Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

राजनीतिक झगडाका विषयमा जनतालाई न्यायाधीश बनाउनुपर्छ : प्रधानमन्त्री ओली

रासस
काठमाडौैँ । मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको सु–अवसरमा आज सरकारले विशेष समारोहबीच चौधौँ गणतन्त्र दिवस मनाएको छ । 
 
राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सैनिक मुख्यालय जङ्गी अड्डामा दिवस मनाइएको हो । सैनिक मञ्च टुँडिखेलमा हुँदै आएको कार्यक्रम कोभिड–१९ सङ्क्रमणका कारण सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मनाइएको थियो ।
 
उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित मन्त्रीगण, संवैधानिक निकायका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकारी तथा नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिको सहभागिता थियो । तत्कालीन संविधानसभाले विसं २०६५ जेठ १५ गते राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजकै दिन दिवस मनाउने गरिन्छ । 
 
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्रका उपलब्धिलाई बलियो बनाउन राजनीतिक झगडा र लडाइँका मुख्य विषयमा जनतालाई न्यायाधीश बनाएर उनीहरुको अभिमतलाई सर्वोपरि मान्दै अग्रसर हुन दलका नेताहरुलाई आह्वान गरे ।
 
प्रधानमन्त्रीले भने, “आफ्ना जिद्दी होइन, जनताको आवधिक मूल्याङ्कन र अभिमत नै सर्वोपरि निर्णायक हुन्, निर्वाचन लोकतन्त्रको आधारभूत पक्ष हो, यसले जनादेशलाई पुनर्ताजगी गर्न र त्यसपछिको सरकारलाई सुदृढ एवं जनअपेक्षितानुसार काम गर्न उत्प्रेरित गर्दछ ।” 
 
सोही अभिप्रायका साथ नै आगामी कात्तिक २६ र मङ्सिर ३ गते निर्वाचन घोषणा गरिएको प्रधानमन्त्री ओलीकोे भनाइ थियो । उनले अहिले चुनाव हुँदैन कि, गराइँदैन कि भन्ने भ्रम छरिएको र चुनाव स्वतन्त्र एवं निष्पक्ष हुँदैन भन्ने निराधार कुप्रचार भइरहेकाले त्यस्तो दुष्प्रचारको भ्रममा नपर्न अनुरोध गरेका । उनले सरकारले चालेका जनमुखी कदममा व्यवधान, घेराबन्दी र विरोधको सामना गरिरहनुपरेकामा चिन्ता प्रकट गरे । 
 
गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनताका लागिभन्दा सत्ताकाङ्क्षी समूहले लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने प्रवृत्तिको छिनोफानोका लागि निर्वाचनमा जानुपर्ने अवस्थाको सिर्जना भएको प्रस्ट्याए । 
 
उनले मुलुकको अमूल्य समयलाई अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न मुलुकसामु जनादेश माग्नु एकमात्र विकल्प हुन पुगेको स्पष्ट पारे । निर्वाचनले सबै दललाई जनपरीक्षण गर्ने अवसर प्राप्त भएको बताए । निर्वाचनलाई तोकिएकै समयमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढङ्गबाट सम्पन्न गर्ने प्रधानमन्त्रीले दृढता व्यक्त गरे  ।
 
गणतन्त्रले प्रणालीका छिद्र खोजेर कसैलाई सत्तामा चढाउने र झार्ने खेलमा समय व्यतित गर्ने नभई गरिबी र पछौटेपनको लडाइँलाई जित्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड थियो । उनले  जनता मजबुद हुँदा लोत्रतन्त्र स्वतः मजबुद हुने उल्लेख गरे ।
 
प्रधानमन्त्री ओलीले जनताको सार्वभौमसत्तालाई विभिन्न स्वार्थ समूहले आफ्नो नियन्त्रणमा राख्न खोज्ने प्रवृत्ति निस्तेज गरी गणतन्त्रलाई दिगो बनाउनुपर्नेमा जोड दिए । केही व्यक्ति विशेषको स्वार्थसिद्धिका लागि जनतालाई उपभोक्ता बनाई शासन अवधिको बाँडफाँड तथा उपभोगका रुपमा अथ्र्याउने विसङ्गत प्रयास गणतान्त्रिक मुलुकका लागि हानिकार हुने उनको जिकिर थियो । “यो जनताको सार्वभौम अधिकार हो, जसलाई निर्वाचनमार्फत जनताले अभ्यास गर्दछन्”, प्रधानमन्त्रीको भनाइ थियो । 
 
प्रधानमन्त्री ओलीले खासगरी राष्ट्रिय समस्या, महामारी जस्ता सङ्कट, राष्ट्रिय सीमाभन्दा बाहिरका विश्वव्यापी समस्याको संयुक्त प्रयासबाट सामना गर्नुपर्नेमा जोड दिए । 
 
जनताको जीवन रक्षामा सरकारको ध्यान 
 
प्रधानमन्त्री ओलीले उल्लासको चाड भए पनि कोभिड–१९ का कारण खुशीका साथ गणतन्त्र दिवस मनाउन नपाएकामा दुःख व्यक्त गरे । कोरोना महामारीविरुद्धको कठिन सङ्घर्षमा मुलुक होमिएको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले अहिलेको पुस्ताले भोग्नु परेको सर्वाधिक ठूलो चुनौतीबाट जनताको जीवन रक्षा गर्न कुनै पनि सम्भव प्रयास बाँकी नराखिने स्पष्ट पारे । 
 
प्रधानमन्त्री ओलीले अकस्मात आएको महामारीको सामना गर्न संसारका कुनै पनि राष्ट्र पूर्वतयारीमा नभएको सन्दर्भमा शून्य अवस्थाको स्वास्थ्य संरचना र पूर्वाधारबाट सङ्कटसँग जुध्नुपरेको स्मरण गराए । कतिपय सम्पन्न मुलुकले निःशुल्क स्वास्थ्य सेवा दिन नसकिरहेको अवस्थामा सरकारले अधिकांश सङ्क्रमित र बिरामीको निःशुल्क उपचार र खोप अभियानलाई निरन्तरता दिइरहेको उल्लेख गरे । 
 
“आगामी निर्वाचन अगाडि नै सबै जनतालाई खोप उपलब्ध गराउने प्रयासमा जुटेका छौँ”, प्रधानमन्त्री ओलीले थपे, “क्षमतालाई भरपुर प्रयोग गर्दै अघि बढेकाले कोभिडविरुद्धको लडाइँमा सक्षम हुने छौँ भन्ने विश्वास दिलाउँछु ।”
 
आज जनता सार्वभौम बनेको इतिहासको अविस्मरणीय दिन
 
प्रधानमन्त्री ओलीले आजको दिनलाई जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमा आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य भई उज्यालो प्राप्त भएको दिनका रुपमा स्मरण गरे । उनले जनता सार्वभौम बनेको आजको दिन नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन भएको उल्लेख गरे । उनले सारपूर्ण र वास्तविक गणतन्त्रसहितको लोकतन्त्र नै पूर्ण लोकतन्त्र हुने बताए । 
 
उनले जनताको अधिकार, सर्वोत्तम हित र आकाङ्क्षाको प्रतिविम्ब संविधानको व्यावहारिक कार्यान्वयनमार्फत जनतामा प्रतिफल पु¥याउनमा सरकार दत्तचित्त रहेको बताए । प्रधानमन्त्री ओलीले अहिले विकासका लागि सामाजिक र भौतिक पूर्वाधार निर्माण गरी समृद्ध नेपाल, सुखी नेपालीको आधार निर्माणमा मुलुक अग्रसर भएको स्पष्ट पारे । 
 
उहाँले जनताको जीवनमा परिवर्तन ल्याउन नै विकासका चौतर्फी अभियान अघि बढाइएको बताउनुभयो । गणतन्त्रमा स्वस्थ बहस, मर्यादित छलफल र असहमतिबीच निर्बाध अभिव्यक्तिको प्रत्याभूति हुने र यसका लागि आचरण, व्यवहार तथा विचारका हिसाबले उन्नत, परिष्कृत, पारदर्शी, सहभागितामूलक र स्वार्थरहित व्यवहार अपरिहार्य रहने बताउनुभयो । 
 
प्रधानमन्त्री ओलीले गणतन्त्रपछिको अवधिमा चेतनाको संस्थागत विकाससँगै ‘विकास र समृद्धि’का सपनाले साकार रुप लिन थालेको बताउनुभयो । उहाँले मुलुकमा अस्थिरतालाई चिर्दै आर्थिक र सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको जिकिर लिनुभयो । आर्थिक वृद्धिदरमा प्रगति हुनु, निरपेक्ष गरिबीमा कमी हुनु, शान्ति, सुशासन र सेवा प्रवाहमा सुधार, भूकम्पपछिको पुनर्निर्माणले सार्थकता पाउनु र विश्वव्यापी परिसूचकमा उल्लेख्य सुधार हुनुले मुलुक सही दिशातर्फ अघि बढिरहेको छ भन्नेमा प्रस्ट रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy