Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

जिल्लाका स्थानीय तहहरूलाई १३ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध

रासस

पाँचथर । पाँचथर समाज, काठमाडौँले जिल्लाका स्थानीय तहहरूलाई रु १३ लाख बढी मूल्यका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । समाजका सदस्यहरू तथा दाताहरूबाट सङ्कलित रकमबाट खरिद गरिएका अक्सिजन कन्सन्ट्रेटर, एण्टिजेन किट, मास्क, पल्स अक्सिमिटर, पीपीईलगायत सामग्री समाजले जिल्लाका आठ वटै स्थानीय तहहरूलाई उपलब्ध गराएको हो । फिदिममा आयोजित कार्यक्रममा समाजका सचिव एवम् स्वास्थ्य सामग्री वितरण समितिका संयोजक भूमिका सुब्बाले प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक पुण्यप्रसाद ढकालमार्फत स्थानीय तहहरूलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

 
समाजले रु १३ लाख २६ हजार ५०० मूल्यका सामग्री उपलब्ध गराएको हो । समाजले जिल्लाका सात वटा गाउँपालिकाहरूलाई एक÷एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ । समाजले एण्टिजेन किट सबै गाउँपालिकालाई ५० थानका दरले र फिदिम नगरपालिकालाई ३०० थान उपलब्ध गराएको छ भने सबै स्थानीय तहहरूलाई १५०० थानका दरले मास्क उपलब्ध गराइएको सुब्बाले जानकारी दिए । यस्तै समाजले जिल्लाका ६० वटै वडालाई पल्स अक्सिमिटर उपलब्ध गराएको छ । यस्तै डिस्पोजेवल र रियुजेवल पीपीई ५० वटाका दरले उपलब्ध गराइएको सुब्बाले बताए । हालसम्म विभिन्न निकायबाट कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा उपचारात्मक व्यवस्था फिदिम केन्द्रीत भएको तर पछिल्लो समय ग्रामीण क्षेत्रमा बढ्दो सङ्क्रमणसँग जुध्न स्थानीय तहमा समेत थप तयारी आवश्यक देखिएकाले स्थानीय तह र सुरक्षा निकायलाई केन्द्रीत गरेर सहयोग गरिएको उनको भनाइ छ । 

समाजले काठमाण्डौँमा रहेका कमजोर आर्थिक अवस्थाका पाँचथरेली, उपचाररत, मृतकका परिवार तथा होमआइसोलेशनमा रहेकालाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म उपलब्ध गराउने योजना गराउन थालेको छ । समाजले हालसम्म ३६ घर परिवारलाई राहत रकम हस्तान्तरण गरिसकेको सुब्बाले जानकारी दिए । समाजले कोभिड–१९ सङ्क्रमणको महामारीमा ‘पाँचथरेली बचाऔँ’ अभियान सञ्चालन गरेको छ । अभियानमा हालसम्म रु १८ लाख, १७ हजार १०५ सङ्कलन भएको समाजले जनाएको छ । “संस्थाका सबै सदस्य र दाताहरूको सहयोगले गर्दा महामारीमा सामग्री उपलब्ध गराउने अवसर समाजले पाएको छ”, समाजका सचिव सुब्बाले भने, “महामारीसँग जुध्न समाजले सहयोगका कार्यक्रम निरन्तर अगाडि बढाउने योजना बनाएको छ ।”

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies