NTC Banar
Khabar Dabali १५ चैत्र २०७९ बुधबार | 29th March, 2023 Wed

निषेधाज्ञामा जोखिम मोलेर धान रोप्दै किसान

रासस

लमजुङ । कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै पहाडी जिल्ला लमजुङको ग्रामीण तथा उच्च पहाडी भेगमा वर्षे धान रोप्न शुरु गरिएको हो ।

बेलाबेला वर्षा हुन थालेसँगै केही दिन अघिदेखि जिल्लाका ग्रामीण तथा उच्च पहाडी क्षेत्रमा धान रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्र लमजुङका अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार जिल्लाको उच्च भेग तथा नदीको नजिक भएको भेगमा रोपाइँ हुन थालेको छ । विषेशगरी यतिबेला जिल्लाको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु, बाहुनडाँडालगायत जिल्लाको माथिल्लो भेगमा रोपाइँ हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । घेर्मुका घनश्याम घलेका अनुसार घेर्मुफाँटमा सिँचाइको सुविधा भएसँगै कोरोना सङ्क्रमणका बीच पानी भएको बेला धान रोप्न शुरु भएको छ ।

उनले भने, “यस फाँटमा दैनिक छ÷सात जना किसानको रोपाइँ हुने गरेको छ भने एउटै मेलामा ३५÷४० जना खेताला हाल्दै आएको छ । आइतबारबाट शुरु गरेको थिएँ, मेरो १० रोपनी जग्गामा आज रोपाइँ सम्पन्न हुन्छ ।” त्यसपछि पर्म तिर्नका लागि अरुको रोपाइँमा जाने घलेले बताए ।  यहाँ उनीसहित थमनबहादुर घले, पूर्ण घले, किसान गुरुङलगायतका किसानले रोपाइँ गरिरहेका छन् । सङ्क्रमण तीव्ररूपमा फैलिरहे पनि यहाँ रोपाइँमा भने कसैले पनि मुखमा मास्क प्रयोग गरेका छैनन् । स्यानिटाइजरको प्रयोग र सामाजिक दूरी कायम भएको छैन ।

स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने भनिए पनि वर्षायाममा खेतबारीमा धेरै किसानका बीच धान रोपाइँ गर्दा जोखिम भने रहने किसानको भनाइ छ । कोरोना सङ्क्रमण जोखिमको चिन्ताभन्दा धान रोपाइँ गर्नुको चिन्ताले यतिखेर किसान बिहानदेखि साँझसम्म धान रोपाइँ गर्नमै व्यस्त हुने गरेका छन् । यसबाहेक पनि सुन्दरबजार दुराडाँडामा समेत केही दिनमै रोपाइँ शुरु गर्ने तयारी भएको छ । त्यस्तै बेँसीशहर नगरपालिका–११ रामचोक फाँटमा रोपाइँको तयारी भइरहेको र यतिबेला बाँझो जमिन जोत्ने काममा किसान व्यस्त भइरहेको स्थानीयवासी ईश्वरराज सेढाईँले बताए ।

क्व्होलासोथर गाउँपालिका–९ का वडाध्यक्ष राजु गुरुङले भने, “चार÷पाँच दिनपछि घाम्राङबेँसीमा किसानले धान रोपाइँ गर्ने तयारी गरिरहेका छन् । अब यहाँका किसानलाई धान रोप्न भ्याइनभ्याइ हुनेछ ।” जिल्लाका ४५ हजार ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।

यहाँका किसानले जेठोबूढो, सावित्री, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्ले, उन्नत जातहरु मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस–३१२, उपज, वर्षे ३००४ लगायत वर्णसङ्कर जातका धान लगाउँदै आएका छन् । त्यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका छन् ।

कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार गत वर्ष जिल्लामा १४ हजार २८० हेक्टर क्षेत्रफल जमीनमा गरिएको धानखेतीबाट ४४ हजार ४२५ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा बर्सेनि धान उत्पादनमा वृद्धि भइरहेको छ । यस वर्षसमेत समयमै पानी परेमा धान वृद्धि हुने अपेक्षा किसानले गरेका छन् । यद्यपि कोरोना सङ्क्रमणको जोखिमले राम्रोसँग धानखेती गर्न सकिने अवस्था हुन्छ कि हुँदैन भन्ने चिन्तामा भने रहेका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गठबन्धनको बैठकमा प्रधानमन्त्रीको प्रस्ताव : कांग्रेसलाई ८ र रास्वपालाई ३ मन्त्रालय

साना तीन दल र स्वतन्त्रलाई एक/एक मन्त्रालय

पदम लिम्बुलाई शहीद घोषणा गर्न जसपाको माग

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बुलाई शहीद घोषणा गर्न माग गरेको छ। ...

थ्री नेसन्स कपमा भुटान बाहिरियो, फाइनलमा नेपाल र लाओस भिड्ने

काठमाडौं।  ‘प्रधानमन्त्री थ्री नेसन्स कप’को लिग चरणको अन्तिम खेलमा नेपाल-भुटानले बराबरी खेल खेलेका छन्। भुटानले घरेलु टोली नेपालविरुद्ध पहिलो हाफको...

कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ ।  मन्त्रालयले सूचना जारी गर्दै अहिले...

संघीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचा...

मिटरब्याजी पीडितको समस्या समाधान गर्न मधेसी आयोगको अपिल

काठमाडौं। मधेसी आयोगले मिटरब्याजी पीडितको समस्या तत्कालै समाधान गर्न सरकारलाई अपिल गरेको छ ।  सरकारले उनीहरूको समस्या तत्कालै समाधानका लागि “बहुवैक...

थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं।  देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्ट भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा प...

गठबन्धनको बैठकले प्रधानमन्त्रीले पेस गरे न्यूनतम साझा कार्यक्रमको ‘ड्राफ्ट’

काठमाडौं। १० दलीय सत्ता गठबन्धनको बैठकमा सरकारको नयाँ न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट प्रस्तुत गरिएको छ । सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले बैठ...

प्रदेश नामाकरणमा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच झडप : डीएसपीसहित १९ जना घाइते

काठमाडौं ।  प्रदेश १ को नामकरण कोशी राखिएको भन्दै पहिचान पक्षधरहरूले मंगलबार पनि आन्दोलन गरेका छन्।   विराटनगरको रोडशेष चौकस्थित विग होटल अगाडि मुख...

सत्ता गठबन्धन बैठकमा सहमति भएन, भोलि बिहान ९ बजे फेरि बस्ने

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि भागबण्डा टुंग्याउनका लागि बसेको सत्ता गठबन्धनको बैठक बिनानिर्णय सकिएको छ ।  न्यूनतम साझा कार्यक्रममा...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page