ता रोक्ने विषयमा सुरक्षाकर्मीसँग समन्वय भए पनि ठोस निर्णयमा पुग्न नसकिएको बताए । अनुमति नलिएरै सङ्कलन गर्नु अवैधानिक भएको भन्दै कारबाहीको भागिदार बनाउन सकिने चेतावनी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: