Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

नेपाल डेरी एसोसिएशनका अनुसार दैनिक १० करोड बराबरको दूध नोक्सान हुँदै

रासस

वाग्मती । वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ  । नेपाल डेरी एसोसिएशनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक रुपमा रु १० करोड बराबर दूध खेर गई नोक्सानी हँुदै आएको हो   । 

एसोसिएशनका केन्द्रीय महासचिव प्रल्हाद दाहालका अनुसार कोरोना महामारी अगावैको सहज अवस्थामा दैनिक ३१ लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेकामा अहिले कोरोना महामारीको अवस्थामा दैनिक मात्र १३ लाख लिटर बराबरको दूध र दुग्धजन्य सामग्रीको खपत हुने गरेको तथ्याङ्क छ  । 

नेपालमा दुग्ध क्षेत्रको कूल ग्रार्हस्थ्य उत्पादनमा नौ प्रतिशत योगदान गरेको छ । नेपालमा घरेलु, साना, मझौला र ठूला डेरी उद्योग गरी चार प्रकारका डेरी उद्योग छन् । देशभर सबै प्रकारका डेरीको तथ्याङ्क हेर्दा करीब सात हजार छन् ।

कोरोना महामारीका कारण सानादेखि ठूलासम्मका होटेल व्यवसाय, पार्टी प्यालेसलगायतका दूध र दुग्धजन्य सामग्रीको खपत हुने क्षेत्रमा परेको प्रभावका कारण खपत घटेपछि दैनिक रुपमा रु १० करोड बराबरको दूध खेर गई नोक्सानी हुँदै आएको एसोसिएशनका महासचिव दाहालले बताए ।  

दूध र दुग्धजन्य सामग्रीको खपत कम हुनाका कारण होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेस, अनि शहरका मानिस गाउँ प्रस्थान, स्कुल कलेज सरकारी कार्यालय बन्द, मानिससँग पैसाको पनि कमी, आइसक्रिमको व्यापारमा कमी, लकडाउनका कारण बिहान मात्र केही पसल खुल्नु अनि जहाँ दूध राखेर बेचिन्थ्यो किराना खाद्यान्न पसल डिपार्टमेन्ट आदि बन्द हुनु हो । यसबाट किसान र उद्योग दुवैलाई समस्या भएको छ । अघिल्लो वर्ष पनि यही याममा नै बन्दाबन्दी भयो र यस पटक पनि त्यही भएर अत्यन्तै अफ्ठ्यारो भएको बताइएको छ । पहिले सहज अवस्थामा दैनिक रुपमा ३१ लाख लिटर दूध खपत थियो भने अहिले कोरोनाका कारण दैनिक १३ लाख मात्र खपत भएको छ । 

गत वर्षको बन्दाबन्दी चाहिँ चाँडै खुला र सजिलो होला भनेर बजारमा बिक्री नहुँदा पनि किसानको दूध खरीद गरेर धुलो दूध बनाइएको थियो । यसपटक त्यो पनि अवस्था रहेन र गत वर्षकै करीब तीन अर्बको धुलो दूध तथा बटर बाँकी नै रहेको तथ्याङ्क डेरी एसोसिएशनको छ । 

सबै क्षेत्रका लागि २०७७÷७८ साल एक दमै अफ्ठ्यारो रह्यो । प्रायः सबै क्षेत्र नै आ–आफ्नो कठिन अवस्था बिताइरहेका छन् । त्यसैले सरकारले कृषि क्षेत्रमा विशेष महत्व दिनुपर्ने एसोसिएशनका महासचिव दाहालले बताए । यो समयलाई सरकारले विशेष महत्व दिई कृषि क्षेत्रमा आवश्यक नीतिनियम, आवश्यक अन्य कुराको ख्याल गर्दै जाने हो भने अर्को सालदेखि आयातमा कमी भई हाम्रो व्यापार घाटा पनि कम हुन जान्छ भने स्वदेशमै रोजगारको पनि सिर्जना हुन सक्छ दाहालको भनाइ छ ।  

कोरोनाको कारण विदेशमा रोजगारी छाडेर स्वदेश फर्केका एवं शहरबाट गाउँ फर्केका धेरै मानिस छन् । तिनीहरूको सीप र पूँजीलाई योजनाबद्ध रूपमा कृषिसँग जोड्ने सक्ने कार्यक्रम ल्याउन सकिए नयाँ प्रविधि पनि स्थापित हुन सक्ने उहाँ बताउनुहुन्छ । कूल ग्रार्हस्थ्य उत्पादनमा दुग्ध क्षेत्रको नौ प्रतिशत योगदान रहेको छ । यो क्षेत्रमा पाँच लाख कृषक परिवारले प्रत्यक्ष रोजगारी पाएका छन् भने ३० हजार जनाले उद्योग तहमा रोजगारी पाएका छन् । अप्रत्यक्ष रुपमा अरू लाखौँ जनाले रोजगार पाएका छन् । 

समग्र कृषि क्षेत्रमा रु ३० अर्ब निजी क्षेत्रको मात्र लगानी छ । दैनिक करीब रु छ करोड शहरबाट गाउँसम्म नगद प्रवाह भइरहेको छ । सरकारले लगानी गर्न नसक्नेलाई अनुदान होइन विना ब्याजको ऋण उपलब्ध गराउने, उन्नत जातका गाईभैँसीको स्रोत केन्द्रको स्थापना गर्ने, गुणस्तर दूध उत्पादनका लागि ठाउँठाउँमा समूह बनाई चिस्यान केन्द्रको स्थापना गर्ने, गोठदेखि ओँठसम्म गुणस्तर कायम राख्नका लागि विशेष कार्यक्रम ल्याउने, उत्पादन लागत घटाउने खालका कार्यक्रम ल्याउने, गाउँमा भएका बाँझा बारीमा घाँस लगाउने कार्यक्रम ल्याउने, उत्पादित वस्तुको बजार सुनिश्चित गर्ने, वीमाका कार्यक्रम प्रभावकारी बनाउने, समग्र कृषि पेशालाई सम्मानित पेशाका रुपमा स्थापित गराउने खालका कार्यक्रम ल्याउन सकेमात्र समग्र कृषि पेशा माथि गई विदेशी कम्पनीसँग प्रतिस्पर्धा गर्न सक्छन् डेरी एसोसिएशनको निष्कर्ष छ । 

डेरी एसोसिएशनका अनुसार नेपालमा वार्षिक राजश्व रु तीन अर्बभन्दा बढी डेरी सेक्टरले राजश्व बुझाउने गर्दछ । देशभर जम्मा दूध उत्पादन ६२ लाख लिटर छ । यद्यपि ५० प्रतिशत अझै पनि व्यवस्थित रुपमा बजारीकरण हुन सकेको छैन ।   औपचारिक क्षेत्रमा १७ प्रतिशत बजार रहेको छ भने अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत छ । पचास प्रतिशत कृषक स्वयंले उपभोग गर्ने गरेको पाइन्छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy