Khabar Dabali २४ चैत्र २०८२ मंगलवार | 7th April, 2026 Tue

कोरोना सङ्क्रमित घट्दो क्रममा

रासस

चितवन । कोरोना भाइरसको सङ्क्रमण विस्तारै घट्दै गएको  छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार गत वैशाखको मसान्तसम्ममा उच्च देखिएको सङ्क्रमण बिस्तारै घट्दै गएको हो ।

जिल्लाका विभिन्न अस्पतालमा रहेका प्रयोगशालामा गरिएको परीक्षणका क्रममा वैशाख १८ गते ७८ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । उक्त दिन ५ सय ९० जनाको कोरोना परीक्षण गरिएकोमा यस जिल्लाका सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको थियो । यो सङ्ख्या क्रमशः २ सय हुँदै ४ सय ६ जना सम्ममा पुगेको कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिए । उनका अनुसार वैशाख १८ देखि ३० गते सम्म आइपुग्दा सङ्क्रमित वढ्दै गएको हो ।

कार्यालयको तथ्याङ्क अनुसार वैशाख २४ गते ४ सय ६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । वैशाख  ३० गते ७ सय ७३ को  परीक्षण गर्दा ३ सय ५१ जनामा सङ्क्रमण देखियो । अहिले यो घट्दै आएको उनले बताए । वैशाख ३१ गते देखि विस्तारै सङक्रमित घट्दै गएका छन् । वैशाख ३१ गते २ सय ३० मा रहेको  सङ्ख्या विस्तारै घट्दै जेठ ६ सम्म आइपुग्दा दैनिक १५० हाराहारीमा पुग्यो । उनले भने, “अहिले सङ्क्रमित सय देखि डेढसय हाराहारी छ ।”

वैशाख २८ देखि जिल्लामा एण्टीजिनको प्रयोग मार्फत कोरोना सङ्क्रमित छुट्याउन थालिएको छ । सोमार्फत जिल्लामा हालसम्म एक हजार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दोस्रो चरणको सङ्क्रमणका कारण वैशाख १८ देखि यता ५ हजार ३ सय ८१ जना सङ्क्रमित भइसकेका छन् । जिल्लामा हाल सम्म १३ हजार ३ सय ६३ जना सङ्क्रमित भइसकेका छन् जसमध्ये ४ हजार ८ सय ८५ जना सक्रिय सङ्क्रमित छन् । सक्रियमध्ये १ सय ५८ अस्पतालको आइसोलेसनमा छन् भने ४ हजार ६ सय ८५ जना होम आइसोलेसनमा र १५ जना सार्वजनिक आइसोलेसनमा छन् । जिल्लामा हालसम्म कोरोना सङ्क्रमणका कारण २ सय १४ जनाको मृत्यु भएको छ ।

कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार शुरुआती समयमा परिक्षण गरिएका मध्ये ५० प्रतिशत सङ्क्रमित आउने गरेकोमा अहिले  एक साता देखि २० देखि २५ प्रतिशतमा घटेको छ । नयाँ आउने घटेको भएपनि जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या बढी भएकाले अझै जोखिम कम नभएको उनले बताए  । सक्रिय सङ्क्रमित १ हजार भन्दा कम नभएसम्म जिल्लामा जोखिम कम नहुने उनले जानकारी दिए  । निको भएर घर फर्कन दैनिक ५० हाराहारी छन् । उनले भने, “सङ्क्रमित घर फर्कन थालेसँगै अस्पतालहरुमा बिरामीको चाप पनि कम हुँदै गएको छ ।” निषेधाज्ञाको सकारात्मक प्रभाव देखिएको उनले बताए  । जनताले स्वास्थ्य मापदण्ड पालना गरेमा कोरोना कहर जित्न सकिने उनको बुझाइ छ । कोरोना कहरका कारण जिल्लामा वैशाख १६ गते देखि निषेधाज्ञा जारी छ ।  सङ्क्रमितमध्ये जिल्लामा धेरै महानगरका छन् । जनघनत्व बढी भएका कारण शहरी क्षेत्रमा कोरोना सङ्क्रमण धेरै देखिएको उनले बताए  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending