बेलारुस । सीमा सुरक्षा निकायले कोभिड–१९ फैलिने क्रमलाई नियनत्रणका लागि भन्दै नागरिकहरू देश बाहिर जान सक्ने क्षमतालाई सीमित बनाउने कडा नियमहरू घोषणा गरेको छ ।
सीमा सुरक्षा बलका अनुसार परिवर्तन केही समयको लागि कार्यान्वयनमा ल्याइएको थियो र कोरोनाभाइरस को फैलावट रोक्न यो नियम ल्याइएको हो ।
सरकारले अनिवार्य रूपमा सबै भूमि सीमा पार गर्न रोक्न निर्देशन गरेको छ । गत अगस्टमा अलेक्ज्याण्डर लुकाशेन्को राष्ट्रपति पदमा विजेता घोषित भएदेखि निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै विपक्षी दलहरूले आह्वान गरेको विरोध प्रदर्शनमा नागरिकको व्यापक सहभागिता भएको थियो ।
सरकारले विरोधमा उत्रिएका नागरिकमाथि झुट्टा मुद्दा दर्ता गर्दै विभिन्न आरोपमा सुरक्षा नियन्त्रणमा लिने र दुःख दिने गर्न थालेपछि ठूलो सङ्ख्यामा नागरिकहरू देशबाट पलायन भई शरणार्थीका रूपमा पूर्व सोभियत संघबाट छुट्टिएका अन्य मुलुकतिर जाने क्रम बढेपछि सरकारले विदेश जाने नागरिकलाई नाकामा कडाइ थालेको हो ।
चिकित्सा र प्राविधिक विज्ञहरूको ठूलो संख्यामा पलायन हुने ‘डर’ पछि मिन्स्कमा सरकारले गत डिसेम्बरमा लामो अवधिको लागि पेश गर्न सक्ने बेलारुसका नागरिकहरूको प्रस्थान सीमित गर्न विदेशमा आवासीय अनुमति प्रक्रियालाई थप जटिल बनाएको छ । सरकारले लामो समयको भिषा प्राप्त गरेका नागरिकलाई विदेश जाने प्रक्रियालाई जटिल बनाइदिएको छ ।
विपक्षीले अलेक्ज्याण्डर लुकाशेन्को नेतृत्वको सरकारको आलोचना गर्दै पछिल्लो प्रावधानले ‘कानूनको उल्लङ्घन’ गरेको बताएका छन् ।
बेलारुसका विपक्षी दलका नेता स्भियातलाना सिखानोस्कायाका प्रतिनिधि भ्यालेरी काभलेउस्कीले यस कदमलाई “कानूनको पूर्ण उल्लंघन“ भन्दै ट्विटरमा आफ्नो आक्रोश व्यक्त गरेका छन् ।
गत हप्ता सरकारले ग्रीसबाट लिथुआनियाको राइनायरको उडानलाई अन्यत्र मोडिदिएपछि उक्त देशका लागि र देशबाट हुने हवाई उडानलाई अस्थायी रूपमा स्थगित गरिएको थियो ।
बेलारुसका अधिकारीहरूले ब्ल्गर र लुकाशेन्को आलोचक रमन प्रतासेभिकलाई पक्राउ गर्न सकून् भनेर व्यवसायिक जेटलाई गलत बहानामा फिर्ता हुन बाध्य पारिएको विपक्षीहरूलाई उद्धृत गरी विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यस कदमले ईयूले बेलारुसका लागि हुने र बेलारूसबाट हुने धेरै भन्दा धेरै उडानहरू रोकिँदा ईयू साथै विश्व समुदायले व्यापक आक्रोश व्यक्त गरेको थियो । युरोपभरी पत्रकारको ‘अवैधानिक’ नजरबन्दीको बिरूद्ध साङ्केतिक प्रदर्शन भइरहेका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १९ गते, २०८२ - २१:५१
झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगनकुमार थापालाई मुलुकको नेतृत्वका लागि तयार रहेको स्पष्ट पारेका छन्। झापा–१ मा...
माघ १९ गते, २०८२ - १९:४१
काठमाडौँ । निर्वाचनको मिति नजिकिँदै गर्दा योङ कम्युनिस्ट लीग नेपाल (वाईसीएल) ले आफ्नो अर्धसैन्य संरचना पुनः सक्रिय बनाएको घोषणा गरेसँगै राजनीतिक वृत्त...
माघ १९ गते, २०८२ - १९:३८
काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा छिटो सुनुवाइ गर्नुपर्ने भन्दै केही एमाले र कांग्रेस (देउवा पक्ष) नेताहरूले सार्वजनिक रूपमा ...
माघ १९ गते, २०८२ - १९:१८
रुकुम पश्चिम । पाठेघरको मुखको क्यान्सरविरुद्ध संरक्षण गर्न रुकुम पश्चिममा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान सञ्चालन हुने भएको छ। माघ २७ गतेद...
माघ १९ गते, २०८२ - १८:५६
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर अमेरिकी डाइभर्सिटी भिसा (डिभी) प्रक्रिया अघि बढाउने गिरोहका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत...
माघ १९ गते, २०८२ - १८:५५
कााठमाडाैं । काठमाडौं उपत्यकामा पछिल्लो १० दिनदेखि एलपी ग्यास अभाव चर्किएको छ। उपभोक्ता रित्तो सिलिन्डर बोकेर पसल–डिलर धाइरहेका छन् भने कतिपय ठाउँमा क...
माघ १९ गते, २०८२ - १८:४७
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू सत्ताको भागबन्डा र पुराना नेताहरूको भीडमा नरहेको दाबी गरेका...
माघ १९ गते, २०८२ - १८:४४
काठमाडौँ । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनपछि गठन हुने संसदको बैठक सिंहदरबार परिसरस्थित पुतली बगैँचामा निर्माणाधीन नयाँ संसद भवनबाट सञ...
माघ १९ गते, २०८२ - १८:४२
रुपन्देही । लामो समयदेखि पाल्पाबाट उम्मेदवार बन्दै आएका नेता सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास आयोजना पूरा गर्ने मुख्य एजेन्डासहित पाल्पा क्षेत्...
माघ १९ गते, २०८२ - १८:३६
सुर्खेत । लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा सञ्चालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरिएको आरोपमा १२ जना पक्राउ परेक...



प्रतिकृया लेख्नुहोस्: