लमजुङ । कोरोना सङ्क्रमण फैलिरहेका बेला जारी निषेधाज्ञामा कोरोना सङ्क्रमणको जोखिम मोलेर यहाँका किसानले धान रोप्न शुरु गरेका छन् । धान रोप्न पानी पर्याप्त हुन थालेपछि जोखिम मोलेरै पहाडी जिल्ला लमजुङको ग्रामीण तथा उच्च पहाडी भेगमा वर्षे धान रोप्न शुरु गरिएको हो ।
बेलाबेला वर्षा हुन थालेसँगै केही दिन अघिदेखि जिल्लाका ग्रामीण तथा उच्च पहाडी क्षेत्रमा धान रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्र लमजुङका अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार जिल्लाको उच्च भेग तथा नदीको नजिक भएको भेगमा रोपाइँ हुन थालेको छ । विषेशगरी यतिबेला जिल्लाको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मु, बाहुनडाँडालगायत जिल्लाको माथिल्लो भेगमा रोपाइँ हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । घेर्मुका घनश्याम घलेका अनुसार घेर्मुफाँटमा सिँचाइको सुविधा भएसँगै कोरोना सङ्क्रमणका बीच पानी भएको बेला धान रोप्न शुरु भएको छ ।
उनले भने, “यस फाँटमा दैनिक छ÷सात जना किसानको रोपाइँ हुने गरेको छ भने एउटै मेलामा ३५÷४० जना खेताला हाल्दै आएको छ । आइतबारबाट शुरु गरेको थिएँ, मेरो १० रोपनी जग्गामा आज रोपाइँ सम्पन्न हुन्छ ।” त्यसपछि पर्म तिर्नका लागि अरुको रोपाइँमा जाने घलेले बताए । यहाँ उनीसहित थमनबहादुर घले, पूर्ण घले, किसान गुरुङलगायतका किसानले रोपाइँ गरिरहेका छन् । सङ्क्रमण तीव्ररूपमा फैलिरहे पनि यहाँ रोपाइँमा भने कसैले पनि मुखमा मास्क प्रयोग गरेका छैनन् । स्यानिटाइजरको प्रयोग र सामाजिक दूरी कायम भएको छैन ।
स्वास्थ्य मापदण्ड अपनाएर काम गर्ने भनिए पनि वर्षायाममा खेतबारीमा धेरै किसानका बीच धान रोपाइँ गर्दा जोखिम भने रहने किसानको भनाइ छ । कोरोना सङ्क्रमण जोखिमको चिन्ताभन्दा धान रोपाइँ गर्नुको चिन्ताले यतिखेर किसान बिहानदेखि साँझसम्म धान रोपाइँ गर्नमै व्यस्त हुने गरेका छन् । यसबाहेक पनि सुन्दरबजार दुराडाँडामा समेत केही दिनमै रोपाइँ शुरु गर्ने तयारी भएको छ । त्यस्तै बेँसीशहर नगरपालिका–११ रामचोक फाँटमा रोपाइँको तयारी भइरहेको र यतिबेला बाँझो जमिन जोत्ने काममा किसान व्यस्त भइरहेको स्थानीयवासी ईश्वरराज सेढाईँले बताए ।
क्व्होलासोथर गाउँपालिका–९ का वडाध्यक्ष राजु गुरुङले भने, “चार÷पाँच दिनपछि घाम्राङबेँसीमा किसानले धान रोपाइँ गर्ने तयारी गरिरहेका छन् । अब यहाँका किसानलाई धान रोप्न भ्याइनभ्याइ हुनेछ ।” जिल्लाका ४५ हजार ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुँदै आएको छ ।
यहाँका किसानले जेठोबूढो, सावित्री, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्ले, उन्नत जातहरु मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस–३१२, उपज, वर्षे ३००४ लगायत वर्णसङ्कर जातका धान लगाउँदै आएका छन् । त्यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२ र सुक्खा–३ जातका धान लगाउने गरेका छन् ।
कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार गत वर्ष जिल्लामा १४ हजार २८० हेक्टर क्षेत्रफल जमीनमा गरिएको धानखेतीबाट ४४ हजार ४२५ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा बर्सेनि धान उत्पादनमा वृद्धि भइरहेको छ । यस वर्षसमेत समयमै पानी परेमा धान वृद्धि हुने अपेक्षा किसानले गरेका छन् । यद्यपि कोरोना सङ्क्रमणको जोखिमले राम्रोसँग धानखेती गर्न सकिने अवस्था हुन्छ कि हुँदैन भन्ने चिन्तामा भने रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...



प्रतिकृया लेख्नुहोस्: