Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

'प्रधानमन्त्री र राष्ट्रपतिले मान्छे मारेको भन्दा ठूलो अपराध गरे'

खबरडबली संवाददाता

काठमाडौँ । सभामुख अग्‍निप्रसाद सापकोटाले संविधानविद् तथा कानुनविद्हरुसँग गरेको छलफल गरेका छन् । बिहीबार सभामुख सापकोटाले संविधानविद् तथा कानुनविद्हरुसँग छलफल गरेका हुन् ।

आफूले राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको सभामुख सापकोटाले बताए । संविधानविद् तथा कानुनविद्हरुसँग उनले संसद्‍ प्रभावकारी ढंगले चलाउने बताए ।

‘छलफलका क्रममा धेरै आदरणीय व्यक्तित्वहरूले संसद् सञ्‍चालन प्रभावकारी नभएको बताउनु भयो,’ सभामुख सापकोटाले भने, ‘अब हामी गम्भीर भएर प्रभावकारी बनाउने प्रयास गर्ने र आएका सुझावलाई आत्मसाथ गर्नतर्फ लाग्‍ने छौं ।’

बुधबार पनि सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेका थिए ।

मान्छे मारेको भन्दा ठूलो अपराध गरे- संविधानविद् डा. भीमार्जुन आचार्य
- मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो । प्रधानमन्त्रीको तिकडम रोक्न संसद्ले सकेन । प्रधानमन्त्रीले शपथ खाँदाको दृष्य भद्दा भयो । प्रधानमन्त्री एउटै कार्यकालमा सबै धारा अनुसार प्रधानमन्त्री हुन् ?

विश्वासको मत लिन नसकेको अवस्थामा धारा ५ मा जाने हो । राजीनामा नगरी, पदमुक्त नभई, फेरि प्रधानमन्त्री दाबी गर्नु नियतमाथिको खोट थियो । रिक्त हुँदै नभएको पदका लागि दाबी गर्न कसरी सुहाउँछ ? प्रतिपक्ष र संसद् पनि निकम्मा भयो ।

लहड र सनकको भरमा प्रतिनिधि सभा विघटन गर्न पाइँदैन- वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई
- सभामुखले राष्ट्रपतिलाई प्रतिनिधि सभाको बैठक आह्वानका लागि सिफारिस गर्नुपर्छ । मन्त्रिपरिषद्ले मात्रै संसद् बोलाउनुपर्छ भन्‍ने छैन । सभामुखले यो काम गर्न सक्नुहुन्छ । संविधानको हरेक धाराहरु क्रियात्मक रुपमा अभ्यास हुनु जरुरी छ । कसैको लहड र सनकको भरमा यो प्रतिनिधि सभा विघटन गर्न पाइँदैन । प्रतिनिधि सभा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख कसैले मार्न सक्‍दैनन् । 

राष्ट्रपति र प्रधानमन्त्रीले किचेनमा बसेर हरहिसाब गरी निर्लज्ज खेल खेले- वरिष्ठ अधिवक्ता शम्भु थापा
- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले निर्लज्ज खेल खेले । राष्ट्रपति र प्रधानमन्त्रीले किचेनमा बसेर हरहिसाब गरी निर्लज्ज खेल खेलेका छन् । संविधान सभाको संविधान कहिल्यै मर्दैन । यो संविधान संविधान सभाले बनाएको हो । अर्को संविधान बन्ने प्रक्रिया छैन ।

संविधानलाई कसैले मार्न सक्दैन । संसद् प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन । किचेनमा बसेर प्रधानमन्त्री र राष्ट्रपतिले हरहिसाब गरेर खेल खेल्नु भएको छ । अदालतमा निर्लज्ज छ । कुनै पनि हालतमा सरकार छोड्दिन भन्नु भएको छ । बहुमतको प्रधानमन्त्री दाबी गरेर गइसकेको अवस्थामा नयाँ कागज बनाउने अधिकार राष्ट्रपतिलाई कसले दियो ? 

प्रधानमन्त्रीविरुद्ध सभामुखले अवहेलना मुद्दा हाल्नुपर्छ- राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी
- प्रधानमन्त्रीविरुद्ध सभामुखले अवहेलना मुद्दा हाल्नुपर्छ । यसअघि विघटन भयो । अदालतले पुनःस्थापना गरिदियो । पटक–पटक विघटन गरेको छ । पटक-पटक संविधान र व्यवस्थाविरुद्ध काम गरेको छ । प्रधानमन्त्रीलाई अब अदालतको अवहेलाना मुद्‍दा सभामुखकै पहलमा ठोक्नु पर्‍यो । अनि अर्कोपटक विघटन गर्न हुँदैन भन्ने चेत आउँथ्‍यो कि ? यो ठूलै काम छ । गाह्रै काम छ । तर गर्नुपर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नक्कली प्रहरी बनेर सुन लुटपाट गर्ने दुईजना पक्राउ

काठमाडौं । नक्कली प्रहरी बनेर सुन लुटपाट गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको तिमालका सन्देश तामाङ र रोशीका हिरालाल तामाङ रहेका छन्...

ईण्डिगो एयरलाइन्सको सिटमा एक किलो बेवारीसे सुन

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक किलो बेवारीसे सुन फेला परेकाे छ । ईण्डिगो एयरलाइन्सको सिटमा एक किलो सुन फेला परेको हाे । दिल्लीबाट...

नवनियुक्त महालेखा परीक्षक रायाले लिए शपथ

काठमाडौं । नवनियुक्त महालेखा परीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महाल...

एमालेको समर्थनमा सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीले गरे दाबी पेस

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेस गरेका छन् । बिहीबार दिउँसो नेकपा एमाले, माओवादी केन्...

निरन्तर ओरालो लागेकेा शेयर बजार आज पनि ओरालो

काठमाडौं । शेयर बजारमा आज पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १९.५६ अङ्कले घटेर १९७२.१४ अंकमा सिमित भएको छ ।  आज ने...

सुदूरपश्चिममा सोडारी मुख्यमन्त्रीमा दाबी पेश गर्दै

काठमाडौं । अन्ततः नेकपा (एमाले) ले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारीलाई स्वीकारेको छ ।  नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता सोडा...

ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि...

काठमाडौं । ब्राजिलमा एक महिलाले ६८ वर्षीय पुरुषको शव बैंकमा लिएर गएको घटना अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ । उनले मृत्यु भएका ...

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् । राष्ट्रपति कार्यालयले राष्ट्रपति पौडेलले नेपालक...

तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्...

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ । सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ दे...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies