Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

विज्ञ भन्छन– चामलमा आत्मनिर्भर हुन पाँच वर्ष पनि लाग्दैन

रासस

काठमाडौँ । धानबाली विज्ञ भन्छन–आगामी पाँच वर्षभित्र  चामलमा आत्मनिर्भर हुन बाँझो जमीनको भरपुर उपयोग गर्नुपर्छ । केन्द्रीय तथ्याङ्क विभागले २०६८ मा गरेको कृषि गणनामा १० लाख हेक्टर जमीन बाँझो रहेको उल्लेख छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कूल खेतीयोग्य जमीन झन्डै ३१ लाख हेक्टर  छ । 

सरकारको आर्थिक वर्ष २०७८÷७९ को बजेट पुस्तिकाको बुंदा नं। १०८ मा नेपाललाई आगामी पाँच वर्षभित्रमा चामलमा आत्मनिर्भर हुने घोषणा गरिएको छ । त्यसो त यसअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत पनि आगामी तीन वर्षमा नेपाललाई चामलमा आत्मनिर्भर बनाइने घोषणा गरिएको भएपनि परिणाम भने प्राप्त हुन सकेन ।   

कृषि गणना नभएको पनि झन्डै १० वर्ष नाघिसकेको छ । यस अवधिसम्म कति खेतीयोग्य जमीन घडेरीकरण, खण्डीकरण वा नदीले कटान ग¥यो त्यसको कुनै तथ्याङ्क छैन । तीन आर्थिक वर्षदेखि हरेक सरकारले बजेटमार्फत जमीन बाँझो राख्न नदिन कडा कानून ल्याउने बताउँदै आएका छन् । गत दुई आर्थिक वर्षदेखि सरकारले बजेटमार्फत कानूनी कारबाहीको सट्टा भूमी बैंकलाई जग्गा उपलब्ध गराउनुपर्ने विषय उल्लेख  छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ १५ गते आगामी आर्थिक वर्ष २०७८÷७९ को अध्यादेशमार्फत पेश गर्नुभएको बजेटमा सात प्रदेशमा नै भूमि बैंक स्थापना गरिने उल्लेख छ । हरेक सरकारले पटकपटक नयाँनयाँ विषय उठान गरेपनि कार्यान्वयन हुन नसक्दा प्रत्येक साल नेपालले भारतलगायतका देशबाट प्रतिमहिना रु दुई अर्ब ५० करोडको चामल आयात गर्दै आएको विभिन्न तथ्याङ्कमा उल्लेख गरिएका छन् । 

बजेटको बुदा नं १०८ मा आगामी दुई वर्षमा दूध र तरकारी, तीन वर्षमा गहुँ, मकै, कोदो र फापर, पाँच वर्षभित्रमा चामलमा आत्मनिर्भर बनाइने उल्लेख गरिएको छ । भन्सार विभागका अनुसार यस आर्थिक वर्षको पहिलो छ महिनामा भारतबाट ३० करोड र अमेरिकाबाट सात लाख ३३ हजार केजी चामल नेपाल भित्रिएको छ । त्यस्तै ३३ करोड केजी मकै भारतबाट भित्रिदा २४÷२४ लाख केजी दक्षिण अमेरिकी देश ब्राजिल, अर्जेन्टिना र तीन लाख ५० हजार केजी दक्षिण अफ्रिकाबाट आयात भएको छ । 
 
कृषि गणना २०६८ ले नेपालको प्रमुख खाद्यान्न बाली धान छ, मकै १२, गहुँ छ, कोदो १९ र फापरमा ४० प्रतिशतले उत्पादनमा गिरावट आएको तथ्याङ्क सार्वजनिक गरेको छ । त्यसैगरी, जौँ, ३५, तोरी १३, र कोशे बालीमा २१ प्रतिशतले उत्पादन घटेको उल्लेख छ । 

कृषियोग्य जमीनको चक्लाबन्दी, कबुलियती, सामूहिक र करार खेतीमार्फत उत्पादनको वृद्धि गरिने विषय उठान भएको चार आर्थिक वर्ष नाघिसकेको छ । प्रत्येक बजेट पुस्तिकामार्फत उक्त कुरा लेखिएको भएपनि कार्यान्वयन फितलो देखिएकाले आगामी पाँच वर्षभित्र चामलमा आत्मनिर्भर हुने सरकारको योजना सफल होला नै भन्न मुस्किल रहेको वरिष्ठ धानबाली विशेषज्ञ भोलामानसिंह बस्नेतको भनाइ छ । 
  
नेपालीको प्रमुख खाद्यान्न बाली धान हो । नेपालमा झन्डै १५ लाख हेक्टर जमीनमा धान खेती हुन्छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार हाल नेपालको जनसङ्ख्या तीन करोड नाघिसकेको छ । सो सङ्ख्यालाई चामल पु¥याउन झन्डै ६० लाख मेट्रिक टन धानको आवश्यकता पर्छ । नेपालको उत्पादन भने जम्मा ५५/५६ लाख मेट्रिक टनमा सिमित छ । 

हिमाल पारिका दुई जिल्ला मनाङ र मुस्ताङबाहेक नेपालका सबै जिल्लामा धान रोपाइँ हुने गर्दछ । नेपालको सबैभन्दा अग्लो स्थान जुम्लामा लगाइने ‘जुम्ली मार्सी’ धान विश्वमा प्रसिद्ध छ । आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा चामलको महत्व छ । नेपालमा १३० जातका धानका बीउ सिफारिस भएका छन् । धानको उत्पादन घट्दा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा असर पर्छ भने उत्पादन बढ्दा जिडिपी माथि उक्लन्छ । 

नेपालमा झन्डै १५ लाख हेक्टर जमीनमा धान खेती हुन्छ । नेपालको कूल  गार्हस्थ्य उत्पादनमा धानको  योगदान १२ प्रतिशत  छ । नेपालमा चैते र वर्षे धानको खेती गरिन्छ । नेपालीको मुख्य खाना भात भएकाले चामलको खपत अधिक हुने गरेको छ । मागलाई धान्न उत्पादन बढाउनुपर्ने भएपछि सरकारले धानको उत्पादन बढाउन विभिन्न परियोजनाहरु अघिसारेका थिए । परियोजना सञ्चालनबाट समेत चामलको आयात नरोकिएको उदाहरण छन् । 

यसअघि विश्व बैंकको सहयोगमा सन् २००९ बाट कृषिलाई व्यवसायीकरण गर्न भन्दै व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) को कार्यक्रम झन्डै एक दशक सञ्चालनमा आयो । प्याक्ट परियोजना सकिनुअघि आर्थिक वर्ष २०७३/७४ देखि नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आगामी तीन वर्षमा धानमा आत्मनिर्भर हुने योजना अघि सारेको थियो । यो परियोजना लागू भएको पनि चार वर्ष पुग्न लागेको छ तर चामलको परनिर्भरता भने चुलिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि रु सात अर्ब ९८ करोड बजेट विनियोजन गरिएको छ । 

राष्ट्रिय कृषि अनुसन्धान परिषद ९नार्क० का पूर्व वरिष्ठ वैज्ञानिक डा भवप्रसाद त्रिपाठीले सिँचाइका ठूला आयोजनाको तदारुकताका साथ निर्माण, चार लाख हेक्टरमा वर्षे धान खेती, तराइका धानखेती हुने जग्गामा माछापोखरी खन्न रोक, वर्षे धान खेत गर्ने किसानलाई धान सुकाउने मेशिनको उपलब्धता हुने हो भने चामलमा आत्मनिर्भर हुन पाँच वर्ष पनि नलाग्ने बताए  ।   

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy