Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

नेपालमा अहिले कोरोनाको नयाँ भेरियन्ट भेटिएको छैन : मन्त्रालय

खबरडबली संवाददाता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यममा आएको नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको निराधार समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपालमा कुनै नयाँ भेरियन्ट फेला नपरेको पुष्टि गरे । 

अहिले नेपालमा कोभिड–१९ को भेरियन्ट अफ कन्र्सनभित्र परेका  ‘अल्फा (B.1.1.7),’ र ‘डेल्टा (B.1.617.2)’ मात्र भेरियन्ट गरेको र पछिल्लो समय देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट डेल्टा (B.1.617.2) मात्र सक्रिय रहेको उनले जानकारी दिएका छन् । विश्व स्वास्थ्य सङ्गठनले भेरियन्ट अफ कन्र्सनभित्र परेका र विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘अल्फा’, ‘गामा’, ‘काप्पा’  छुट्टाछुट्टै नाम दिइएको छ  ।

'जनस्वास्थ्यका विषयमा स्वास्थ्य मन्त्रालयबाट आधिकारिक सूचना जानकारी नदिई त्यस किसिमको भ्रमक समाचार सम्प्रेषण नगरी जिम्मेवार बनिदिन र त्यस किसिमका गतिविधि गर्ने गराउने सञ्चारकर्मी र सञ्चारमाध्यमलाई मन्त्रालय जिम्मेवार बन्न सचेत गराउँछ', मन्त्रालयका प्रवक्ता  डा. पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
 
मन्त्रालयले सङ्क्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न गराउन भूमिका बढाउन सवैलाई अपिल गरेको छ । यसैबीच विश्व स्वास्थ्य सङ्गठन नेपालले पनि नेपालमा नयाँ भेरियन्ट कुरा जानकारी नभएको स्पष्ट पारेको छ । सङ्गठनले नेपालमा रहेका भेरियन्टहरू अल्फा (B.1.1.7), डेल्टा (B.1.617.2) र काप्पा  (B.1.617.1)  हुन् र यीमध्ये अहिले डेल्टा  सक्रिय रहेको भेरियन्ट रहेको जनाएको छ । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending