Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

बेलारुसद्वारा नागरिकहरूलाई देश छोड्न रोक

खबरडबली संवाददाता

बेलारुस । सीमा सुरक्षा निकायले कोभिड–१९ फैलिने क्रमलाई नियनत्रणका लागि भन्दै नागरिकहरू देश बाहिर जान सक्ने क्षमतालाई सीमित बनाउने कडा नियमहरू घोषणा गरेको छ ।

सीमा सुरक्षा बलका अनुसार परिवर्तन केही समयको लागि कार्यान्वयनमा ल्याइएको थियो र कोरोनाभाइरस को फैलावट रोक्न यो नियम ल्याइएको हो । 

सरकारले अनिवार्य रूपमा सबै भूमि सीमा पार गर्न रोक्न निर्देशन गरेको छ । गत अगस्टमा अलेक्ज्याण्डर लुकाशेन्को राष्ट्रपति पदमा विजेता घोषित भएदेखि निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी दलहरूले आह्वान गरेको विरोध प्रदर्शनमा नागरिकको व्यापक सहभागिता भएको थियो । 

सरकारले विरोधमा उत्रिएका नागरिकमाथि झुट्टा मुद्दा दर्ता गर्दै विभिन्न आरोपमा सुरक्षा नियन्त्रणमा लिने र दुःख दिने गर्न थालेपछि ठूलो सङ्ख्यामा नागरिकहरू देशबाट पलायन भई शरणार्थीका रूपमा पूर्व सोभियत संघबाट छुट्टिएका अन्य मुलुकतिर जाने क्रम बढेपछि सरकारले विदेश जाने नागरिकलाई नाकामा कडाइ थालेको हो ।

चिकित्सा र प्राविधिक विज्ञहरूको ठूलो संख्यामा पलायन हुने ‘डर’ पछि मिन्स्कमा सरकारले गत डिसेम्बरमा लामो अवधिको लागि पेश गर्न सक्ने बेलारुसका नागरिकहरूको प्रस्थान सीमित गर्न विदेशमा आवासीय अनुमति प्रक्रियालाई थप जटिल बनाएको छ । सरकारले लामो समयको भिषा प्राप्त गरेका नागरिकलाई विदेश जाने प्रक्रियालाई जटिल बनाइदिएको छ । 

विपक्षीले अलेक्ज्याण्डर लुकाशेन्को नेतृत्वको सरकारको आलोचना गर्दै पछिल्लो प्रावधानले ‘कानूनको उल्लङ्घन’ गरेको बताएका छन् । 

बेलारुसका विपक्षी दलका नेता स्भियातलाना सिखानोस्कायाका प्रतिनिधि भ्यालेरी काभलेउस्कीले यस कदमलाई “कानूनको पूर्ण उल्लंघन“ भन्दै ट्विटरमा आफ्नो आक्रोश व्यक्त गरेका छन् ।  

गत हप्ता सरकारले ग्रीसबाट लिथुआनियाको राइनायरको उडानलाई अन्यत्र मोडिदिएपछि उक्त देशका लागि र देशबाट हुने हवाई उडानलाई अस्थायी रूपमा स्थगित गरिएको थियो । 

बेलारुसका अधिकारीहरूले ब्ल्गर र लुकाशेन्को आलोचक रमन प्रतासेभिकलाई पक्राउ गर्न सकून् भनेर व्यवसायिक जेटलाई गलत बहानामा फिर्ता हुन बाध्य पारिएको विपक्षीहरूलाई उद्धृत गरी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

यस कदमले ईयूले बेलारुसका लागि हुने र बेलारूसबाट हुने धेरै भन्दा धेरै उडानहरू रोकिँदा ईयू साथै विश्व समुदायले व्यापक आक्रोश व्यक्त गरेको थियो । युरोपभरी पत्रकारको ‘अवैधानिक’ नजरबन्दीको बिरूद्ध साङ्केतिक प्रदर्शन भइरहेका छन् । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको समानुपातिक सूची सार्वजनिक : ५७ सांसदको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...

प्रतिनिधिसभामा शून्य, एजेन्डा बालेनको काँधमा : मधेशवादी दलको नयाँ रणनीति

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...

मनकामना दुर्घटना : मृत्यु भएका सात भारतीयको शव दूतावासलाई हस्तान्तरण

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...

मोटरसाइकल दुर्घटनामा भारतीय नागरिकको मृत्यु

विराटनगर  । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...

प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा प्रवेश

बागलुङ  । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...

बालुवाटार पुगेर प्रधानमन्त्री भेटे कांग्रेसका नेताहरूले

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज  भीमदत्त नगरपालिका–४...

मजदुरको बचत अलपत्र : सहकारी बन्द, नेतृत्व मौन

काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...

ग्यासको कृत्रिम अभावले चुल्हो बाल्नै सकस, उपभोक्ता दिवसमै बजार बेथिति उजागर

ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?

कांग्रेसबाट समानुपातिकतर्फ को–को सिफारिस भए?

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: