Khabar Dabali १४ असार २०८३ आईतवार | 28th June, 2026 Sun
Investment bank

'प्रधानमन्त्री र राष्ट्रपतिले मान्छे मारेको भन्दा ठूलो अपराध गरे'

खबरडबली संवाददाता

काठमाडौँ । सभामुख अग्‍निप्रसाद सापकोटाले संविधानविद् तथा कानुनविद्हरुसँग गरेको छलफल गरेका छन् । बिहीबार सभामुख सापकोटाले संविधानविद् तथा कानुनविद्हरुसँग छलफल गरेका हुन् ।

आफूले राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर काम गरिरहेको सभामुख सापकोटाले बताए । संविधानविद् तथा कानुनविद्हरुसँग उनले संसद्‍ प्रभावकारी ढंगले चलाउने बताए ।

‘छलफलका क्रममा धेरै आदरणीय व्यक्तित्वहरूले संसद् सञ्‍चालन प्रभावकारी नभएको बताउनु भयो,’ सभामुख सापकोटाले भने, ‘अब हामी गम्भीर भएर प्रभावकारी बनाउने प्रयास गर्ने र आएका सुझावलाई आत्मसाथ गर्नतर्फ लाग्‍ने छौं ।’

बुधबार पनि सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गरेका थिए ।

मान्छे मारेको भन्दा ठूलो अपराध गरे- संविधानविद् डा. भीमार्जुन आचार्य
- मान्छे मारेको भन्दा ठूलो अपराध हो यो । प्रधानमन्त्री र राष्ट्रपतिबाट यस्तो जघन्य अपराध हुँदा पनि संसद् मुकदर्शक भयो । प्रधानमन्त्रीको तिकडम रोक्न संसद्ले सकेन । प्रधानमन्त्रीले शपथ खाँदाको दृष्य भद्दा भयो । प्रधानमन्त्री एउटै कार्यकालमा सबै धारा अनुसार प्रधानमन्त्री हुन् ?

विश्वासको मत लिन नसकेको अवस्थामा धारा ५ मा जाने हो । राजीनामा नगरी, पदमुक्त नभई, फेरि प्रधानमन्त्री दाबी गर्नु नियतमाथिको खोट थियो । रिक्त हुँदै नभएको पदका लागि दाबी गर्न कसरी सुहाउँछ ? प्रतिपक्ष र संसद् पनि निकम्मा भयो ।

लहड र सनकको भरमा प्रतिनिधि सभा विघटन गर्न पाइँदैन- वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई
- सभामुखले राष्ट्रपतिलाई प्रतिनिधि सभाको बैठक आह्वानका लागि सिफारिस गर्नुपर्छ । मन्त्रिपरिषद्ले मात्रै संसद् बोलाउनुपर्छ भन्‍ने छैन । सभामुखले यो काम गर्न सक्नुहुन्छ । संविधानको हरेक धाराहरु क्रियात्मक रुपमा अभ्यास हुनु जरुरी छ । कसैको लहड र सनकको भरमा यो प्रतिनिधि सभा विघटन गर्न पाइँदैन । प्रतिनिधि सभा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख कसैले मार्न सक्‍दैनन् । 

राष्ट्रपति र प्रधानमन्त्रीले किचेनमा बसेर हरहिसाब गरी निर्लज्ज खेल खेले- वरिष्ठ अधिवक्ता शम्भु थापा
- राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले निर्लज्ज खेल खेले । राष्ट्रपति र प्रधानमन्त्रीले किचेनमा बसेर हरहिसाब गरी निर्लज्ज खेल खेलेका छन् । संविधान सभाको संविधान कहिल्यै मर्दैन । यो संविधान संविधान सभाले बनाएको हो । अर्को संविधान बन्ने प्रक्रिया छैन ।

संविधानलाई कसैले मार्न सक्दैन । संसद् प्रधानमन्त्री र राष्ट्रपतिले मार्ने व्यवस्था छैन । किचेनमा बसेर प्रधानमन्त्री र राष्ट्रपतिले हरहिसाब गरेर खेल खेल्नु भएको छ । अदालतमा निर्लज्ज छ । कुनै पनि हालतमा सरकार छोड्दिन भन्नु भएको छ । बहुमतको प्रधानमन्त्री दाबी गरेर गइसकेको अवस्थामा नयाँ कागज बनाउने अधिकार राष्ट्रपतिलाई कसले दियो ? 

प्रधानमन्त्रीविरुद्ध सभामुखले अवहेलना मुद्दा हाल्नुपर्छ- राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी
- प्रधानमन्त्रीविरुद्ध सभामुखले अवहेलना मुद्दा हाल्नुपर्छ । यसअघि विघटन भयो । अदालतले पुनःस्थापना गरिदियो । पटक–पटक विघटन गरेको छ । पटक-पटक संविधान र व्यवस्थाविरुद्ध काम गरेको छ । प्रधानमन्त्रीलाई अब अदालतको अवहेलाना मुद्‍दा सभामुखकै पहलमा ठोक्नु पर्‍यो । अनि अर्कोपटक विघटन गर्न हुँदैन भन्ने चेत आउँथ्‍यो कि ? यो ठूलै काम छ । गाह्रै काम छ । तर गर्नुपर्छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानमाथि अमेरिकाको दोस्रो दिन पनि बमबारी, होर्मुज क्षेत्रमा तनाव थप चर्कियो

न्युयोर्क । अमेरिकाले लगातार दोस्रो दिन पनि इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। पछिल्लो आक्रमणमा होर्मुज जलडमरूमध्य नजिकका सिरिक सहर र केश्म...

दैनिक ओरालो लाग्दै गोलभेँडाको मूल्य, लागतसमेत नउठ्ने भएपछि किसान चिन्तामा

काठमाडौं । बजारमा गोलभेँडाको मूल्य लगातार घट्न थालेपछि किसान मारमा परेका छन्। उत्पादन लागतसमेत उठाउन मुस्किल पर्ने अवस्था आएपछि किसानले उचित मूल्यको म...

सशस्त्र समूहको आक्रमणबाट १७ गाउँलेको हत्या

नाइजेरिया । नाइजेरियाको उत्तरपश्चिमी भागमा रहेको एउटा ग्रामीण समुदायमा आपराधिक गिरोहका बन्दुकधारीहरूले आक्रमण गरी १७ जना किसानको हत्या गरेका छन् । स्थ...

आज मदन भण्डारीकाे ७५औँ जन्मजयन्तीः एउटै मञ्चमा ओली–प्रचण्ड, पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज एक सार्वजनिक कार्यक्रममा एउटै मञ्चमा...

कोलोम्बिया, पोर्चुगल र डीआर कंगो अन्तिम ३२ मा, उज्वेकिस्तान बाहिरियो

काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘के’ का खेलपछि कोलोम्बिया, पोर्चुगल र प्रजातान्त्रिक गणतन्त्र (डीआर) कंगो नकआउट चरणमा प्रवेश गरेका छन्। अन्तिम खे...

मातृत्व जोगाउने अभियान’ सफल, सुन्दरहरैँचामा ४६९ महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

सुन्दरहरैँचा । महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुन्दरहरैँचामा सञ्चालन गर...

कोशी सरकार आफ्नै सांसदको घेराबन्दीमा, बजेट विवादले हिक्मत कार्की दबाबमा

विराटनगर । कोशी प्रदेश सरकार आफ्नै सत्ता गठबन्धनका सांसदहरूको असन्तुष्टिका कारण दबाबमा परेको छ। बजेट असन्तुलित रहेको आरोप लगाउँदै एमाले र नेपाली कांग्...

एक सातापछि आज बस्दै संसद, बजेट र चार महत्त्वपूर्ण विधेयकमाथि छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनका कारण पटक–पटक स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दैछ। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाक...

धरानमा २५ करोडको ‘स्मार्ट बसपार्क’ सञ्चालनमा, एकैपटक ३८ बस पार्किङ सुविधा

धरान । सुनसरीको धरान–८ मा करिब २५ करोड रुपैयाँको लागतमा निर्माण गरिएको अत्याधुनिक ‘स्मार्ट बसपार्क’ सञ्चालनमा आएको छ। आइतबार धरान उपमहानगरपालिकाका कार...

शनिबारकाे ट्राफिक कारबाहीः पाँच लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ९ सय २२ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा पाँच लाख ११ हजार ५ सय १ रुपैयाँ रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending