बागलुङ । कोरोनाको त्रासदी छ । महामारी गाउँ छिरेको छ । सङ्क्रमण रोक्न गरिएको निषेधाज्ञा जारी छ । किसानलाई भने पौरख नचलाई सुख छैन । घरमै बसेर हातमुख जोडिन्न । बर्खा शुरु हुँदैछ । खेतीपाती नगरी भएन । कोरोना छलेर कामधन्दा गर्नुछ ।
महामारीबीच रोपाइँको याम शुरु भएको छ । गलकोटलगायत जिल्लाका कतिपय भेगमा जेठ दोस्रो सातादेखि नै रोपाइँ हुन थाल्छ । एकातिर कोरोना सङ्क्रमणको जोखिम र भय, अर्कातिर रोपाइँको चटारो । महामारीबाट जोगिएर खेतीपाती लगाउनुको विकल्प किसानसँग छैन ।
किसानलाई खेतबारीमा काम गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन स्थानीय तहहरुले आग्रह गरेका छन् । गलकोट नगरपालिकाले रोपाइँमा भौतिक दूरी कायम गर्न, कम मानिस मात्र भएर खेतीपाती गर्न, खाजाको प्रबन्ध घरबाटै गर्न तथा खेतमा आउने र घर फर्कने समयमा अनिवार्यरूपमा मास्क लगाउन भनेको छ ।
सार्वजनिक सूचना नै जारी गरेर त्यस्तो आग्रह गरिएको र त्यसको अनुगमन पनि हुने नगरपालिकाले जनाएको छ । गलकोटको मजुवा जिल्लामै धेरै धान फल्ने फाँट हो । सबैभन्दा पहिले त्यहीँबाट रोपाइँ शुरु हुन्छ । सिञ्चित र दुई बाली फल्ने खेतमा मध्य जेठबाटै रोपाइँ हुने गरेको छ ।
मजुवालगायत फाँट खोला आसपास भएको र बाह्रैमास सिँचाइ पुग्ने हुँदा रोपाइँलाई समस्या नपर्ने नगरपालिकाका कृषि शाखा प्रमुख हरिदत्त सुवेदीले बताए । त्यहीँमाथि मनसुनले समेत साथ दिएमा रोपाइँ बेलैमा सकिन्छ । गलकोट क्षेत्र भएर बग्ने दरमखोला र गौँदी खोलाबाट आएका कुलाले त्यहाँको ठूलो उब्जाउ भूमिलाई सिञ्चित गर्छन् ।
छिटो रोपाइँ हुनेमा जिल्लाको गलकोट, कुश्मीसेरा, खरबाङ र बुर्तिबाङलगायतका क्षेत्र पर्छन् । रोपाइँ हुने मुख्य महिना असार भए पनि ती ठाउँमा पहिल्यै रोपाइँ शुरु भइसक्छ । मकै बाली हुने खेतमा भने किसानले मकै झिकेपछि असार अन्तिम र साउनसम्मै रोपाइँ गर्छन् । मनसुन जति छिटो सक्रिय हुन्छ उति नै छिटो रोपाइँ हुन्छ ।
जिल्लाको दक्षिण अमलाचौर, नारायणस्थान, बिहुँ, पाला, मालिका, बुर्तिबाङको उपल्लो भेगलगायतका ठाउँमा भने रोपाइँ ढिलो हुन्छ । कृषि ज्ञान केन्द्रकाअनुसार जिल्लामा छ हजारबढी हेक्टरमा धान खेती हुँदै आएको छ । प्रतिहेक्टर तीन मेट्रिक टन धान फल्छ । पछिल्लो समय उत्पादन बढाउन उन्नत र वर्णसङ्कर जातको धान खेतीतर्फ किसान आकर्षित छन् ।
केही स्थानीय जातका साथै उन्नततर्फ माछापुच्छ«े, छुन्दुङ, हिमाली, सावित्री, जेठो बुढो, सुक्खा १,२,३ सहित उन्नत जातको धान खेती हुँदै आएको छ । धानको उब्जनी बढाउन कृषि ज्ञान केन्द्रले बीज वृद्धिलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । जिल्लाको २० प्रतिशत सिञ्चित क्षेत्रमा मात्रै धान खेती हुँदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: