काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ आय–व्ययको बजेट वक्तव्यको ‘राहत सहुलियत र आर्थिक पुनरुत्थान’ कार्यक्रमको बुँदा नम्बर ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खाने तेल, चिनि तथा खाना पकाउने ग्यासको विक्री मुल्यमा २० प्रतिशत छुट दिने व्यवस्था उल्लेख गरी सुचना जारी गरिएको छ ।
अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबीच बिहीबार बसेको बैठकले बजेटमा भएको व्यवस्था कार्यान्वयन थाल्ने निर्णय गरेको जनाइएको छ ।
कर्पोरेशनका अनुसार उक्त छुट निशेधाज्ञा जारी रहेको स्थानमा निशेधाज्ञा अवधिभरको लागी मात्र लागु हुने सुचनामा उल्लेख गरिएको छ ।
खाधान्न विक्री गरीने स्थानहरु :
काठमाडौँ उत्यकाको हकमा थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुर जिल्लाको नख्खु गोदाम र भक्तपुर जिल्लाको सूर्यविनायकमा रहेको बिक्री कक्षबाट वीक्री वितरणको व्यवस्था मिलाईएको छ, भने अन्य जिल्लाको हकमा भने कम्पनीका कार्यालय तथा बिक्री कक्षहरू रहेको स्थानबाट बिक्री हुने व्यवस्था मिलाईएको सुचनामा उल्लेख गरिएको छ ।
प्रतिकृया लेख्नुहोस्: