Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

सरकारी कर्मचारीको तलब बढ्यो, कसको कति पुग्यो ?

खबरडबली संवाददाता

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गरेका छन् ।

सरकारी कर्मचारीको तलब २ हजार वृद्धि गरेको छ । हाल दिइरहेको महँगी भत्तालाई कायम गर्दै सबै कर्मचारीको तलब मासिक २ हजारले बढेको हाे ।

यस्तै १० लाख सम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने पौडेलले जानकारी दिए । आगामी साउन १ गतेदेखि लागू हुने गरी मासिक दुई हजार तलब बढाइनुका साथै महँगी भत्ता यथावत छ ।  

त्यस्तै सरकारले पूर्वपश्चिम रेलमार्गसहितका रेलमार्ग आयोजनाका लागि १० अर्ब ३ करोड बजेट छुट्याएको छ । अर्थमन्त्री पौडेलले रेलमार्गका आयोजनाहरुका लागि १० अर्ब भन्दा बढी बजेट विनियोजन गरेको बताए ।

त्यस्तै सरकारले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार दिने भएको छ । बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । त्यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने बताएका छन् ।  

त्यस्तै सरकारले शिक्षा तथा प्रविधि क्षेत्रमा झण्डै २ खर्बको बजेट विनियोजन गरेको छ । बजेटमा शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको बताएका छन् । यो चालु आर्थिक वर्षको बजेटभन्दा ९ अर्बले बढी हो । चालु आर्थिक वर्षमा सरकारले शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ७१ अर्ब बजेट विनियोजन गरेको थियो ।

त्यस्तै सरकारले वातावरण प्रदुषण नियन्त्रण गर्न आगामी आर्थिक वर्षदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकमा प्रतिबन्ध लगाउने भएको छ । 

त्यस्तै आगामी आवमा चुरे तथा तराई मधेस क्षेत्रमा एक करोड ५० लाख विभिन्न प्रजातिका विरुवा रोपिने अर्थमन्त्री पौडेलले जानकारी दिए । त्यस्तै चुरे कार्यक्रमअन्तर्गत १६४ नदी प्रणालीमा भूक्षय नियन्त्रणका कार्यक्रम गरिनेछ ।

त्यस्तै सरकारले निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट दिने भएको छ । निषेधाज्ञा अवधिभर दुई संस्थाबाट उपभोक्ताले खरिद गर्ने चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइने बताए ।

त्यस्तै सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ । २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिने बताए । त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने बताए ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने र सडक दस्तुरमा पनि छुट हुने बजेटमा उल्लेख छ ।

त्यस्तै सरकारले गरिबी निवारण कोष खारेज गर्ने भएको छ । गरिब परिचय पत्र बनाई गरिबका लागि आवश्यक नयाँ कार्यक्रमहरू ल्याइने उनले बताए । यसका लागि आवश्यक बजेट छुट्याएको छ ।

त्यस्तै सरकारले आर्थिक वर्ष २०७८ र ७९ को बजेटमा स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले कोभिडविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड छुटयाएको छ ।

त्यस्तै सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।

त्यस्तै सरकारले वृद्धभत्ता चार हजार पुर्याएको छ । द्धभत्ताका लागि एक खर्ब बजेट विनियोजन गरिएकाे छ । साथै दुई हजार रुपैयाँ बढाएर वृद्ध भत्ता चार हजार रुपैयाँ पुर्याइएको हो । सरकारले वृद्धभत्तामा ३३ प्रतिशत बजेट वृद्धि गरेको हो ।

त्यस्तै सरकारले अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले सामुदायिक तथा निजी अस्पतालले जडान गर्ने अक्सिजन प्लानटको लागतमा सरकारले ५० प्रतिशत पुँजीगत अनुदान दिने बताए

त्यस्तै अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई पनि सरकारले सहुलियत घोषणा गरेको छ । कोभिड अवधिभरका लागि अक्सिजन उत्पादन गर्दा लाग्ने बिजुलीमा त्यस्ता उद्योगहरुलाई ५० प्रतिशत छुट दिने बताए ।

त्यस्तै सरकारले निषेधाज्ञाको अवधिमा विद्युत महसुल छुटको घोषणा गरेको छ । अर्थमन्त्री पौडेलले मासिक २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुटको घोषणा गरेका छन् ।

त्यस्तै शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।  ब्याजदर अधिकतम ५ प्रतिशत हुनेछ । यस्तो ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि उपलब्ध हुने अर्थमन्त्री पौडेलले बताए ।

त्यस्तै कोभिड–१९ विरुद्धको खोप र उपचार दुवै निःशुल्क गरेको छ । अर्थमन्त्री पौडेलले टेष्ट किट आयात तथा उपचारका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको बताए । 

त्यस्तै उनले अक्सिजन लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीमा कर तथा भन्सार छुट गरेको बताएका छन् ।

त्यस्तै खोप आयातका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको बताए । उनले स्वास्थ्यकर्मीको जोखिम भत्ता पनि कोभिड –१९ महामारी रहेसम्म निरन्तरता दिने बताएका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बआवासको हक संरक्षण गर्न सरकारलाई हर्क साम्पाङको आग्रह

काठमाडाैँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित गरेको आवासको हकलाई सम्मान गर्न सरकारसँग आग्रह गरेका छन् । शनिबार ह...

तमिलनाडुमा थालापति विजयलाई बहुमत जुट्यो

काठमाडाैं  ।  तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ । विधान सभामा विदुथलाई चिरूथाइगल (भीसीके)ले तामिलगा भेट्री कझागम (टीव...

मञ्जुश्री ‘कोअपरेटिभ’का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौँ । सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरेलाई पक्राउ गरिएको छ । सहकारीले बचतकर्ता...

धीर बूढाले जिते जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि

जुम्ला ।.जुम्ला–रारा अल्ट्रा म्याराथनको सातौँ संस्करणको उपाधि धावक धीर बूढाले जितेका छन्। शनिबार सम्पन्न ५४ किलोमिटर दूरीको प्रतियोगितामा जुम्लाको कनक...

दार्चुलामा निर्माणाधीन तिंकर सडक हुँदै दुम्लिङसम्म पुग्यो गाडी

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन (जिप) पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको तुसारपानी-तिङ्कर सडकअ...

आज राति तराई भूभागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार राति सुदूरपश्चिम लगायत देशका तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावन...

चितवनमा एम्बुलेन्स सेवामा कडाइ, अब जीपीएस जडान अनिवार्य

चितवन । चितवनमा सञ्चालित सबै एम्बुलेन्समा अब अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने भएको छ। एम्बुलेन्स सेवामा देखिएका अव्यवस्था, मनपरी भाडा र अनावश्यक ...

सामुदायिक वनको काठ विवादमा दाङमा एक जनाको हत्या

दाङ । दाङको राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वनबाट काठ लिने विषयमा भएको विवाद हिंसात्मक बन्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानी...

लागुऔषधसहित १७ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्...

दरबन्दीमा विभेद’ गरेको आरोप लगाउँदै जनकपुरमा स्वास्थ्यमन्त्रीविरुद्ध प्रदर्शन

जनकपुरधाम । स्वास्थ्य क्षेत्रमा हालै खुलाइएको दरबन्दीप्रति असन्तुष्टि जनाउँदै जनकपुरधाममा स्वास्थ्यकर्मीहरूले प्रदर्शन गरेका छन्। उनीहरूले स्वास्थ्यमन...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending