काठमाडौँ । विवेकशील साझा पार्टीका नेता उज्वल थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको छ । थापाको परिवारसँगको सल्लाहमा उनलाई भेन्टिलेटरबाट निकालिएको हो । अब थप के गर्ने भन्ने केही समयपछि जानकारी हुने बताइएको छ ।
कोरोना संक्रमणपछि उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो । उनको पछिल्लो अवस्थाबारे अस्पतालले केही जानकारी दिएको छैन् । थापाको परिवारसँग नजिक रहेका विवेकशील साझाका एक नेताले दिएको जानकारी अनुसार स्वास्थ्य अवस्था जटिल भएकाले भेन्टिलेटरबाट निकालिएको हो । स्वास्थ्य अवस्था जटिल भएका कारण केही समय अघिदेखि आर्थिक सहयोग संकलन पनि स्थगित गरिएको थियो ।
थापाको कोभिड रिपोर्ट नेगेटिभ आइसकेको छ । कोरोना संक्रमणपछि सुरुमा ह्याम्स र ग्राण्डी अस्पताल हुँदै पछिल्लो समय मेडिसिटीमा उनको उपचार भइरहेको थियो ।
प्रतिकृया लेख्नुहोस्: