सिमकोट । हुम्ला जिल्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका–६ को लिमीमा मङ्गलबारदेखि निषेधाज्ञा हटाइएको छ । वडाध्यक्ष पालजोर तामाङको अध्यक्षतामा बसेको बैठकले असार मसान्त नजिकिएसँगै कामको चाप बढी हुने भएकाले लिमीमा कार्यरत सरकारी तथा गैरसरकारी कर्मचारीका लागि मङ्गलबारदेखि वडा नं ६ लिमी प्रवेश गर्न पाइने भएको छ ।
तील, जाङ, हल्जीगाउँका अगुवाको उपस्थितिमा कर्मचारीलाई मात्र प्रवेश गर्न दिइने भएको छ भने अन्य लिमी उपत्यकाको भ्रमणमा आउने आन्तरिक पर्यटकलाई प्रवेशमा निषेध यथावत् नै रहने भएको लिमी स्वास्थ्यचौकीका निमित्त कार्यालय प्रमुख लोकनाथ बोहराले बताए ।
वडा नं ६ मा कार्यरत कर्मचारीलाई तलब खुवाउनुपर्ने र विभिन्न योजनाको काम गर्नुपर्ने भएका कारण अन्य नागरिकलाई प्रवेश गर्न नदिइने भएको भए पनि कर्मचारीलाई प्रवेशमा मङ्गलबारदेखि खुला गरिएको उनले जानकारी दिए । उत्तरी नाम्खा गाउँपालिकामा अहिलेसम्म कोही कसैमा कोरोना सङ्क्रमण देखिएको छैन ।
यस्तै खार्पुनाथ गाउँपालिका–५ मा रहेको बाम्टागाउँमा निषेधाज्ञा हटाइएको छ । केही दिनअघि बाम्टामा परीक्षण गर्दा दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । उनीहरूको मङ्गलबार पुनः परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि निषेधाज्ञा हटाइएको बताइएको छ । अब बाम्टामा वडा नं ५ का स्थानीयवासी आवतजावत गर्न पाउने भएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन १३ गते, २०८० - २१:३९
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टित...
आश्विन १३ गते, २०८० - २१:०५
काठमाडौं। सरकार र चिकित्सकबीच सहमति भएको छ। सुरक्षित कार्यस्थलको माग राख्दै आन्दोलनरत 'स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति...
आश्विन १३ गते, २०८० - २०:२२
काठमाडौँ। सत्तारुढ नेकपा एकीकृत समाजवादी वर्तमान चौतर्फी संकटप्रति सचेत रहन ध्यानाकर्षण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाए...
आश्विन १३ गते, २०८० - १९:५३
काठमाडौँ। नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नेतृत्व चयनका लागि भोलि ९आइतबार० मतदान गरिने भएको छ । सुर्खेतमा जारी पार्टीको पहिलो कर्णाली अधिवेशनअन्तर्...
आश्विन १३ गते, २०८० - १९:४७
काठमाडौँ। पाकिस्तानलाई ३–० ले पराजित गर्दै भारतले तेस्रो पटक साफ यू–१९ च्याम्पियन बनेको छ । मालिङथन किप्गेनको २ गोल र गोगमसर गोयारीले अन्तिम समयमा ...
आश्विन १३ गते, २०८० - १८:४९
काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले १९ औँ एसियाली खेलकुदमा मंगोलियाविरुद्धको खेलमा नेपालले विश्व कीर्तिमानहरू कायम राख्न सफल भएकोमा नेपाली क्रिकेट ...
आश्विन १३ गते, २०८० - १८:४६
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचारको अभावमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुने गरी स्वास्थ्य क्षेत्रमा सुधार गर्न...
आश्विन १३ गते, २०८० - १८:४३
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फिर्ता भएका छन्। अध्यक्ष लिङ्देन पार्टीसम्बद्ध प्रवासी नेपाली ए...
आश्विन १३ गते, २०८० - १८:३९
काठमाडौँ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ यू–१९ च्याम्पियनसिपको उपाधि भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ। भारत र पाकिस्तानबीच ...
आश्विन १३ गते, २०८० - १८:३६
काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले मनोनयन दर्ता गरेका छन्। रामप्रसाद दङ्गालको प्रस्ताव र छत्रपति प्य...
प्रतिकृया लेख्नुहोस्: