Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

भारतमा रेल मार्गमा गत बर्ष मात्रै ८ हजार ७०० जनाको मृत्यु

मृत्यु भएकामध्ये अधिकांश आप्रवासी कामदार रहेको विवरणमा उल्लेख

खबरडबली संवाददाता

नयाँदिल्ली । भारतमा गत बर्ष सन् २०२० मा मात्रै रेल मार्गमा आठ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ । 

कोरोनाभाइरसको महामारीका कारण देशव्यापी लकडाउन लागु भइरहेकै बेला उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । 

मृत्यु भएकामध्ये अधिकांश आप्रवासी कामदार रहेको रेलवे समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । 

समितिका उच्च अधिकारीहरूले यो विवरण गत बर्षको जनवरीदेखि डिसेम्बरसम्मकै भएको जानकारी दिएका छन् ।

मध्यप्रदेशका अभियान्ता चन्द्र शेखर गुरुले सूचनाको हक ऐन अन्तर्गत सूचना माग गरेपछि यो विवरण सर्वजनिक भएको हो । 

प्रहरी अधिकारीहरुले उपलब्ध गराएको विवरणमा रेल मार्गमा कम्तीमा ८०५ जना घाइते भएको उल्लेख गरिएको छ । रेल मार्गमा मृत्यु भएकाहरूको खास सङ्ख्या भने आठ हजार ७३३ रहेको छ । 

लामो समयसम्म लकडाउन भएको, रोजगारी गुमाउनु परेको र खाद्यान्नलगायतको अभाव भएको कारणले कामदारहरु रेलमार्ग हुदै हिडेर आ आफ्ना घर तर्फ जाने क्रममा उनीहरुको मृत्यु भएको पाइएको छ ।

“लकडाउनका कारण रेल मार्गमा रेल गुडेका थिएनन, तर आफ्नो घर जान चाहने पैदल यात्रुहरुको संख्या भने ठूलो थियो, तीनै मध्येका ८७ सयको मृत्यु भएको हो,” एक अधिकारीले भने । 

रेलवे समितिका प्रवक्ता डीजे नारायणले रेल मार्गमा रेल दुर्घटना भएर नभइ रेल मार्ग अतिक्रमण गरेकाले उनीहरुको मृत्यु भएको स्पष्ट पारे ।  –रासस

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy