Ntc summer Offer
Khabar Dabali ९ मंसिर २०८१ आईतवार | 24th November, 2024 Sun
Investment bank

रोपेको खेतमा धाँजा फाटेपछि किसान चिन्तित

\"khet\"१२ साउन, पाल्पा । वर्षाको अभावका कारण रोपेका धान सुक्न थालेका छन् । समयमै पर्याप्त वर्षा नभएपछि तथा सिँचाइको सुविधा नभएकै कारण रोपेको धान अहिले सुकेर पराल भएको हो । असारको अन्तिममा आएको भलपानी छोपेर रोपाइँ गरेका किसान हरियो बीउ सुकेर पराल भएपछि चिन्तित बनेका छन् । साउनको मध्यतिर आइपुग्न लाग्दा पनि वर्षा नपरेकाले कतिपय ठाउँमा रोपाइँ गर्नै बाँकी छ । केही ठाउँमा रोपाइँ गरेका खेतमा धाँजा फाटेका छन् । पानीको अभावका कारण ब्याडमा बीउ छिप्पिन थालेको छ । ‘वर्ष दिन खाने खेती पानीको अभावले गाबो हाल्न नभ्याउँदै सुक्यो, खेत रोपेर गल्ती गरियो, यही जग्गामा तरकारी लगाएको भए आम्दानी हुन्थ्यो’ किसान सालिकराम पौडेलले भने । उनको मात्र होइन यो समस्या अहिले धेरै किसानको छ । खेतालाको अभावले काम नै रोकिने हुँदा पहिले नै आलीकान्लो गर्ने, आली लगाउने काम सकाएर पानी परेपछि खेत रोप्ने काम सुरु हुन्छ । ‘आफ्नो खेत छैन, अर्काको अधियाँमा ३०० का दरले छजना खेताला लगाएर आलीकान्लो गरेर राखे, अहिले झार पलाएर नग¥यै सरह भएको छ’ । अर्का किसान पार्वती न्यौपानेले भनिन् –‘घरमा बालबच्चा छन्, हुर्काउन, पढाउनु प¥यो, अर्काको अधियाँमा भए पनि खेत रोपेर बालबच्चा पालौँला भन्ने थियो, पानी नै परेन ।’ त्यस्तै अर्का किसान टेकनाथ भुसाल भन्छन् – ‘एक हल गोरुले जोतेमा दिनभर दुई हजार  हलीलाई बुझानुपर्छ, खेताला, मल, बीउ परिश्रम सबै सम्भिmँदा मन किसानी पेसा नै छोडौँ कि जस्तो हुन्छ ।’ समयमा पर्याप्त वर्षा नपर्नु, जलस्रोतले भरिपूर्ण देशमा प्रशस्त नदीनाला भए पनि वैकल्पिक सिँचाइको व्यवस्था नहुनुले पनि कृषिको उत्पादन बढ्नुको सट्टा घट्ने अवस्थामा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy